वाल श्रम मुक्त मेचीनगर कागजमै सिमित ! उपप्रमुख भन्छिन् – हाम्रो कार्यकालमा यो पुरा हुँदैन’
मेचीनगर । अघिल्लो निर्वाचन पश्चात मेचीनगर नगरपालिकाले नगर क्षेत्रलाई ३ महिना भित्र बाल श्रम मुक्त नगर घोषणाको ढोल पिटेको थियो । मेचीनगर नगरपालिकाको आ.व. ०७५÷०७६ को वार्षिक वजेट तथा कार्यक्रम यो कागजी रुपमा उल्लेख समेत भयो ।
बजेटको पाचौं नम्वरको लैङ्गिक समानता र सामाजिक समावेशीकरण सम्वन्धि नीति कार्यक्रममा वाल मैत्री शासन, वाल श्रम मुक्त नगर घोषणाका लागि दिगो र प्रभावकारी नीति वनाई कार्यान्वयन गरिनेछ भनेर उल्लेख गरिएको छ । तर, जनप्रतिनिधिको ५ बर्ष सकिन लाग्दा समेत कार्यान्वयनमा आउन भने सकेको छैन् । मेचीनगरमा हाल बिभिन्न क्षेत्रमा बाल श्रमिक बढेको छन् ।
बाल श्रम मुक्त नगर स्थापना गर्नका लागि दबाव स्वरुप एमनेष्टी इन्टरनेसनल समुह–२२ धुलाबारी र धुलाबारी युथ नेटवर्कले सो बेला हस्ताक्षर संकलन गरी नगर प्रमुख समेतलाई बुझाएका थिए । तर, यो घोषणा हाल सम्म हुन सकेको छैन । बाल श्रम मुक्त नगर घोषणा हुन किन ढिला भयो भन्ने हाम्रो प्रश्नमा मेचीनगर नगरपालिका उप–प्रमुख मिना उप्रेतीले भर्खरै यसको लागि बजेट छुटिएको बताइन् । ‘प्रकृय चाहीँ अघि बढाउने भनिएको छ, तर यस कार्यकालमा पुरा हुँदैन’ । उपप्रमुख उप्रेतील भनिन्– ‘कार्यबिधि तथा सुचक बनाउने कुरामा ढिला भयो । हाम्रो कार्याकालमा यो योजना पुरा हुने अबस्था छैन् । हामीसँग यो सम्वन्धी कुनै तथ्याङक पनि छैन् । ’
झापाको मेचीनगर क्षेत्रका चिया बगाँन, होटल, निजि घर तथा अन्य व्यापारिक क्षेत्रमा धेरै बाल श्रमिक हरु काम गर्दै आएका छन् । उनीहरु शिक्षा स्वास्थ्यबाट बञ्चित छन् । तर, निर्वाचनको समय अघि जितेर कुर्सी समालेका जनप्रतिनिधिहरु भने कागजमा लेखेर कार्यन्वयन गराउँने कुरामा भने यसरी नै चुक्ने गरेका छन् ।
बालबालिका तथा शिक्षा सञ्चार मञ्च झापाका अध्यक्ष सरोज पौडेलले बिशेष गरि बालबालिकालाई इटाभट्टा, होटल, व्यतिगत घरमा श्रम गर्न राखिने गरेको बताए । बाल मैत्री स्थानीय शासनयुतm पालिका निमार्णका लागि सस्थाले झापाका सबै पालिकामा भुमिका खेलीरहेको बताए । प्रदेश न १ को पहिलो र नेपालका पाचौ बाल मैत्री नगरका रुपमा भद्रपुर एक बर्ष अघि घोषण भइसकेको छ ।
काँकरभिट्टा । काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले...
मेचीनगर । काँकरभिट्टा बहुमुखी क्याम्पस सञ्चालक समितिको अध्यक्षमा...
मेचीनगर । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले ०८४...
काठमाडौं । नेपाल क्लाइम्बिङ स्पोर्टस् एशोसिएसन अन्तर्गत बागमती...
मेचीनगर । नेपाल मानव धर्म सेवा समितिले मेचीनगर-२...
झापा । झापाको भद्रपुरस्थित चन्द्रगढी विमानस्थलले आठ करोड...