धाइजन स्वास्थ्य चौकी उद्घाटन
मेचीनगर । मेचीनगर–११ स्थित धाइजन स्वास्थ्य चौकीको मंगलबार विधिवत रुपमा उद्घाटन गरिएको छ ।
मेचीनगर नगरप्रमुख विमल आचार्यले दुईतले सुविधा सम्पन्न चौकीको उद्घाटन गरेका हुन् ।
मेचीनगर–११ का वडाध्यक्ष सन्तोष मेचेको सभापतित्वमा भएको कार्यक्रममा चौकी निर्माणका लागि निःशुल्क रुपमा जग्गा उपलब्ध गराउनुहुने जग्गादाता चुडामणि सिटौला, नरेन्द्र मेचे, जगदिश मिन्डा, विशु मेचे, भोजबहादुर कार्की लगायतलाई सम्मान गरिएको थियो ।
चौकी उद्घाटनकै अवसरमा जग्गा व्यवस्थापन, भवन निर्माण, तात्कालिन अवस्थामा कोभिड १९ नियन्त्रण, रोकथाम र आइसोलेशन केन्द्रमा सक्रिय स्वास्थ्यकर्मीहरुलाई समेत सम्मान पत्र प्रदान गरिएको थियो ।
सम्मानित सबैलाई कार्यक्रमका प्रमुख अतिथि नगरप्रमुख आचार्यले सम्मान पत्र प्रदान गरेका थिए । साथै सेवा निवृत्त महिला स्वास्थ्य स्वयम् सेविका गायत्री आचार्यलाई कदरपत्रसहित विदाई गरिएको कार्यक्रमका सञ्चालक स्वास्थ्यकर्मी दीपेन्द्र चौधरीले जानकारी दिए ।
अहिले स्वास्थ्य चौकीबाट बिरामीको उपचार, गर्भवती परीक्षण, मातृ तथा शिशु सेवा, परिवार नियोजन सेवा, खोप सेवा तथा रोग नियन्त्रणमा क्षयरोग, कुष्ठरोग मलेरिया लगायतका क्षेत्रमा सेवा प्रदान गर्ने र निकट भविष्यमा प्रयोगशालाको समेत व्यवस्था हुने स्वास्थ्यकर्मी चौधरीको भनाई छ ।
कार्यक्रममा बोल्दैं नगरप्रमुख आचार्यले हरेक नगरबासीलाई छिटो छरितोरुपमा स्वास्थ्य सेवा उपलब्ध गराउन स्थानीय सरकार लागि परेको बताए । उहाँले स्वस्थ्य शिक्षा हरेक नागरिकको नैसर्गिक अधिकार भएकाले स्थानीय सरकार यी सवै अधिकार आफ्ना नगरवासीलाई उपलब्ध गराउन लागि परेको बताउनुभयो ।
कार्यक्रममा नगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत अनन्तप्रकाश वस्ती, भवन निर्माण व्यवस्थापन समितिका सदस्य शान्तिराम चिमरिया, जग्गादाताहरु नरेन्द्र मेचे, जगदिश मिण्डा, भवन निर्माण देखि जग्गा व्यवस्थापनमा सक्रिय पूर्व गाविस सचिव सुदर्शन बराल लगायतले बोलेका थिए ।
मेचीनगर । मेचीनगर–९ स्थित मागुरमाडी सामुदायिक वन उपभोक्ता...
मेचीनगर । झापाको मेचीनगर नगरपालिका–१४ दुवागढीमा शुक्रबार बिहान...
झापा । झापाको मेचीनगर–१० धुलाबारीस्थित एक स्थानीय होटलमा...
धुलाबारी । नेपाल विद्युत प्राधिकरण धुलाबारी वितरण केन्द्रले...
धाइजन । लायन्स क्लब अफ धाइजन–चारआलिको आठौं साधारणसभा...
मेचीनगर । मेचीनगर नगरपालिकाले विद्यालय, शिक्षक/कर्मचारी तथा विद्यार्थी...

