एमाले मेचीनगर–९ वडा कमिटीको आपत्ति

मेचीनगर । स्थानीय तहको चुनावका दिन नेपाली कांग्रेस मेचीनगर–९ को खुट्टीडाँगी वडा सम्पर्क कार्यालयमा लक्ष्मी पाठक लगायतको समुह पसी निर्वाचन सामाग्री र नगद ८० हजार लुटेर लगेको आरोपका विषयमा एमाले वडा कमिटीले आपत्ति जनाएको छ ।
एमाले वडा कमिटी मेचीनगर–९ ले सोमबार एक विज्ञप्ती प्रकाशित गरी सो विषयमा कांग्रेस वडा निर्वाचन परिचालन समितिका संयोजक रुद्र रोक्का लगायतले हस्ताक्षर गरी सार्वजनिक गरिएको प्रेस विज्ञप्तीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
विज्ञप्तीमा निर्वाचन आचार संहिता विपरीत नमुना मतपत्र मतदान केन्द्रमा मतदातालाई कांग्रेसका कार्यकर्ताहरुवाट वितरण गरिरहेको प्रति पटक–पटक रोक्न आग्रह गर्दा समेत बेवास्ता गर्दै जवरजस्ती गरेको र प्रहरी प्रशासन समेत मौन देखिएको कारण एमाले पार्टीका कार्यकर्ताहरुले गलत गतिविधि रोक्न नमुना मतपत्र बाडिरहेको स्थानवाट त्यस्ता प्रचार सामाग्री नष्ट गर्न बाध्य बनाएको उल्लेख छ ।
कांग्रेसका कार्यकर्ताहरुवाट निर्वाचन आचार संहिता विपरीत गतिविधि गरेकोप्रति विरोध र प्रतिवाद गर्दा नगद ८० हजार समेत लुटेको झुटो आरोपप्रति एमालेले खेद व्यक्त गरेको छ ।
एमाले मेचीनगर–९ नम्बर वडा कमिटीका अध्यक्ष कमलमणि पौडेलको हस्ताक्षर रहेको विज्ञप्तीमा सो घटनामा व्यक्तिगत आग्रह र पुर्वाग्रह राखि व्यक्तिको चरित्र हत्या गर्ने ढंगवाट भएको आरोप र प्रचारवाजी तत्काल रोक्न सम्बन्धित पक्षलाई सचेत गराउन समेत आग्रह गरिएको छ ।
सम्पर्क कार्यालयमा प्रवेश गरेको विषयप्रति सांगठनिक आत्मा सम्मानमा ठेस पुगोस भन्ने हामी कसैको ध्येय होइन र यो नियोजीत घटना पनि होइन, आकस्मीक रुपमा घटेको घटनाले कांग्रेस पार्टीप्रतिको सम्मानमा प्रभाव पारेकोप्रति एमालेले दुःख व्यक्त गरेको छ ।
रकम लुटिएको आरोप सम्बन्धित राजनीतिक संगठनवाट नै खण्डन गरी फिर्ता लिएको र सर्वपक्षीय छलफल भई सहमति समेत भइसकेको हुँदा अनर्गल प्रचार–प्रसार नगर्न अध्यक्ष पौडेलले अनुरोध गरेका छन् ।

झापा । नेकपा (एमाले)का स्थाई कमिटी सदस्य अग्नी...

मेचीनगर । झापाको मेचीनगर नगरपालिकामा तीन महिने प्लाम्विङ...

मेचीनगर । मेचीनगर नगरपालिका प्रमुख गोपाल चन्द्र बुढाथोकीले...

मेचीनगर । मेचीनगरमा हात्तीको दिर्घकालिन समस्याको समाधानका लागि सांसदहरु,...

धुलाबारी । मेचीनगर भित्रका रहेका सबैखाले सञ्चारमाध्यामहरुको विकास...

नेपाल र भारतका अग्रणी क्यान्सर विशेषज्ञहरूले काठमाडौंमा...

नेकपा एमाले बिर्तामोडका अध्यक्ष सुवास भट्टराईमाथि हातपातको प्रयास...