‘आयो सूर्य आयो’ भन्दै सुरु भयो एमालेको घरदैलो कार्यक्रम

मेचीनगर । नेकपा एमाले मेचीनगरले आज वडा नं. १४ बाट चुनावी घरदैलो अभियान सुरु गरेको छ ।
मेयर र उपमेयरका उम्मेद्वारहरु गोपालचन्द्र बुढाथोकी र मीना उप्रेतीसहित वडाका पाँचै जना एमालेका उम्मेद्वार घरदैलोमा सहभागी छन् ।
‘आयो सूर्य आयो’ भन्दै विभिन्न जनवादी गीत गाउँदै, नाच्दै, रमाउँदै स्थानीय जनताले यसपाली मेयरसहित सबै पदमा सूर्य ध्वजावाहक उम्मेद्वारहरुलाई जिताउने बचनबद्धता प्रकट गरेका छन् ।
घरदैलो कार्यक्रममा वडा नं. १४ का एमालेको वडाध्यक्षका उम्मेद्वार एवम् लोकप्रिय कम्युनिष्ट नेता शंकर पोखरेल र वडा सदस्यका उम्मेद्वारहरुलाई स्थानीयबासीले जितको शुभकामना व्यक्त गरेका छन् ।
नेकपा एमालेका केन्द्रीय सल्लाहकार विष्णु प्रसाई र भीम खवास तथा पार्टीका प्रदेश कमिटी सदस्य राजु कार्कीको विशेष उपस्थितिले घरदैलो कार्यक्रममा हौसला थपिएको कार्यक्रमको सहजकर्ता एवम् मेचीनगर नगरपालिकाकी कार्यपालिका सदस्य निरु परियारले बताइन् ।
घरदैलो अभियान वडा नं. १४ को टोल टोलमा पुगेको छ भने जहाँ जाँदा पनि जनताको अपार समर्थन मिलेको परियारले जानकारी दिइन् ।
भोट माग्दै उम्मेद्वारसहितको टोली मुस्लिम समुदायको वस्तीमा पुगेको थियो । मुस्लिम समुदायले यसपाली नेकपा एमालेका विकासप्रेमी एवम् सूर्य ध्वजावाहक उम्मेद्वारहरुलाई भोट दिने बताएका छन् ।
स्थानीय मजदुर, सुकुम्बासी र महिलाको अपार सहभागिता रहेको घरदैलो कार्यक्रम निरन्तर अघि बढिरहेको नेकपा एमाले मेचीनगरले जनाएको छ ।

मेचीनगर । मेचीनगरका व्यवसायीको छाता संस्था मेची उद्योग...

मेचीनगर । झापाको मेचीनगर नगरपालिकामा नगर प्रमुख गोपालचन्द्र...

मेचीनगर । झापाको मेचीनगर नगरपालिकाले एक असहाय बिरामीलाई...

मेचीनगर । झापाको धुलाबारीमा तेस्रो मुस्ताङ प्रिमियम इन्डो...

मेचीनगर । झापाको मेचीनगर नगरपालिकामा गोपालचन्द्र बुढाथोकीको नेतृत्वमा...

मेचीनगर । मेचीनगरका व्यवसायीको छाता संस्था मेची उद्योग...

मेचीनगर । मेमोरी किङ अर्पण शर्मालाई गृहजिल्लामा सम्मानित...