एमालेविरुद्ध लागेको आरोपमा मेचीनगर–२ का तीन जना निष्काशित

मेचीनगर, २२ वैशाख । नेकपा एमाले मेचीनगरले वडा नं. २ का तीन जनालाई पार्टीविरोधी गतिविधि गरेको अभियोगमा पार्टीको सदस्यता समेत नरहने गरी निष्काशित गरेको छ ।
नगरका पार्टी अध्यक्ष राजु पोखरेलले आज प्रेस विज्ञप्ति जारी वडा नं. २ का भानु ढुंगेल, तुलसा धिताल र हरिचरण चौलागाईलाई पार्टीबाट निष्काशित गरिएको जनाए ।
वडा नं. २ को अध्यक्ष पदमा पार्टीको आधिकारिक उम्मेद्वार दिपक बरालविरुद्ध गतिविधि गरेको र पहिल्यै पार्टीबाट निष्काशित स्वतन्त्र उम्मेद्वारको पक्षमा चुनावी प्रचार गरिरहेको पाइएको हुँदा उनीहरुलाई पार्टीको विधानको धारा ८१ को उपधारा १ बमोजिम निष्काशनको कार्वाही गरिएको विज्ञप्तिमा उल्लेख छ ।
मेचीनगर वडा नं. २ को वडाध्यक्ष र सदस्य पदका नेकपा एमालेका सबै आधिकारिक उम्मेद्वारहरुलाई जिताउने अभियानमा लाग्न र पार्टीबाट निष्काशित भइसकेका व्यक्तिहरुको भ्रममा नपर्न सो वडाका सम्पूर्ण पार्टी सदस्यहरुमा विज्ञप्तिमा अनुरोध गरिएको छ ।

मेचीनगर । झापाको मेचीनगर नगरपालिका र सुनसरीको इटहरी...

मेचीनगर । स्थानीय क्षेत्रको पहिचानलाई प्रर्वद्धन गर्ने उद्देश्यले...

मेचीनगर । मेचीनगर नगरपालिका भित्रका विद्यालयमा मंगलबार र...

झापा । झापाको काँकरभिट्टास्थित मेची भन्सार नाकामा आज स्थानीय...

मेचीनगर । कोशी प्रदेश सभा सदस्य गोपाल विश्वकर्माले...

धुलाबारी । नेपाल पूर्व प्रहरी संगठन मेचीनगर अध्यक्षमा...