जनताको विश्वास र विगतको अनुभवले अब्बल मीना


मेचीनगर ।  नेपालमा सूर्याेदयको जिल्ला झापाको पूर्वी सिमानामा रहेको मेचीनगर नगरपालिकाको उपमेयरमा नेकपा एमालेको तर्फबाट मीना पोखरेल उप्रेती पुनः उम्मेद्वार बन्नु भएको छ । वि.सं. २०७४ सालको स्थानीय निर्वाचनमा शानदार विजयी भई उपमेयरको पाँचवर्षे कार्यकाल पूरा गर्नुभएकी उप्रेतीलाई नेकपा एमालेले पुनः एकपटक उपमेयरको टिकट प्रदान गरेको छ । ०७४ सालको निर्वाचनमा काँग्रेस नेतृ दुर्गादेवी खतिवडालाई अत्याधिक मतले हराउँदै उपमेयर जित्नुभएको र ५ वर्षको अनुभवले समेत आगामी दिनमा नगरको विकासमा योगदान पु¥याउने कुरामा उहाँ विश्वस्त हुनुहुन्छ ।
वि.सं. २०२५ सालमा जन्मेकी मीना सानै उमेरदेखि राजनीतिमा निरन्तर सक्रिय हुनुहुन्छ । पञ्चायती व्यवस्थाको कठोर राजनीतिक प्रतिबन्धका समयमा पनि उहाँसँग अनेरास्ववियूका विभिन्न पदमा रहेर काम गरेको अनुभव छ । मोरङको अमरदहमा जन्मनु भएकी उप्रेती २०४४ सालमा कन्या क्याम्पस विराटनगरको प्रारम्भिक कमिटी अध्यक्ष हुनु हुन्थ्यो भने २०४५ सालमा अनेरास्ववियु मोरङ जिल्ला कमिटीको उपाध्यक्ष र सोही वर्ष प्रजातान्त्रिक राष्ट्रिय युवा संघ विराटनगर नगर कमिटी सचिव बन्नु भएको थियो । २०४६–०४७ सालको जनआन्दोलनमा उहाँले सक्रिय भूमिका निर्वाह गर्नु भएको थियो ।


२०५० सालमा झापा काँकरभिट्टा निवासी लक्ष्मीप्रसाद उप्रेतीसँग उहाँको मञ्च विवाह भएको थियोे । झापा प्रवेशसँगै उहाँको राजनीतिक यात्रा झनै तिखारिदै गयो । विवाह गरेकै साल उहाँ काँकरभिट्टा नेकपा एमालेको सदस्य भई निरन्तर रुपमा अखिल नेपाल महिला संघ नगर अध्यक्ष रहनुभयो । आफ्नो राजनीतिक जीवनका क्रममा उहाँ पटक पटक प्रहरीको गिरफ्तारीमा समेत पर्नु भएको थियो ।
उप्रेती राजनितीमा मात्र होइन विभिन्न सामाजिक संघ/संगठनहरुमा समेत उत्तिकै सक्रिय हुनुहुन्छ । विगतमा काँकरभिट्टा सामुदायिक भवन, मेची सामुदायिक भवन, देवकोटा चिल्ड्रेन पार्क, भानु साहित्य प्रतिष्ठान, विराट क्षेत्र पर्यटन प्रवर्धन विकास समिति आदि संघ संगठनमा आबद्ध भई काम गरेको अनुभाव उहाँसँग छ । पूर्वी नेपाल विशेषतः मेची अञ्चलको पर्यटन प्रवर्धन र विकासका निम्तिउहाँको विशिष्ट योगदान रहदै आएको छ ।


सहकारीको क्षेत्रमा पनि उप्रेतीको विशेष योगदान र संलग्नता रहेको छ । मुलुककै अग्रणी सहकारी संस्था नेपाल बहुउद्देश्यीय सहकारी संस्थाको उहाँ संस्थापक सञ्चालक समेत हुनुहुन्छ । झापामा उहाँलाई एउटा बौद्धिक महिला व्यक्तित्वका रुपमा समेत चिनिन्छ । झापाको चारआलीस्थित त्रिदेव बहुमुखी क्याम्पसमा प्राध्यापनको अनुभव समेत समेट्नु भएकी उप्रेतीको विभिन्न पत्रपत्रिकामा नियमित लेख रचनाहरु प्रकाशित हुने गरेका छन् ।
अत्यन्तै जुझारु, कर्मठ तथा संघर्षशिल उप्रेतीको उम्मेद्वारीले अहिले मेचीनगरमा खुसीको तरंग पैदा गरेको छ । राजनीतिक तथा सािमाजिक क्षेत्रमा उहाँले गर्नुभएको योगदानको यहाँका मतदाताले अवश्य मूल्याङ्कन गर्नेछन्।