मेचीनगर-६ मा ५० बढी नेकपा एमालेमा प्रवेश
मेचीनगर । बिभिन्न पाटी छोडेर मेचीनगर-६ बाट नेकपा एमालेमा ५० बढी कार्यकर्ता प्रवेश गरेका छन । उनीहरुलाई हिजो एक कार्यक्रममा बिच काँकरभिट्टामा स्वागत तथा पाटी प्रवेश गराइएको हो । काग्रेस,राप्रपा छोडेर प्रवेश गरेका कार्यकर्तालाई पार्टीका जिल्ला अध्यक्ष दिपक कार्की लगायतले स्वागत गरेका थिए । नेपाली काग्रेस बाट सागर कार्की सहित दजनौ प्रवेश गरेका हुन ।
नेकपा एमाले मेचीनगर नगरपालिका वडा नम्बर ६ को वडा कमिटीले वैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि पार्टीका उम्मेद्वारहरुको घोषणा कार्यक्रमका बिच प्रवेश गरेका हुन ।
बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि एमालेको तर्फबाट मेचीनगर ६ को वडा अध्यक्षको उम्मेदवारमा सञ्चार उद्यमी तथा समाजसेवी बालकृष्ण थापा रहेका छन् , भने सदस्यमा पुरुषतर्फ ध्रुवकुमार राई र भगिन्द्र सुब्बा रहेका छन्,। त्यस्तै महिलातर्फ खुल्ला सदस्यमा अन्जु थापा र दलित महिला सदस्यमा सीमा रसाइलीलाई वडाबाट सर्बसम्मत रुपमा उम्मेद्वार बनाउने गरी नगरकमिटिमा सिफारिस गरिएको एमाले मेचीनगर ६ का वडा कमिटि अध्यक्ष प्रितम काफ्लेले बताए ।
त्यस्तै मेचीनगर –६ स्थित भानुटोलको प्रचार कार्यालय उद्घाटनका अवसरमा ३१ सदस्यीय अनेमसंघको समेत घोषणा गरिएको थियोे ।
मेचीनगर । मेचीनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवास...
धुलाबारी । नेपाल विद्युत प्राधिकरण धुलाबारी वितरण केन्द्रका कर्मचारीमाथि...
मेचीनगर । मेचीनगर मेचीनगर–३ निवासी रिदम दनुवार लामो...
काकडभिट्टा । सीमा सहजीकरण तथा सीमावर्ती क्षेत्रमा हुन...
मेचीनगर । झापाको मेचीनगरमा सञ्चालित पाँचतारे होटल मेची...
झापा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल...
मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रमलाई लिएर...
