काँकरभिट्टामा ‘अन्तर्राष्ट्रिय लेवल’को आइडेन बुटिक होटल

काँकरभिट्टा । नेपालको पूर्वी प्रवेशद्वार काँकरभिट्टामा सुविधा सम्पन्न होटल थपिएको छ । पारिवारिक वातावरणमा आइडेन बुटिक होटल एन्ड ब्यांक्वेट सञ्चालनमा आइसकेको छ ।

मेचीनगर–१० काँकरभिट्टास्थित महेन्द्रद्वार सहकारी संस्थाको कार्यालय छेउमै उक्त होटल सञ्चालनमा छ । स्वदेशी तथा विदेशी पाहुनालाई लक्षित गरेर होटल सञ्चालनमा ल्याइएको सञ्चालक रीती शर्माले बताइन् ।


‘अहिलेसम्म ४ करोड रुपैयाँ लगानी भइसकेको छ, अझै निर्माणको काम भइरहेको छ,’ उनले भनिन्– ‘स्थानीय क्षेत्रको प्रचार–प्रसारको लागि यो बुटिक होटल तथा ब्यांक्वेट सञ्चालन गरिएको हो ।’

आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी स्वीमिङ पुल निर्माणको काम पनि भइरहेको छ । २० बर्षका लागि जग्गा लिजमा लिएर होटल सञ्चालन गरिएको हो । बाहिर सामान्य देखिने सो होटलको भित्र भने अन्तर्राष्ट्रिय लेवलको सञ्जावट छ । लाइभ म्युजिकमा रमाउँदै होटलमा मज्जा लिन सकिन्छ ।

सञ्चालक रीती शर्मा
झापा। रतुवामा जस्तै झापाको निन्दा , बिरिङ र...
मेचीनगर । मेचीनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवास...
धुलाबारी । नेपाल विद्युत प्राधिकरण धुलाबारी वितरण केन्द्रका कर्मचारीमाथि...
मेचीनगर । मेचीनगर मेचीनगर–३ निवासी रिदम दनुवार लामो...
काकडभिट्टा । सीमा सहजीकरण तथा सीमावर्ती क्षेत्रमा हुन...
मेचीनगर । झापाको मेचीनगरमा सञ्चालित पाँचतारे होटल मेची...
झापा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल...
