‘सदस्य विस्तार वर्ष’ मनाउँदै तारापुञ्ज साकोस


टिकाराम रिजाल

तारापुञ्ज बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्षज्यू, पूर्व अध्यक्षज्यूहरु, सञ्चालक समितिका पदाधिकारीज्यूहरु, लेखा तथा सुपरिवेक्षण समितिका पदाधिकारीज्यूहरु, संस्थाका सल्लाहकार समिति, ऋण समिति, शिक्षा तथा समूह परिचालन समिति, महिला सशक्तिकरण समिति, एम्बुलेन्स संचालन समितिका पदाधिकारीज्यूहरु, कर्मचारी मित्रहरु, संचारकर्मी मित्रहरु साथै संस्थाका सम्पूर्ण सदस्यज्यूहरुमा हार्दिक सहकारीमय अभिवादन व्यक्त गर्दछु ।
सर्वप्रथम संस्थाको १४औं वार्षिक साधारण सभामा उपस्थित हुनुहुने अतिथिगण एवं सम्पूर्ण सभासद् ज्यूहरुमा मा हार्दिक स्वागत एवं सम्मान व्यक्त गर्दछु ।
आदरणीय सदस्यज्यूहरु सदस्यहरु बिच आपसी एकता कायम गर्दै सदस्यहरुको आर्थिक, सामाजिक, सास्कृतिक विकास र रुपान्तरण सहित सहकारी अभियानलाई सफल बनाउने उदेश्य सहित २०६४ साल मंसिर ४ गते डिभिजन सहकारी कार्यालय झापामा विधिवत् रुपमा दर्ता भई मंसिर १५ गतेबाट ६४ जना शेयर सदस्यहरुको पाँच हजार रुपैयाका दरले जम्मा तिन लाख बिस हजार रुपैयाँ शेयर पँुजीबाट थालनी भएको यस संस्थाले १९५१ जना सदस्य एवम् एक करोड बीस लाख रुपैया शेयर पूजी सहित सफलतापूर्वक १४ औ वार्षिक साधारण सभा सम्पन्न गरिरहँदा संस्था स्थापनाका लागि योगदान पु¥याउनु हुने संस्थापक अध्यक्ष श्री लिला प्रसाद भण्डारी एवम् सम्पूर्ण संस्थापक सदस्यज्यूहरुमा संस्था स्थापनामा यहाँहरुले पु¥याउनु भएको योगदान प्रति हार्दिक नमन व्यक्त गर्दछु । संस्थालाई सफलतापूर्वक यो अवस्था सम्ममा ल्याई पु¥याउन महत्वपूर्ण योगदान प्रदान गर्नुहुने पूर्व अध्यक्षज्यूहरु लगायत सञ्चालक समिति, लेखा समिति र विभिन्न समिति, उप–समितिका पदाधिकारीज्यूहरु, कर्मचारी मित्रहरु एवम् सम्पूर्ण सदस्यज्यूहरु प्रति हार्दिक आभार व्यक्त गर्दछु ।


संस्थालाई सफलतापूर्वक अगाडि बढाउन संस्थाको विनियम, निर्देशिका संस्थाले लिएको नीति तथा कार्यक्रमहरुलाई कार्यन्वयन गर्ने सिलशिलामा विश्व महामारीको रुपमा रहेको कोरोना महामारीले भएको लकडाउनको असरले अर्थतन्त्रमा आएको आर्थिक मन्दीका कारण संस्थाका आर्थिक एवं अन्य गतिविधिहरुलाई प्रभावकारी रुपमा अगाडी बढाउन नसकिएको हुँदा संस्थाले लिएको अपेक्षित लक्ष्य र उद्देश्यहरु सन्तोषजनक रुपमा पुरा हुन सकेनन् । महामारी कै बिचमा पनि उच्च सर्तकता, सुरक्षा र मापदण्ड पुरा गरि सदस्यहरुलाई निरन्तर सेवा पु¥याउन संस्था क्रियासिल रहेको व्यहोरा आदरणिय सदस्यज्यूहरुमा अवगत नैे छ । महामारीको विषम परिस्थितिमा पनि कर्तव्यनिष्ठ पूर्वक जिम्मेवारी बहन गर्दै सदस्यज्यूहरुमा सेवा प्रदान गर्न लागि पर्नुहुने समिति उपसमितिका पदाधिकारी एवं सम्पूर्ण कर्मचारी वर्गमा हार्दिक धन्यवाद ज्ञापन गर्न चाहान्छु ।
