मेचीनगरमा स्थगित भएको मतगणना भर्खरै सुचारु
मेचीनगर । मेचीनगरमा हिजो मध्यरातबाट स्थगित भएको मतगणना सुचारु गर्ने राजनीतिक दलहरुबीच सहमति भएको छ ।
वडा नं १ को मतगणना भइरहँदा स्थगित भएको थियो । गणना स्थलमा प्रतिनिधि राख्ने विषयमा एमाले र माओवादी केन्द्रबीच विवाद भएको थियो ।

आज बसेको सर्वपक्षीय बैठकले मतगणना सुचारु गर्ने सहमति गरेको निर्वाचन अधिकृत वेदराज फुयलले जानकारी दिए । सहमति अनुसार केहीबेरमा मगणना सुरु हुँदैछ । हिजो वडा नं १ को ४२८ मत गणना भइसकेको थियो । उक्त वडामा ३४ मत खसेको छ ।

अब बाँकी मत गणना गर्ने र वडा नं १५ पनि गणना सुरु गर्ने बताइएको छ । वडा नं १ को ४२८ मत गणना भइसक्दा मेयर र उपमेयर दुवै पदमा एमालेले अग्रता लिएको छ ।
मेचीनगर । मेचीनगर–९ स्थित मागुरमाडी सामुदायिक वन उपभोक्ता...
मेचीनगर । झापाको मेचीनगर नगरपालिका–१४ दुवागढीमा शुक्रबार बिहान...
झापा । झापाको मेचीनगर–१० धुलाबारीस्थित एक स्थानीय होटलमा...
धुलाबारी । नेपाल विद्युत प्राधिकरण धुलाबारी वितरण केन्द्रले...
धाइजन । लायन्स क्लब अफ धाइजन–चारआलिको आठौं साधारणसभा...
मेचीनगर । मेचीनगर नगरपालिकाले विद्यालय, शिक्षक/कर्मचारी तथा विद्यार्थी...

