कोरोना महामारी पछि नयाँ शिक्षण सिकाईमा युरो किड्स
कोरोना महामारीले गर्दा घरभित्र बस्न बाध्य भएका बालबालिकाहरूलाई लक्षित गरेर युरो किड्सले नयाँ पाठ्यक्रम सार्वजनिक गरेको छ ।
एशियाको अग्रणी प्रि-स्कूल सञ्जाल यूरो किड्सले प्रि-स्कूलको EUNOIA नामक पाठ्यक्रमको सुरुवात गरेको हो।बुधबार काठमाडौंको सोल्टी होटलमा एक कार्यक्रम गर्दै नयाँ पाठ्यक्रमको लञ्च गरिएको हो ।
यो पाठ्यक्रम ‘चाइल्ड फर्स्ट’ र ‘जोय अफ लर्निङ’ विचारधाराबाट डिजाइन गरिएको पाठ्यक्रम विकास प्रमुख डा. अनिता मदानले उक्त कार्यक्रममा जानकारी दिइन्।
उनले भनिन् “यो पाठ्यक्रमले बच्चाहरूलाई आफ्ना साथी र शिक्षकहरूसँग अन्तरक्रिया गर्ने धेरै अवसरहरू प्रदान गर्नेछ। यस पाठ्यक्रमले मिश्रित सिकाइ मार्फत, बालबालिकाहरूलाई अन्य बालबालिकाहरूको तुलनामा धेरै नयाँ कुराहरू सिक्ने अवसरहरू प्रदान गर्नेछ।”

सिइयो केभिएस शेषसाई भन्छन् “हामी यो पाठ्यक्रमपेश गर्न पाउँदा धेरै खुसी छौं, जुन नेपालका बालबालिकाहरूको भविष्यका लागि चाहिने सीपहरू हासिल गर्न मद्दत पुग्ने गरीतयार गरेका छौँ। यूरोकिड्समाहामी चाइल्ड फर्स्ट विचारधारामा विश्वास गर्छौं, र हाम्रो ध्यान बालबालिकाको दिमाग, शरीर र आत्माको विकासमा छ जसले तिनीहरूलाई चलाख, उत्तरदायी नागरिक बन्न मद्दत गर्नेछ।”

दुई दशकदेखि एसियाका ३५० भन्दा बढी शहरहरूमा एक हजार दुईसय भन्दा बढी प्रि स्कुलहरूको नेटवर्क बनाएको यस संस्थाले नेपालमा सन् २००८ मा यूरो किड्सको पहिलो केन्द्र स्थापना गरेको थियो। अहिले संघीय राजधानी काठमाडौं लगायत, ललितपुर, काभ्रे, विराटनगर, झापा, धनगढी मा २८ वटा प्रि स्कुलहरू सञ्चालनमा छन्।
मेचीनगर। मेचीनगर नगरपालिकाको महिला तथा बालबालिका शाखाद्वारा सञ्चालित...
मेचीनगर । हिमालयन एग्रोकोलोजी रिसर्च एण्ड डेभलपमेन्टको आयोजना...
मेचीनगर । आदर्श डोजो क्लब मेचीनगरको आयोजनामा यही...
काँकडभिट्टा । विश्व पर्यटन दिवसको अवसरमा झापाको काँकडभिट्टामा...
काठमाडौं । नेपाल प्रहरीको खरिद प्रक्रियामा अनियमितता भएको...
झापा । कृष्णथुम्की पब्लिकेशन एण्ड मिडिया प्रालिद्वारा सञ्चालित...
मेचीनगर । लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि...