सहकारी निति, निर्देशिका, मापदण्ड, सिद्धान्त, मूल्य र मान्यतालाई पालना गरी सदस्यहरुको आर्थिक, सामाजिक, साँस्कृतिक रुपान्तरणका लागि विभिन्न कार्यक्रमहरुको आयोजना सहित सदस्यहरुमा अधिकतम सेवा र सुविधा प्रदान गर्दै सहकारी अभियानलाई सफल बनाउन विभिन्न सहकारीमय कार्यक्रमहरु सञ्चालन गर्दै संस्था अगाडि बढेको छ । संस्थाको वृद्धि दर कायम राख्दै सदस्यहरुलाई गुणस्तरीय वित्तीय सेवा प्रदान गर्नुका साथै सदस्यहरुको आर्थिक, सामाजिक, सांस्कृतिक जीवनस्तर वृद्धिका लागि अनवरत प्रयत्न गरिरहने प्रतिबद्धता व्यक्त गर्न चाहान्छु ।
आदरणिय सदस्यज्यूहरु, संस्थाको सीमित स्रोत र साधनको अधिकतम उपयोग गरि विभिन्न अवसर र चुनौतिका बिच ऋयखष्म(ज्ञढ को विषम परिस्थितिमा सदस्यहरुलाई सेवा र सुविधा उपलब्ध गराउँदै संस्थाले तय गरेका निति तथा कार्यक्रम, लक्ष्य र उदेश्यहरुको प्रगति विवरण एवम् आ.व.०७८/७९ का लागि संस्थाले तय गरेको नीति तथा कार्यक्रम र अनुमानित बजेटलाई तुलनात्मक अध्ययन सहित प्रस्तुत गर्न चाहान्छु ।
१) सदस्य विस्तारः
आदरणिय सदस्यज्यूहरु संस्थाको जग मेरुदण्ड र गरिमा भनेकै संस्थामा आबद्ध सदस्यहरु नै हुन । गुणस्तरिय सदस्यहरुको बृद्धि हुनुमा नै संस्थाको सफलता रहन्छ । आ.व.२०७६÷७७ मा संस्थामा सदस्य संङख्या १६४० रहेको मा आ.व.७७÷७८ मा ३११ जना नयाँ सदस्य थप भई जम्मा सदस्य संङख्या १९५१ पुगेको छ र आ.व. ७८÷७९ मा ६४९ जना नयाँ सदस्य थप गरि जम्मा सदस्य संख्या २६०० पु¥याउने लक्ष्य लिएका छौ । यस आ.व.लाई सदस्य विस्तार वर्षको रुपमा मनाउदै सदस्य विस्तारका लागि प्रभावकारी कार्यक्रमहरु लागु गरिने छ ।
२) शेयर पुँजी
आ.व. ७६/७७ मा रु ८४,८९,५०० शेयर पुँजी रहेको र आ.व.७७/७८ मा रु ३५,१०,५०० शेयर पुँजी बृद्धी गरि जम्मा शेयर रु १,२०,००,००० पुर्याउने लक्ष्य रहेकोमा आ.व.७७÷७८ मा रु ३५,१६,६०० शेयर बृद्धि भई जम्मा शेयर रु १,२०,०६,१०० पुगेको छ र आ.व.७८÷७९ मा रु ३९,९३,९०० शेयर बृद्धि गरि जम्मा शेयर रु १,६०,००,००० पुर्याउने लक्ष्य लिएका छौ । संस्थाले आ.व. ७७÷७८ मा शेयर वृद्धिमा लिएको लक्ष्यमा रु. ६,१०० शेयर वृद्धि गर्न संस्थ सफल भएको छ । शेयर नै संस्था सञ्चालनको जग हो भन्ने कुरा आत्मसात गरि शेयर बृद्धिका लागि सदस्य राहत र सुविधा सम्बन्धी विभिन्न कार्यक्रमहरु लागु गरिने छ ।
३) निक्षेप बचत
