बुद्धशान्ति–१ मा एमालेको प्यानलै विजयी
बुद्धशान्ति । बुद्धशान्ति गाउँपालिका वडा नम्बर १ को वडाध्यक्षमा नेकपा एमालेका अनिल वाग्ले निर्वाचित भएका छन् ।
वाग्लेले २ हजार ४३ मत प्राप्त गरि निर्वाचित भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका हेमन्त बरालले १ हजार ३५० मत प्राप्त गरेका थिए । राप्रप्राका गिरिराज दंगालले ७५१ मत प्राप्त गरेका थिए ।
वाग्ले बुधबारे जेसीजका निवर्तमान अध्यक्ष, बुद्धशान्ति प्रेस क्लबका अध्यक्ष, पूर्वेली साप्ताहिकका सम्पादक, नेपाल पत्रकार महासंघका झापाका कार्यसमिति सदस्य, प्रेस चौतारी नेपाल झापाका कार्यसमिति सदस्य समेत हुन् ।
वडा नम्बर १ मा एमालेको प्यानलै विजयी भएको छ । जसमा वडाध्यक्षमा वाग्लेसँगै वडा सदस्यहरुमा तुलसा खतिवडा रेग्मी, दलित महिला सदस्यमा सुमित्रा बिश्वकर्मा, सदस्यमा मोहनकुमार राई र लक्ष्मीप्रसाद कडेल निर्वाचित भएका छन् ।
मेचीनगर। मेचीनगर नगरपालिकाको महिला तथा बालबालिका शाखाद्वारा सञ्चालित...
मेचीनगर । हिमालयन एग्रोकोलोजी रिसर्च एण्ड डेभलपमेन्टको आयोजना...
मेचीनगर । आदर्श डोजो क्लब मेचीनगरको आयोजनामा यही...
काँकडभिट्टा । विश्व पर्यटन दिवसको अवसरमा झापाको काँकडभिट्टामा...
काठमाडौं । नेपाल प्रहरीको खरिद प्रक्रियामा अनियमितता भएको...
झापा । कृष्णथुम्की पब्लिकेशन एण्ड मिडिया प्रालिद्वारा सञ्चालित...
मेचीनगर । लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि...
