कनकाई : मेयरमा एमालेका राजेन्द्र, उपमेयरमा कांग्रेसकी आशा निर्वाचित
![](https://khabarmanchonline.com/wp-content/uploads/2022/05/rajendra-aasa.jpg)
कनकाई । कनकाई नगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवार राजेन्द्र पोखरेल पुनःनिर्वाचित भएका छन् । उपमेयरमा नेपाली कांग्रेसकी उम्मेदवार आशा शर्मा शिवाकोटी निर्वाचित भएकी छन् ।
कनकाईको ९ वटा वडामध्ये वडा नं।७ र ८ मा कांग्रेसले र बाँकी ७ वटा वडमा नेकपा एमालेले जितेको छ । पोखरेलले ८ हजार ६ सय ७३ मत ल्याएका छन् । उनको निकटतम् प्रतिष्पर्धी नेपाली कांग्रेसका रुद्रप्रसाद चिमरियाले ६ हजार ६ सय ६१ मत ल्याएका छन् ।
पोखरेलले चिमरियालाई २ हजार १२ मतले पराजित गरेका हुन् ।
उपमेयरमा नेपाली कांग्रेसकी आशा शर्मा शिवाकोटीले १० हजार ७ सय १३ मत ल्याएर बिजयी भएकी छन् । एमालेकी मन्जु प्रसाईले ८ हजार ८ सय ४५ मत ल्याइन् ।
कनकाईमा कांग्रेसबाट बागी बनेर मेयरको स्वतन्त्र उम्मेद्वार बनेका शेरबहादुर थापाले तेस्रो लोकप्रिय मत ल्याएका छन् ।
उनले ५ हजार ५ सय ९१ मत ल्याए । राप्रपाका उम्मेद्वार श्याम ओलीले २ हजार २ सय ५ मत ल्याए ।
साझा विवेकशील पार्टीका मेयरका उम्मेद्वार भीम अधिकारीले १७३ मत ल्याएका छन् । विप्लब माओवादीका तर्फबाट स्वतन्त्र उम्मेद्वार देवी अधिकारीले ९ मत र मौलिक जरोकिलो पार्टीकी टंका उप्रेतीले १९ मत पाएका छन् ।
उपमेयरमा राप्रप्राकी सचित्रा चुडालले १६१९ मत, नेकपा एकीकृत समाजबादीकी अम्बिका उप्रेतीले ६०४ मत र साझा विवेकशीलकी अम्बिका चापागाईले ११२ मत, उन्नत लोकतन्त्र पार्टीकी बिन्दा बराइलीले ७ मत र मौलिक जरोकिलो पार्टीले १५ मत ल्याएका छन् ।
![](https://khabarmanchonline.com/wp-content/uploads/2024/07/Messenger_creation_ec1b0a71-a592-4773-8cde-589e4cba5994-100x100.jpeg)
मेचीनगर । मेचीनगर नगरपालिकाका नगरप्रमख गोपालचन्द्र बुढाथोकीले राष्ट्रिय...
![](https://khabarmanchonline.com/wp-content/uploads/2024/07/jhulan-100x100.jpg)
विर्तामोड। डी कौडिन्य स्मृति पत्रकारिता पुरस्कारबाट पत्रकार झुलन...
![](https://khabarmanchonline.com/wp-content/uploads/2024/07/UML-MECHINAGAR-100x100.jpg)
साउन । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल...
![](https://khabarmanchonline.com/wp-content/uploads/2024/07/praladholi-ffffff-100x100.jpg)
मेचीनगर । पूर्वी सीमा नाकासँग जोडिएको मेचीनगर नगरपालिका...
![](https://khabarmanchonline.com/wp-content/uploads/2024/07/tokiy-100x100.jpeg)
जापान। जापानको राजधानी टोकियोमा जुलाई २८ तारिख ‘कमेडी...