एमालेविरुद्ध लागेको आरोपमा मेचीनगर–२ का तीन जना निष्काशित
मेचीनगर, २२ वैशाख । नेकपा एमाले मेचीनगरले वडा नं. २ का तीन जनालाई पार्टीविरोधी गतिविधि गरेको अभियोगमा पार्टीको सदस्यता समेत नरहने गरी निष्काशित गरेको छ ।
नगरका पार्टी अध्यक्ष राजु पोखरेलले आज प्रेस विज्ञप्ति जारी वडा नं. २ का भानु ढुंगेल, तुलसा धिताल र हरिचरण चौलागाईलाई पार्टीबाट निष्काशित गरिएको जनाए ।
वडा नं. २ को अध्यक्ष पदमा पार्टीको आधिकारिक उम्मेद्वार दिपक बरालविरुद्ध गतिविधि गरेको र पहिल्यै पार्टीबाट निष्काशित स्वतन्त्र उम्मेद्वारको पक्षमा चुनावी प्रचार गरिरहेको पाइएको हुँदा उनीहरुलाई पार्टीको विधानको धारा ८१ को उपधारा १ बमोजिम निष्काशनको कार्वाही गरिएको विज्ञप्तिमा उल्लेख छ ।
मेचीनगर वडा नं. २ को वडाध्यक्ष र सदस्य पदका नेकपा एमालेका सबै आधिकारिक उम्मेद्वारहरुलाई जिताउने अभियानमा लाग्न र पार्टीबाट निष्काशित भइसकेका व्यक्तिहरुको भ्रममा नपर्न सो वडाका सम्पूर्ण पार्टी सदस्यहरुमा विज्ञप्तिमा अनुरोध गरिएको छ ।
मेचीनगर । पूर्वमै पहिलोपटक झापाको धुलाबारीमा कफी बनाउने...
मेचीनगर । प्राविधिक शिक्षण सिकाइमा अब्बल मेचीनगर–९ मा...
मेचीनगर । मेचीनगर – ८ स्थित धाकरु बस्तीका...
धुलावारी । धुलावारी जेसिजको ४६औँ पदहस्तान्तरण कार्यक्रम सम्पन्न...
धाइजन । लायन्स क्लब अफ धाइजन चारआलीले यहाँका एक...


