धुलाबारीमा एमालेको उल्लासपूर्ण चुनावी अभियान (फोटो फिचर)
धुलाबारी । नेकपा एमालेले आफ्नो चुनावी अभियानलाई तीव्रता दिएको छ । शनिबार मेचीनगर–१५ मा चुनावी अभियान गरेका पार्टीले आइतबार मेचीनगर–१० स्थित टिमाई बस्तीका घरघरमा पुगेर जनताका दुःख सुनेको छ । पार्टीको तर्फबाट मेयरका उम्मेद्वार गोपालचन्द्र बुढाथाकी, उपमेयर मीना पोखरेल उप्रेती, वडाध्यक्ष नारायण खनाल, वडा सदस्यलगायतको संयुक्त टोलीले जनता माझ पार्टीको अवधारणा समेत व्यक्त गरेका थिए ।
हिजोको दिनमा भएका उपलब्धीहरुलाई रक्षा गर्दै जनताको हितका निम्ति एमाले पार्टी बहुमतको सरकार सञ्चालन गर्ने अभियानमा जुटेका नेताहरुले बताए । आफ्नै घरमा आएका पार्टीका नेताहरुलाई हृदयबाटै स्वागत गर्दै एमालेलाई पहिलो पार्टी बनाउन आफूहरु कसिएको स्थानी बासीको भनाई थियो । कार्यक्रममा एमाले केन्द्रीय कमिटी सल्लाहकार सदस्य विष्णु प्रसाईँ, प्रदेश कमिटी श्रीप्रसाद मैनाली, जिल्ला सचिवालय सदस्य टिका मंग्रान्ती, जिल्ला सदस्य मोहन काजी, नेता हृदय राजवंशीलगायतको उपस्थिति रहेको एमाले प्रचार प्रसाद विभाग मेचीनगर १० का संयोजक धर्मेन्द्र खड्काले बताए ।

धुलाबारी । मेची उद्योग वाणिज्य संघको नेतृत्व सम्हाल्न...
झापा । मेचीनगर–८ स्थित विष्णुलक्ष्मी मन्दिरको खेलमैदानमा जारी...
इटाभट्टा । मेचीनगर–७ इटाभट्टामा सञ्चालित झापा नेशनल स्कूलले...
मेचीनगर । मेचीनगरमा कक्षा-८ काे आधारभूत तहकाे परिक्षामा एक...
मेचीनगर । किरात याक्थुङ चुम्लुङ वडा कार्यसमिति मेचीनगर–१३...
काँकडभिट्टा । प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय सदस्य...
मेचीनगर। झापाको मेचीनगर-१४ को प्रगति टोल र पाथीभरा...
