चौतारीको केन्द्र र प्रदेश अधिवेशनका लागि प्रतिनिधि छनोट
झापा। प्रेस चौतारी नेपाल झापाले आउदो राष्ट्रिय महाधिवेशन र प्रदेश अधिवेशनका लागि प्रतिनिधिहरु चयन गरेको छ ।
शनिबार प्रेस चौतारी नेपाल झापाका अध्यक्ष मनकुमार गदालको अध्यक्षता र केन्द्रीय अध्यक्ष गणेश बस्नेतको प्रमुख अतिथ्यतामा जिल्लाको सचिवालय, केन्द्रीय सदस्य, प्रदेश कमिटि र पूर्व अध्यक्षसहित बसेको बैठकले प्रतिनिधिहरु चयन गरेको हो ।
प्रेस चौतारी नेपालको नवौँ राष्ट्रिय महाधिवेशनका लागि झापाबाट माधव बिदोही, बिष्णु पोखरेल, अर्जुन कार्की, लक्ष्मी उप्रेती, बिष्णु मैनाली र सावित्रा दाहाल प्रतिनिधिका रुपमा चयन भएका छन् । राष्ट्रिय महाधिवेशन यहि फागुन २७ र २८ गते पोखरामा हुँदैछ ।
यता प्रेस चौतारी नेपाल प्रदेश १ को अधिवेशन यहि फागुन २१ गते बितामोडमा हुँदैछ । प्रदेश १ को अधिवेशनका लागि युवराज विवश, रमेश तिवारी, राजु पोखरेल, शिशिर चौलागाई, उमानाथ भण्डारी, राजकुमार ओली, गीता ढुंगाना र मिना बिक प्रतिनिधि चयन भएका छन् ।
त्यस्तै चौतारीको झापा जिल्ला कमिटिको सल्लाहकारमा छविलाल दवाडी, पंकज दाहाल, रोहित काफ्ले र तिर्थ खरेल चयन भएका छन् ।

यसैगरी चौतारी झापाले पूर्व जिल्ला सदस्य स्व.माया पकुवाल र सदस्य बिरेन्द्र न्यौपानेका बुबा स्व.बिश्वनाथ न्यौपानेको निधनमा शोकप्रस्ताव पारित गरेको छ । चौतारी झापाले शनिबार उनीहरुको घरैमा श्रद्वाञ्जली सभा सम्पन्न गरेको छ ।
वैठकमा प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष वस्नेत, सदस्यहरु सोमनाथ बाँस्तोला, माधव विद्रोही, मोहन काजी, अम्बिका भण्डारी, भिमा शिवाकोटी, गोपाल काफ्ले, सन्तोष आचार्य, प्रदेश १ का अध्यक्ष गणेश पोखरेल, सदस्य अर्जुन कार्की लगायतले आ–आफ्नो धारणा राखेका थिए । बैठकको स्वागत उपाध्यक्ष प्रदिप परियार र सञ्चालन सचिव प्रकाश पौडेलले गरेका थिए ।
मेचीनगर। मेचीनगर नगरपालिकाको महिला तथा बालबालिका शाखाद्वारा सञ्चालित...
मेचीनगर । हिमालयन एग्रोकोलोजी रिसर्च एण्ड डेभलपमेन्टको आयोजना...
मेचीनगर । आदर्श डोजो क्लब मेचीनगरको आयोजनामा यही...
काँकडभिट्टा । विश्व पर्यटन दिवसको अवसरमा झापाको काँकडभिट्टामा...
काठमाडौं । नेपाल प्रहरीको खरिद प्रक्रियामा अनियमितता भएको...
झापा । कृष्णथुम्की पब्लिकेशन एण्ड मिडिया प्रालिद्वारा सञ्चालित...
मेचीनगर । लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि...
