चाहिने बेलामा थन्कियो मेचीनगरको दमकल

मेचीनगर । मेचीनगर नगरपालिका–६ मा केही बर्ष अघि भीषण आगलागी हुँदा २१ घर जलेर ध्वस्त भए । केही दिन अघि मात्रै वडा नं. ७ मा भएको आगलागीमा एक जनाले ज्यान गुमाए भने दर्जन बढी घाइते भए । तर, यी दुबै घटनामा मेचीनगर नगरपालिकाको दमकल समयमा पुग्न सकेन । जसका कारण ठुलो जनधनको क्षति समेत भयो ।
माघ, फागुन तथा चैत्र महिना बढी मात्रमा आगलागी हुने समय हो । यस बेला आगलागी हुँनसाथ समयमा आगो निभाउँन दमकलको आवश्यकता पर्छ । तर यो अति आवश्यक समयमा मेचीनगर नगरपालिकाको दमकल भने बिग्रिएर थन्किएको छ ।
माघ २ गते इलामको अन्तु भ्याली टी कारखानामा भएको आगोलागी नियन्त्रण गर्न जाने क्रममा दुर्घटनामा परेपछि बिग्रिएर दमकल मेचीनगर नगरपालिका कार्यालय परिसरमा थन्किएर बसेको छ । दमकल मर्मतको लागि २ लाख रुपैयाँ लाग्ने अनुमानित लागतसहित फाइल तयार पारिएको छ । तर, दमकल बनाउन नगरपालिकाले चासो देखाएको छैन् ।

कामै नलाग्ने गरि ‘कवाडी’ बनिसकेको पुरानो दमकल
मेचीनगर नगरपालिको कार्यालयमा पुरानो र नयाँ गरि दुई बटा दमकल छन् । पुरानो कामै नलाग्ने गरि ‘कवाडी’ बनिसकेको छ । नयाँ दमकल पनि बिग्रिएर थन्किएको छ । यस्तो अबस्थामा कुनै बेला आगलागी भएमा ठुलै क्षेति हुन सक्छ । आगो लागेका बेला टुलुटुलु हेरेर बस्ने अबस्था सृजना भएको छ ।
मेचीनगर नगरपालिकाले माघ ३ गते सूचना जारी गरि दमकल सेवा प्रदान गर्न नसकिने जानकारी गराएको छ । तर साता दिन बितिसक्दा पनि दमकल मर्मत गर्ने कुरा प्राथमिक्तामा पर्न सकेको छैन ।

नगरपालिकाले जारी गरेको सूचना
सरकारले ०६६ साउनमा दमकलको जिम्मेवारी स्थानीय निकायलाई दिने निर्णय गरेको थियो । तर हिउँद तथा सुख्खायाम शुरु हुंदै गर्दा आगोलागीका घटना बढ्ने सम्भावना हुँदासमेत नगरपालिकाले दमकल मर्मत गरेर चुस्त राख्न सकेको छैन । दमकल व्यवस्थापन तथा सञ्चालन गर्ने कुरामा नगरपालिकाको लापारबाही सूरु देखिकै भएको स्थानियबासी गुनासो गर्दे आएका छन् ।

मेचीनगर । झापाको मेचीनगर नगरपालिका र सुनसरीको इटहरी...

मेचीनगर । स्थानीय क्षेत्रको पहिचानलाई प्रर्वद्धन गर्ने उद्देश्यले...

मेचीनगर । मेचीनगर नगरपालिका भित्रका विद्यालयमा मंगलबार र...

झापा । झापाको काँकरभिट्टास्थित मेची भन्सार नाकामा आज स्थानीय...

मेचीनगर । कोशी प्रदेश सभा सदस्य गोपाल विश्वकर्माले...

धुलाबारी । नेपाल पूर्व प्रहरी संगठन मेचीनगर अध्यक्षमा...