मेचीनगर अपडेट : मेयर ३१२, उपमेयर १३६९ मतले एमालेकाे अग्रता
मेचीनगर । मेचीनगर नगरपालिकामा एमालेको मेयरमा र उपमेयरमा अग्रता बढ्दै गएको छ ।
बुधवार बिहान ९ वजे सम्मको नतिजा अनुसार १००७५ गणना गर्दा एमालेका मेयरका उम्मेद्वार गोपाल चन्द्र बुढाथोकीले ३८९७ मत ल्याएका छन् । मेयरमा एमालेले ३१२ मतको अग्रता कायम गरेको छ ।
नेपाली काँग्रेसका प्रमुख पदका उम्मेद्वार इन्द्रबहादुर बुढाथोकीले ३५८५ मत प्राप्त गरेका छन् । त्यस्तै उपप्रमुखमा एमालेकी मिना उप्रेतीले ३६१२ मत ल्याउँदा माओवादी केन्द्रका उपप्रमुखका उम्मेद्वार प्रकाश भण्डारीले २२४३ मत प्राप्त गरेका छन् । उपप्रमुखमा एमालेकी मिना उप्रेती १३६९ मतले अगाडी छन् ।
अहिले मेचीनगर नगरपालिका वडा नम्बर २, १४ र १५ को मत गणना भईरहेको छ । आज बेलुकासम्ममा मेचीनगर २ र १५ नम्बर वडाको अन्तिम परिणाम आउन सक्ने अवस्था रहेको गणनामा रहनु भएका दलका प्रतिनिधिहरुले जानकारी दिनु भएको छ ।
बिर्तामोड । झापाको बुद्धशान्तिमा बुद्धशान्ति प्रेस क्लबको आयोजनामा...
काँकरभिट्टा । काँकरभिट्टा नाकाबाट चालु आर्थिक वर्ष २०८१र८२...
झापा । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले विजया...
मेचीनगर । नेशनल प्याब्सन मेचीनगरले विविध कार्यक्रमका साथ...
बिर्तामोड । झापाको काँकरभिट्टाबाट सशस्त्र प्रहरी बल नेपाल...
मेचीनगर। झापाको मेचीनगरमा प्रधान कार्यालय रहेको नेपाल बहुउद्धेश्यीय...
मेचीनगर । झापाको मेचीनगर नगरपालिका भित्र अध्ययन गर्ने...