झापा एक मा एमालेको अभियान ‘मेरो वडा म जिताउछु’
मेचीनगर । नेकपा एमाले झापा क्षेत्रीय कमिटी झापा क्षेत्र नम्वर १ ले ‘मेरो वडा म जिताउछु’ अभियान सूरु गरेको छ । नेकपा एमाले झापा क्षेत्रीय कमिटी झापा क्षेत्र नम्वर १ को बैठकले सो अभियान सूरु गरेको हो ।
नेकपा एमाले झापा जिल्ला कमिटीबाट प्राप्त सर्कलर अनुसार यो अभियान सूूरु गरिएको क्षेत्रिय सहसंयोजक टीका मंग्रातीले बताए । स्थानिय तह निर्वाचनलाई लक्षित गरि ‘मेरो वडा म जिताउछु अभियान सञ्चालन गरिएको मंग्रातीले बताए । अभियान सञ्चालन का लागि जिल्ला कमिटि सदस्यलाई सहजकर्ताको जिम्मेवारी प्रदान गरिएको छ ।
संघिय निर्वाचन क्षेत्र नम्वर १ अन्तरगत रहेका मेचीनगर, भद्रपर ९ र १० अनि बुद्धशान्ति १,२,३,४ मा जिल्ला सदस्यलाई सहजकर्ताको जिम्मेवारी प्रदान गरिएको क्षेत्रिय कमिटि संयोजक डिल्लीराम घिमिरेले बताए ।

जिम्मेवारी प्रप्त गर्नुहुनेमा मेचीनगर–१ मा डिल्लीराम घिमिरे, चन्द्र प्रसाई, मेचीनगर–२ मा टिकाराम मंग्राती, मेचीनगर–३ मा रमा भण्डारी, मेचीनगर–४ मा निर्मला गौतम, मेचीनगर–५ मा भूपाल शिवाकोटी, मेचीनगर–६ मा देवकुमार राई, कल्पना आली र भूपाल आली, मेचीनगर–७ मा भरत राई र प्रल्हादमणी आली, मेचीनगर–८ मा टिकाराम मंग्राती र सुवास मिजार, मेचीनगर–९ मा रेनुका डाँगी, पुष्पा भण्डारी र संगीता थापा, मेचीनगर–१० मा कृष्ण कनाल र मोहन काजी, मेचीनगर–११ मा राजु पोखरेल र अञ्जु बर्देवा, मेचीनगर– १२ मा यामनाथ बराल, मेचीनगर–१३ मा निर्माला परियार र पर्शुराम राजवंशी, मेचीनगर–१४ मा बिन्दा प्रसाई, मेचीनगर– १५ मा हरी ढुङ्गानार सुदय राजवंशी रहेका छन् ।
त्यसैगरि, भद्रपर–९ मा पुरुसोतम अधिकारी र बम्हलाल ढुङ्गाना, भद्रपुर–१० मा मीना घिमिरे पराजुली , लक्ष्मी गुरागाई र बुद्धशान्ति १,२,३,४ साविक शान्तिनगर मा दिपक गौतम रहेका छन् ।
यो अभियान अन्तरगत जिम्मेवारी तोकिएका सहजकर्ताले क्षेत्रिय कमिटी, नगर कमिटि, वडा कमिटी वडा इन्चार्जको सहभागीतामा कार्यक्रमहरुको तर्जुमा गर्नुपर्ने क्षेत्रिय सहसंयोजक टीका मंग्रातीले बताए ।
काकडभिट्टा । सीमा सहजीकरण तथा सीमावर्ती क्षेत्रमा हुन...
मेचीनगर । झापाको मेचीनगरमा सञ्चालित पाँचतारे होटल मेची...
झापा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल...
मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रमलाई लिएर...
मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रमलाई लिएर...
मेचीनगर । मेचीनगर नगरपालिकाले ३८ जना ज्यालादारीमा कार्यरत...
मेचीनगर । मेचीनगर क्षेत्रका निजी विद्यालयहरूले आफूहरूले कानुन...
