चाहिने बेलामा थन्कियो मेचीनगरको दमकल
मेचीनगर । मेचीनगर नगरपालिका–६ मा केही बर्ष अघि भीषण आगलागी हुँदा २१ घर जलेर ध्वस्त भए । केही दिन अघि मात्रै वडा नं. ७ मा भएको आगलागीमा एक जनाले ज्यान गुमाए भने दर्जन बढी घाइते भए । तर, यी दुबै घटनामा मेचीनगर नगरपालिकाको दमकल समयमा पुग्न सकेन । जसका कारण ठुलो जनधनको क्षति समेत भयो ।
माघ, फागुन तथा चैत्र महिना बढी मात्रमा आगलागी हुने समय हो । यस बेला आगलागी हुँनसाथ समयमा आगो निभाउँन दमकलको आवश्यकता पर्छ । तर यो अति आवश्यक समयमा मेचीनगर नगरपालिकाको दमकल भने बिग्रिएर थन्किएको छ ।
माघ २ गते इलामको अन्तु भ्याली टी कारखानामा भएको आगोलागी नियन्त्रण गर्न जाने क्रममा दुर्घटनामा परेपछि बिग्रिएर दमकल मेचीनगर नगरपालिका कार्यालय परिसरमा थन्किएर बसेको छ । दमकल मर्मतको लागि २ लाख रुपैयाँ लाग्ने अनुमानित लागतसहित फाइल तयार पारिएको छ । तर, दमकल बनाउन नगरपालिकाले चासो देखाएको छैन् ।

कामै नलाग्ने गरि ‘कवाडी’ बनिसकेको पुरानो दमकल
मेचीनगर नगरपालिको कार्यालयमा पुरानो र नयाँ गरि दुई बटा दमकल छन् । पुरानो कामै नलाग्ने गरि ‘कवाडी’ बनिसकेको छ । नयाँ दमकल पनि बिग्रिएर थन्किएको छ । यस्तो अबस्थामा कुनै बेला आगलागी भएमा ठुलै क्षेति हुन सक्छ । आगो लागेका बेला टुलुटुलु हेरेर बस्ने अबस्था सृजना भएको छ ।
मेचीनगर नगरपालिकाले माघ ३ गते सूचना जारी गरि दमकल सेवा प्रदान गर्न नसकिने जानकारी गराएको छ । तर साता दिन बितिसक्दा पनि दमकल मर्मत गर्ने कुरा प्राथमिक्तामा पर्न सकेको छैन ।

नगरपालिकाले जारी गरेको सूचना
सरकारले ०६६ साउनमा दमकलको जिम्मेवारी स्थानीय निकायलाई दिने निर्णय गरेको थियो । तर हिउँद तथा सुख्खायाम शुरु हुंदै गर्दा आगोलागीका घटना बढ्ने सम्भावना हुँदासमेत नगरपालिकाले दमकल मर्मत गरेर चुस्त राख्न सकेको छैन । दमकल व्यवस्थापन तथा सञ्चालन गर्ने कुरामा नगरपालिकाको लापारबाही सूरु देखिकै भएको स्थानियबासी गुनासो गर्दे आएका छन् ।
मेचीनगर। मेचीनगर नगरपालिकाको महिला तथा बालबालिका शाखाद्वारा सञ्चालित...
मेचीनगर । हिमालयन एग्रोकोलोजी रिसर्च एण्ड डेभलपमेन्टको आयोजना...
मेचीनगर । आदर्श डोजो क्लब मेचीनगरको आयोजनामा यही...
काँकडभिट्टा । विश्व पर्यटन दिवसको अवसरमा झापाको काँकडभिट्टामा...
काठमाडौं । नेपाल प्रहरीको खरिद प्रक्रियामा अनियमितता भएको...
झापा । कृष्णथुम्की पब्लिकेशन एण्ड मिडिया प्रालिद्वारा सञ्चालित...
मेचीनगर । लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि...