विभिन्न बचत कार्यक्रमहरु मार्फत आ.व २०७६/७७ मा रु ५,१५,१५,८५९ बचत÷निक्षेप रहेको र आ.व. ७७÷७८ मा रु १,३४,८४,१४१ बचत बृद्धि गरि जम्मा रु ६,५०,००,००० पुर्याउने लक्ष्य लिएकोमा रु १,७६,२०,१२९ मात्र बचत बृद्धि भई जम्मा बचत रु ६,९१,३५,९८८ पुगेको छ र आ.व.७८÷७९ मा रु २,०८,६४,०१२ बचत बृद्धि गरि रु ९,००,००,००० पुर्याउने लक्ष्य लिएका छौ । आ.व २०७७÷७८ मा संस्थाले लिएको लक्ष्यमा रु.४१,३५,९८८ बचत वृद्धि गर्न संस्था सफल भएको छ । बचत वृद्धिका लागि उत्कृष्ट व्याज र सुविधा सहित विभिन्न आवधिक बचत कार्यक्रमहरु संचालन गरिनेछ ।
४) कर्जा लगानी
विभिन्न कर्जा कार्यक्रमहरु मार्फत आ.व २०७६/७७ मा रु ४,७२,२१,४४६ कर्जा लगानी रहेको र आ.व.२०७७/७८ मा रु २,२७,७८,५५४ कर्जा लगानी बृद्धि गरि जम्मा कर्जा लगानी रु ७,००,००,००० पुर्याउने लक्ष्य रहेकोमा आ.व.७७/७८ मा रु २,१८,२०,७९१ कर्जा लगानी बृद्धि भई लगानीमा रहेको जम्मा कर्जा रु ६,९०,४२,२३७ पुगेको छ र आ.व.७८/७९ मा रु २,५९,५७,७६३ कर्जा लगानी बृद्धि गरि जम्मा कर्जा लगानी रु ९,५०,००,००० पुर्याउने लक्ष्य लिएका छौ । कोरोना कहर र लकडाउनको कारण भएको आर्थिक मन्दीबाट कारोवारमा परेको प्रभाव र आ.व.७७/७८ मा रु १,००,००,००० बाह्रय ऋण लिने लक्ष्य भएता पनि उक्त ऋण नलिएको कारण कर्जामा ९८.६३ प्रतिशत लक्ष्य प्राप्त गर्न संस्था सफल भएको र आ.व.७८/७९ मा सदस्यहरुको आर्थिक विकासमा योगदान पु¥याउने उद्देश्यले सीपमूलक तालिम कार्यक्रम सहित सहुलियत दरमा सुलभ र सहज कर्जा उपलब्ध गराउन विभिन्न कर्जा कार्यक्रमहरु लागु गरिने छ ।


५) लगानी
राष्टिूय सहकारी बैकं, नेप्सकुन, जिल्ला सहकारी संघ, जिल्ला बचत तथा ऋण सहकारी संघ लगायत विभिन्न संस्थाहरुमा गरि यस आ.व.सम्ममा जम्मा रु १,९०,५०० लगानी रहेकोमा यस आ.व.मा विभिन्न बैक तथा संघहरुमा रु ५,०९,५०० लगानी बृद्धि गरि जम्मा लगानी रु ७,००,००० पुर्याउने लक्ष्य लिएका छौ ।
६) कोष बृद्धि
कोषको विभिन्न शिर्षकहरुमा गरि आ.व. ७६/७७ मा जम्मा कोष रु ३६,४३,०४५ रहेको र यस आ.व.मा रु १५,२२,५५९ कोष बृद्धि भई जम्मा कोष रु ५१,६५,६०४ पुगेको छ र आ.व ७८÷७९ .मा रु २३,३४,३९६ वृद्धि गरी जम्मा कोष रु. ७५,००,००० पुर्याउने लक्ष्य लिएका छौ ।
७) बाह्य ऋण
सदस्यहरुलाई शुलभ दरमा उत्पादनशिल क्षेत्रमा कर्जा लगानी गरि सदस्यहरुको आर्थिक विकास एवम् संस्थाको कारोबार बृद्धि गर्नका लागि उपयुक्त संस्था चयन गरि सुलभ र सहुलियत ब्याजदरमा रु १,००,००,००० बाह्य ऋण लिने प्रस्ताव पेश गर्दछु ।
८) सम्पति
एम्बुलेन्स, विद्युतिय उपकरण, फर्निचर लगायत आवश्यक सामानहरु गरि आ.व.७६/७७ मा जम्मा सम्पति रु ८,८२,८७८ रहेको र आ.व.७७÷७८ मा सि.सि क्यामारा, विद्युतीय उपकरण लगायत रु. ७०,००० मूल्य बराबरको सम्पत्ति सामान थप भएको र यस आ.व.को अन्त्यमा नियम अनुसार ह्रासकट्टी गरि जम्मा सम्पति रु. ८,२५,२२८ पुगेको छ र कार्यालय व्यवस्थापन अन्र्तगत कम्प्युटर÷ल्यापटप, इन्र्भटर र फनिर्चरका लागि रु ४,७४,७७२ थप गरि जम्मा रु १३,००,००० पुर्याउने लक्ष्य लिएका छौ ।
