बुद्धशान्ति–१ मा एमालेको प्यानलै विजयी

बुद्धशान्ति । बुद्धशान्ति गाउँपालिका वडा नम्बर १ को वडाध्यक्षमा नेकपा एमालेका अनिल वाग्ले निर्वाचित भएका छन् ।
वाग्लेले २ हजार ४३ मत प्राप्त गरि निर्वाचित भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका हेमन्त बरालले १ हजार ३५० मत प्राप्त गरेका थिए । राप्रप्राका गिरिराज दंगालले ७५१ मत प्राप्त गरेका थिए ।
वाग्ले बुधबारे जेसीजका निवर्तमान अध्यक्ष, बुद्धशान्ति प्रेस क्लबका अध्यक्ष, पूर्वेली साप्ताहिकका सम्पादक, नेपाल पत्रकार महासंघका झापाका कार्यसमिति सदस्य, प्रेस चौतारी नेपाल झापाका कार्यसमिति सदस्य समेत हुन् ।
वडा नम्बर १ मा एमालेको प्यानलै विजयी भएको छ । जसमा वडाध्यक्षमा वाग्लेसँगै वडा सदस्यहरुमा तुलसा खतिवडा रेग्मी, दलित महिला सदस्यमा सुमित्रा बिश्वकर्मा, सदस्यमा मोहनकुमार राई र लक्ष्मीप्रसाद कडेल निर्वाचित भएका छन् ।

बिर्तामोड । व्यक्ति मरेर जान्छ, तर उसको विचार...

काँकरभिट्टा । नेपाल–भारत सिमानाको प्रमुख प्रवेशद्वार मानिने मेची...

झापा । प्रेस चौतारी नेपालका केन्द्रीय उपाध्यक्ष चेतन...

मेचीनगर । नेपालको पूर्वी भेगमा अवस्थित मेचीनगर नगरपालिका...

मेचीनगर । मेचीनगर नगरपालिकाले आफ्ना नागरिकको स्वास्थ्य उपचारलाई...

अहिले कोशी प्रदेश पर्यटन वर्ष २०८२ चलिरहेको छ...

कमल । झापाको कमल गाउँपालिकाले आज सार्वजनिक सुनवाई...