मेचीनगर-६ मा ५० बढी नेकपा एमालेमा प्रवेश

मेचीनगर । बिभिन्न पाटी छोडेर मेचीनगर-६ बाट नेकपा एमालेमा ५० बढी कार्यकर्ता प्रवेश गरेका छन । उनीहरुलाई हिजो एक कार्यक्रममा बिच काँकरभिट्टामा स्वागत तथा पाटी प्रवेश गराइएको हो । काग्रेस,राप्रपा छोडेर प्रवेश गरेका कार्यकर्तालाई पार्टीका जिल्ला अध्यक्ष दिपक कार्की लगायतले स्वागत गरेका थिए । नेपाली काग्रेस बाट सागर कार्की सहित दजनौ प्रवेश गरेका हुन ।
नेकपा एमाले मेचीनगर नगरपालिका वडा नम्बर ६ को वडा कमिटीले वैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि पार्टीका उम्मेद्वारहरुको घोषणा कार्यक्रमका बिच प्रवेश गरेका हुन ।
बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि एमालेको तर्फबाट मेचीनगर ६ को वडा अध्यक्षको उम्मेदवारमा सञ्चार उद्यमी तथा समाजसेवी बालकृष्ण थापा रहेका छन् , भने सदस्यमा पुरुषतर्फ ध्रुवकुमार राई र भगिन्द्र सुब्बा रहेका छन्,। त्यस्तै महिलातर्फ खुल्ला सदस्यमा अन्जु थापा र दलित महिला सदस्यमा सीमा रसाइलीलाई वडाबाट सर्बसम्मत रुपमा उम्मेद्वार बनाउने गरी नगरकमिटिमा सिफारिस गरिएको एमाले मेचीनगर ६ का वडा कमिटि अध्यक्ष प्रितम काफ्लेले बताए ।
त्यस्तै मेचीनगर –६ स्थित भानुटोलको प्रचार कार्यालय उद्घाटनका अवसरमा ३१ सदस्यीय अनेमसंघको समेत घोषणा गरिएको थियोे ।

इटाभट्टा । सडक दुर्घटनालाई मध्यनजर गर्दै मेचीनगरको मुटु...

बिर्तामोड । पूर्वी हिमाल यातायात प्रालिकाे अध्यक्षमा हेमराज...

मेचीनगर । राष्ट्रिय युवा संघ नेपाल मेचीनगर कमिटिको...

काँकरभिट्टा । पर्यटन कार्यालय काँकरभिट्टाको आयोजनामा बुधबार मेचीनगर...

मेचीनगर । नेकपा (एकीकृत समाजवादी ) ले असोज...

मेचीनगर । बेलायतको फक्सटन टाउनको कार्यक्रममा सहभागीताका लागि...

मेचीनगर । मेचीनगर नगरपालिका–१४ को हडिया खोलामा झोलुङ्गे...