९) आम्दानी/खर्च/बचत
आ.व. ७७÷७८ मा रु १,१२,१५,००० आम्दानी र रु ८०,८२,००० खर्च भई रु ३१,३३,००० बचत गर्ने लक्ष्य रहेकोमा रु ९२,६४,७०९ आम्दानी र ७०,६९,८२३ खर्च भई रु २१,९४,८८६ मात्र बचत (नाफा) प्राप्त भएको र आ.व.७८÷७९ मा जम्मा आम्दानी रु १,३०,३५,००० र जम्मा खर्च रु ९५,००,००० गरि रु ३५,३५,००० बचत (नाफा) गर्ने लक्ष्य लिएका छौ ।
१०) लाभाशं÷सरंक्षित पुजीँ फिर्ता कोष
आ.व. ७७÷७८ मां ११ प्रतिशत लाभाश वितरण गर्ने लक्ष्य लिएकोमा कोरोनाका कहर र लकडाउनका कारण उत्पन्न आर्थिक मन्दीबाट संस्थाले लिएको अपेक्षित लक्ष्य हासिल गर्न नसकिएको हुदाँ यस आ.व.मा ८ प्रतिशत मात्र लाभाशं र नियम अनुसार सरंक्षित पुजीँ फिर्ता कोषको रकम वितरण गरिने र आ.व.०७८÷७९ मा ११ प्रतिशत लाभाशं र नियम अनुसार सरंक्षित पुजीँ फिर्ता कोषको रकम वितरण गर्ने लक्ष्य लिएका छौ ।
११) मानव संसाधन
योग्य, दक्ष र तालिम प्राप्त कर्मचारीहरु संस्थाको सफलताका सुचकहरु हुन कर्मचारीहरुको कार्य क्षमताको विकासका लागि तालिम प्रदान, तालिम कार्यक्रम र उत्कृष्ट सहकारीहरुको भ्रमणमा सहभागीता गराउने र समय सापेक्ष सेवा सुविधामा बृद्धि गरिदै लगिने छ । कर्मचारीहरुलाई उच्च मनोबलका साथ काममा अभिप्रेरित गर्नका लागि कर्मचारीको दुर्घटना र कोरोना बिमाको व्यवस्था गरिएको छ साथै कर्मचारीहरुलाई हौसला र प्रेरणा प्रदान गर्न वार्षिक रुपमा कार्य क्षमताको आधारमा साधारण सभाको अवसरमा उत्कृष्ट कर्मचारीको रुपमा नगद सहित सम्मान गरिने छ ।
१२) एम्बुलेन्स सेवा
संस्थाले आफ्नो सामाजिक उत्तरदायित्व बहन गर्ने जिम्मेवारीलाई आत्मसाथ गर्दै संस्थाका सदस्यहरुलाई १० प्रतिशत छुट सहित सदस्य एवम् सेवाग्राहीलाई सेवा उपलब्ध गराउदै संस्थाको पहिचानको रुपमा रहेको तारापुञ्ज एम्बुलेन्स सेवाबाट आ.व.७७÷७८ मा रु १२,००,००० आम्दानी र ११,००,००० खर्च गरि रु १००००० बचत गर्र्ने लक्ष्य लिएकोमा जम्मा आम्दानी रु १२,४०,०३६ र जम्मा खर्च रु १२,१७,८८८ गरि जम्मा बचत रु २२,१४८ गर्न सफल भएको छ र आ.व.०७८÷७९ मा एम्बुलेन्स सेवाबाट जम्मा आम्दानी रु १३,५०,००० र जम्मा खर्च रु १२,५०,००० गरि रु १,००,००० बचत गर्ने लक्ष्य लिएका छौ । २०६८ सालबाट संचालनमा आएको एम्बुलेन्स सेवाको गाडी पुरानो भई मर्मत सम्भारमा खर्च अत्याधिक गर्नुपर्ने, घरघरमा र गाउँगाउमा सवारी साधनको उपलब्धता, नजिकै शहरहरुमा ठुला अस्पतालहरुको उपलब्धताको कारण एम्बुलेन्स सेवाको प्रभावकारी संचालन हुन नसकेको कारण अपेक्षित लक्ष्य पुरा गर्न नसकिएको कुरा यस सम्मानित सभा समक्ष जानकारी गराउन चाहान्छु ।
