काँकरभिट्टामा ‘अन्तर्राष्ट्रिय लेवल’को आइडेन बुटिक होटल

काँकरभिट्टा । नेपालको पूर्वी प्रवेशद्वार काँकरभिट्टामा सुविधा सम्पन्न होटल थपिएको छ । पारिवारिक वातावरणमा आइडेन बुटिक होटल एन्ड ब्यांक्वेट सञ्चालनमा आइसकेको छ ।
मेचीनगर–१० काँकरभिट्टास्थित महेन्द्रद्वार सहकारी संस्थाको कार्यालय छेउमै उक्त होटल सञ्चालनमा छ । स्वदेशी तथा विदेशी पाहुनालाई लक्षित गरेर होटल सञ्चालनमा ल्याइएको सञ्चालक रीती शर्माले बताइन् ।
‘अहिलेसम्म ४ करोड रुपैयाँ लगानी भइसकेको छ, अझै निर्माणको काम भइरहेको छ,’ उनले भनिन्– ‘स्थानीय क्षेत्रको प्रचार–प्रसारको लागि यो बुटिक होटल तथा ब्यांक्वेट सञ्चालन गरिएको हो ।’
आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी स्वीमिङ पुल निर्माणको काम पनि भइरहेको छ । २० बर्षका लागि जग्गा लिजमा लिएर होटल सञ्चालन गरिएको हो । बाहिर सामान्य देखिने सो होटलको भित्र भने अन्तर्राष्ट्रिय लेवलको सञ्जावट छ । लाइभ म्युजिकमा रमाउँदै होटलमा मज्जा लिन सकिन्छ ।

सञ्चालक रीती शर्मा

मेचीनगर । झापाको मेचीनगर नगरपालिका र सुनसरीको इटहरी...

मेचीनगर । स्थानीय क्षेत्रको पहिचानलाई प्रर्वद्धन गर्ने उद्देश्यले...

मेचीनगर । मेचीनगर नगरपालिका भित्रका विद्यालयमा मंगलबार र...

झापा । झापाको काँकरभिट्टास्थित मेची भन्सार नाकामा आज स्थानीय...

मेचीनगर । कोशी प्रदेश सभा सदस्य गोपाल विश्वकर्माले...

धुलाबारी । नेपाल पूर्व प्रहरी संगठन मेचीनगर अध्यक्षमा...