मेचीनगरमा आज : मेयरमा ४, उपमेयरमा ३ जनाको उम्मेद्वारी
मेचीनगर । आसन्न स्थानीय तह निर्वाचनका लागि मेचीनगरमा पहिलो दिन प्रमुख, उपप्रमुख, वडाध्यक्ष र वडा सदस्यमा ६६ जनाले उम्मेद्वारी दर्ता गराएका छन् ।
आइतबार निर्वाचन अधिकृतको कार्यालयमा पाँच दल र स्वतन्त्रका गरी ६६ जना उम्मेद्वारहरुले मनोनयन पत्र दर्ता गराएका छन् ।
निर्वाचन अधिकृत वेदराज फुयालले मेचीनगर नगरपालिकाको प्रमुखमा ४ जना, उपप्रमुखमा ३ जना, वडाध्यक्षमा २३ जना, महिला सदस्यमा १० जना, दलित महिला ४ जना, वडा सदस्य २२ जनाले उम्मेद्वारी मनोनयन पत्र दर्ता गराएको बताए ।

मंगोल नेशनल अग्रनाईजेशन पार्टीले प्रमुखमा किशोर धिमाल र उपप्रमुखमा सिखा लिम्बु, नेकपा मालेबाट प्रमुखमा भरोसादास पौडेल, मौलिक जरोकिलो पार्टीबाट प्रमुखमा हिरा बाँस्तोला र उपप्रमुखमा सीता दुलाल र लोकतान्त्रीक समाजवादी पार्टीबाट प्रमुखमा लवनशिल धिमाल र उपप्रमुखमा अनिता मुर्मुले उम्मेद्वारी दर्ता गराएको फुयालले जानकारी दिए ।
संघीय लोकतान्त्रीक राष्ट्रिय मञ्चबाट १ जनाले वडाध्यक्षमा उम्मेद्वारी दिएका छन् भने स्वतन्त्रबाट ३ जनाले वडाध्यक्षमा उम्मेद्वारी दिएको फुयालले बताए ।
आइतबार नेकपा एमाले, नेपाली कांग्रेस, राप्रपा र अन्य केहि दलले उम्मेद्वारी मनोनयन दर्ता गराएका छैनन् । सोमबार उम्मेद्वारको मनोनयन दर्ता अन्तिम हो । उनीहरुले सोमबार मनोनयन दर्ता गर्ने तयारी गरेका छन् ।
मेचीनगर। मेचीनगर नगरपालिकाको महिला तथा बालबालिका शाखाद्वारा सञ्चालित...
मेचीनगर । हिमालयन एग्रोकोलोजी रिसर्च एण्ड डेभलपमेन्टको आयोजना...
मेचीनगर । आदर्श डोजो क्लब मेचीनगरको आयोजनामा यही...
काँकडभिट्टा । विश्व पर्यटन दिवसको अवसरमा झापाको काँकडभिट्टामा...
काठमाडौं । नेपाल प्रहरीको खरिद प्रक्रियामा अनियमितता भएको...
झापा । कृष्णथुम्की पब्लिकेशन एण्ड मिडिया प्रालिद्वारा सञ्चालित...
मेचीनगर । लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि...