१३) रेमिटान्स सेवा
संस्थाबाट संचालनमा रहेको तारापुञ्ज रेमिटान्स सेवाबाट आ.व ७७÷७८.मा जम्मा आम्दानी रु २०००० गर्ने लक्ष्य लिएकोमा रु ३९५० मात्र आम्दानी हुन सकेको र आ.व. ०७८÷७९ मा रु २०००० आम्दानी गर्ने लक्ष्य लिएका छौ । गाउँ गाउँमा रेमिटान्स सेवा, हातहातमा मोबाईल बैकिङ, ई–सेवा, आई.एम.ई.पे जस्ता बैकिङ सेवाहरुको कारण संस्थाबाट रेमिटान्स सेवा प्रभावकारी रुपमा संचालन हुन नसकेको कुरा यस सम्मानित सभा समक्ष जानकारी गराउन चाहान्छु ।
१४) विधान संसोधन
सहकारी ऐन २०७४ र सहकारी निर्देशिका २०७५ लागु भईसकेको हुदाँ सो ऐन र निर्देशिकासँग बाजिएका, थपघट गर्नुपर्ने, सच्याउनु पर्ने आवश्यक बुदाँहरुलाई नियम अनुसार संसोधन र थपघट गर्न साथै संस्थाको कार्यक्षेत्र साविक दुहागढी, धाईजन, ज्यामिरगढी, अनारमनी र बुधबारे गा.वि.सहरु रहेकोमा कार्यक्षेत्र संशोधन गरी एउटै मात्र पालिका मेचीनगर नगरपालिका कायम गर्ने व्यवस्था सहित संस्थाको विधान २०६४ लाई आवश्यक संसोधनका लागि यस सम्मानित सभा समक्ष प्रस्ताव गर्दछुु ।
१५) सदस्य राहत कोष
संस्थामा आवद्ध सदस्यहरुलाई सेवा र सुविधा प्रदान गर्नका निमित्त राहत कोषको व्यवस्था गरिएको छ । य आ.व.७७÷७८ मा अन्त्येष्टी संस्कार, विरामी सुविधा, प्राकृतिक विपत्ति बापत सदस्यहरुलाई रु. १,३७,५०० बराबरको सुविधाहरु प्रदान गरिएको छ । आर्थिक वर्ष ७७÷७८ मा संस्थाले आर्जन गरेको बचत÷नाफाबाट रु २,००,००० यस कोषमा जम्मा गरी हाल यस कोषमा १०,२६,८९२ रकम रहेको छ । यस कोषलाई अझ वृद्धि गरी प्रभावकारी रुपमा सदस्यहरुलाई सेवा र सुविधा प्रदान गर्दै लैजाने कार्यक्रम सम्मानित सभा मार्फत पेश गर्दछु ।
१६) सदस्य राहत सुविधा
सदस्य सुविधा अन्र्तगत निम्न सुविधाहरु प्रदान गरिने छ ।
–सर्पदंश उपचार सुविधा
–महिला सदस्यहरुका लागि सुत्केरी पोषण कार्यक्रम
–सदस्य वा सदस्यका छोराछोरीहरु मध्येबाट क्भ्भ् परिक्षामा उत्कृष्ट अकं ल्याउने छात्र छात्रा गरि दुई जनालाई साधारण सभाको अवसरमा रु ५१०० नगद सहित सम्मान
–सदस्यहरुको बिमा सुविधा
–सदस्यहरुको उपचार सुविधा
–सदस्यको पारिवारिक मृत्यु अन्येष्टि खर्च
–दैवि प्रकोप राहत सुविधा
–जेष्ठ नागरिक सम्मान कार्यक्रम
–उत्कृष्ट बाल बचत सम्मान
–उत्कृष्ट बचतकर्ता सम्मान
–उत्कृष्ट ऋणी सम्मान
–उत्कृष्ट उद्यमशिल सम्मान
–संस्थापक सदस्य सम्मान
–साधारण सभाको अवसरमा विशिष्ट विधाका दुई व्यक्तित्वहरुलाई रु ५५०० नगद सहित सम्मान
आदरणीय सदस्यज्यूहरु आ.व. ७७÷७८ मा संस्थाबाट सम्पन्न भएका महत्वपूर्ण गतिविधिहरु यस सम्मानित सभामा पेश गर्न चाहान्छु ।
१) सदस्य विस्तार
२) जिल्ला सहकारी संघ, नेप्सकुन, राष्टिूय सहकारी बैक, जिल्ला बचत सहकारी संघ लगायतका संस्थाहरुबाट आयोजना भएका गोष्ठि, सेमिनार एवम् तालिम कार्यक्रमहरुमा सहभागिता
