बन्ने भो काँकरभिट्टाको कालीखोलामा डुंगा शयर सुविधासहितको पर्यटकीय स्थल
मेचीनगर । काँकरभिट्टाको कालीखोलामा डुंगा शयर सुविधासहितको पर्यटकीय क्षेत्र बनाउन जनस्तरबाट पहल सुरु गरिएको छ ।
मेचीनगर वडा नं. ६ को काँकरभिट्टा बजार पश्चिम र राजमार्गको पुल उत्तरको खोलामय जग्गामा पर्यटकीय स्थल विकास गर्ने दीर्घकालीन योजनाका साथ स्थानीयबासीले पातालगंगा कालीखोला धार्मिक तथा पर्यटन केन्द्र स्थापना गरेका छन् । जनता समाजबादी पार्टीका मेचीनगर अध्यक्ष ओमप्रकाश खापुङको नेतृत्वमा केन्द्रको तदर्थ समिति गठन भएको सोमवार यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
समितिमा सवै दल र सामाजिक अगुवाहरुको प्रतिनिधित्व रहेको संस्थाका सचिव शंकर भट्टराईले बताए ।
पूर्वीद्वार काँकरभिट्टामा रहेका सबै पर्यटकीय स्थललाई जोड्ने गरी पर्यटकीय रुट निर्माण गरिने र कालीखोला करिडरमा पैदल तथा साइकल लेन समेत बनाउने योजना रहेको संस्थाका अध्यक्ष खापुङले बताए । खापुङले कालीखोलाको पर्यटकीय स्थल बनाइने जग्गा व्यक्तिहरुको निजी स्वामित्वमा रहेको र त्यसलाई नेपाल सरकारले बाँध निर्माण गर्दा अधिग्रहण गरेको हुँदा त्यसको मुआब्जा जग्गाधनीले प्राप्त गरेपछि मात्र भौतिक संरचना निर्माणको काम अघि बढाइने समेत जानकारी दिए ।
सो स्थानमा धार्मिक रुपले अति महत्वपूर्ण पातालगंगा मन्दिर रहेको समेत जानकारी दिइएको छ । त्यहाँ मन्दिर बनाउने समेत केन्द्रको योजना छ ।
संस्थालाई आधिकारिता दिनका लागि जिल्ला प्रशासन कार्यालय झापामा दर्ताको प्रक्रिया अघि बढाइसकिएको र आजीवन सदस्य वितरण थालिएको सचिव भट्टराईले बताएका छन् ।
पर्यटन प्रबर्धनको अभियान सञ्चालन गरिने, खोलामा सरसफाइ गरिने, हरियाली विकास गरिने, पूर्वी नाकाबाट प्रवेश गर्ने पर्यटकलाई घुम्न आउन योग्य बनाइने लगायतका योजना संस्थाले अघि सारेको जानकारी दिइएको छ ।
मेचीनगर। मेचीनगर नगरपालिकाको महिला तथा बालबालिका शाखाद्वारा सञ्चालित...
मेचीनगर । हिमालयन एग्रोकोलोजी रिसर्च एण्ड डेभलपमेन्टको आयोजना...
मेचीनगर । आदर्श डोजो क्लब मेचीनगरको आयोजनामा यही...
काँकडभिट्टा । विश्व पर्यटन दिवसको अवसरमा झापाको काँकडभिट्टामा...
काठमाडौं । नेपाल प्रहरीको खरिद प्रक्रियामा अनियमितता भएको...
झापा । कृष्णथुम्की पब्लिकेशन एण्ड मिडिया प्रालिद्वारा सञ्चालित...
मेचीनगर । लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि...