३) एम्बुलेन्स सेवाको निरन्तरता
४) कोरोना राहतको कार्यक्रममा सहभागिता
५) कोरोना सजकताको लागि मेचीनगर नगरपालिका मार्फत एम्बुलेन्स सेवा प्रदान
६) स्थानिय संघ संस्थाबाट भएका सामाजिक कार्यक्रममा सहभागिता
संस्थाले आर्थिक वर्ष २०७८÷७९ मा विगतका कार्यक्रमलाई निरन्तता दिदै देहायका कार्यक्रमहरु सञ्चालन गर्ने कुरा प्रस्ताव पेश गर्न चाहान्छु ।
१) यस वर्षलाई सदस्य विस्तार वर्षको रुपमा मनाउदै सदस्य विस्तारमा जोड दिईनेछ ।
२) भिजन र मिसन सहितको संस्थाको अल्पकालिन र दिर्घकालिन रणनितिक योजना तयार गरि लागु गरिनेछ ।
३) सहकारी शिक्षा तथा तालिम कार्यक्रम
४) सामाजिक कार्यक्रमहरुको आयोजना र सहभागिता
५) स्वास्थ्य शिविर कार्यक्रम
६) रक्तदान कार्यक्रम
७) संस्थाको गतिविधि सहितको क्यालेन्डर प्रकाशन
८) सहकारी शिक्षाको लागि सहकारी भम्रण कार्यक्रम
यस संस्थाको परिकल्पनालाई सफल पार्न सहकारीको सिद्धान्त, मूल्य मान्यताको परिधिभित्र रही सदस्यहरुलाई अधिकतम सेवा सुविधाहरु प्रदान गर्न निरन्तर लागिरहने छौँ भन्ने प्रतिवद्धता पनि व्यक्त गर्न चाहान्छु । आगामी दिनमा संस्थालाई सफल बनाउन सम्पूर्ण सदस्यज्यूहरुबाट संस्थामा शेयर बृद्धि, कारोबार बृद्धि एवम् संस्थाका प्रत्येक कार्यक्रम र गतिविधिहरुमा सक्रिय सहभागी भई महत्वपूर्ण योगदान प्राप्त हुनेछ भन्ने अपेक्षा लिएको छु । संस्थालाई सफल बनाउन महत्वपूर्ण भुमिका प्रदान गर्नुहुने सम्पूर्ण सदस्यज्यूहरु प्रति हार्दिक आभार प्रकट गर्न चाहान्छु ।
अन्त्यमा, संस्थामा विशिष्ट योगदान प्रदान गर्नुहुने ंस्थापना कालका अध्यक्ष एवम् सदस्यज्यूहरु, पूर्व अध्यक्षज्यूहरु, सञ्चालक समिति, उप(समितिहरु, कर्मचारी मित्रहरु प्रति आभार व्यक्त गर्न चाहान्छु । संस्था संचालनको क्रममा जिल्ला बचत तथा ऋण सहकारी संघ, जिल्ला सहकारी संघ, सहकारी विभाग, नेपाल बचत तथा ऋण सहकारी केन्द्रीय संघले दिएको उत्साह, हौसला र सहयोग प्रति एवम् सहयात्री सहयोगी संस्थाहरु सबैमा हार्दिक आभार तथा धन्यवाद ज्ञापन गर्न चाहान्छु ।
आगामी दिनमा संस्थाको संस्थागत विकासका लागी सम्पूर्ण क्षेत्रबाट अझ बढी सहयोग र सद्भाव प्राप्त हुनेछ भन्ने कुरामा विश्वस्त हुंदै सक्रिय र एकताबद्ध रुपमा हातेमालो गरि अगाडि बढ्नका लागि सम्पूर्ण सदस्यज्यूहरुमा अनुरोध गर्दै संस्थाको १४ औँ वार्षिक साधारण सभा सफलताको लागि प्रत्यक्ष अप्रत्यक्ष सहयोग प्रदान गनुहुने सम्पूर्णमा हार्दिक आभार एवम् धन्यवाद ज्ञापन गर्दै आफ्नो अध्यक्षीय प्रतिवेदन अन्त्य गर्दछु ।
(सस्थाको १४ औ वार्षिक साधारण सभामा प्रस्तुत गरिएको अध्यक्षको प्रतिवेदन)