महेन्द्रद्वार सहकारीको साधारणसभामा दर्जनौ सम्मानित
काँकरभिट्टा । महेन्द्रद्वार सहकारी सस्थाको ३२ औँ वर्षिक साधारण सभा बुधबार सम्पन्न भएको छ । सहकारी संस्थाको परिषरमा आयोजित कार्यक्रको उद्घाटन प्रदेश प्रमुख पर्शुराम खापुङले गरेका थिए ।
उद्घाटन कार्यक्रममा प्रदेश प्रमुख खापुङले सहकारीले देशको अर्थतन्त्र उकास्न टेवा पुर्याउने बताए । ‘कोरोना महामारीले हाम्रो मुलुकको पनि अर्थतन्त्र नराम्ररी प्रभावित बन्न पुगेको छ,’ उनले भने, ‘गरिबीले सताएको छ । आयस्रोतका बाटाहरु खुम्चिएका छन् । रोगजारीका अवसर गुमेका छन् । त्यसैले यो बेला सहकारीले सकारात्मक भूमिका खेल्न सक्यो भने समग्र देशको अर्थतन्त्र चलायमान बन्न सक्छ ।’
प्रदेश प्रमुख खापुङले अब सहकारीहरुले शिक्षा, स्वास्थ्य र पर्यटन क्षेत्रलाई महत्वपूर्ण एजेण्डा बनाएर सोही अनुरुप कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए । ‘सहकारीहरुले बचत तथा ऋणको मात्रै कारोबार गर्ने होइन,’ उनले भने, ‘उत्पादनमुखी क्षेत्रमा लगानी गरेर रोजगारीका अवसर सिर्जना गर्नेतर्फ लाग्नुपर्छ ।’
सरकार र निजी क्षेत्रको सहकार्यमा लगानी गरेर बढ्दो बेरोजगारी घटाउन सकिने उनको तर्क छ । प्रदेश प्रमुख खापुङले बेरोजगारी अन्त्य गर्न सहकारी संस्थाहरुले रोजगारीका अवसर खोज्नुपर्ने बताए । महेन्द्रद्वार सहकारीको ३२ वर्षे लामो अनुभवको सुन्दा उत्साहित भएको भन्दै उनले तपाईंहरुको मेहनतले देशको आयस्रोत बढाउन योगदान पुर्याएको विश्वास व्यक्त गरे । ‘महेन्द्रद्वार सहकारी लामो इतिहास बोकेको सहकारी रहेछ,’ उनले भने, ‘अरु सहकारीका लागि पनि यहाँको अनुभव महत्वपूर्ण हुनेछ भन्ने विश्वास लिएको छु ।’

संस्थाको अध्यक्ष राजकुमार दाहालको सभापतित्व रहेको कार्यक्रममा अध्यक्ष दाहालले समितिको तर्फबाट अध्यक्षको प्रतिवेदन प्रस्तुत गरेका थिए । आर्थिक वर्ष २०७६/०७७ मा संस्थाको शेयर पूँजी ७८ लाख ३७ हजार २ सय ७९ रुपैयाँ भए पनि गत आर्थिक वर्ष २०७७/०७८ मा १ लाख ७ हजार २ सय ६० रुपैयाँ शेयर पूँजी बृद्घि भएर ७९ लाख ४५ हजार ५ सय ३९ रुपैयाँ पुगेको अध्यक्ष दाहालले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख छ ।
कार्यक्रमा संस्थाका पूर्व अध्यक्ष कृष्ण प्रसाद उप्रेती,निलकण्ठ तिवारी, सनद कुमार अघिकारीलगायत ३६ जना पूर्व अध्यक्ष, पूर्व कार्य समिति सदस्यहरु, सल्लाहकारसहित विभिन्न जिम्मेवारीमा रहेका ब्याक्तिहरुलाई सम्मान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि १ नम्बर प्रदेश प्रमुख खापुङ्ग संस्थाका अध्यक्ष राजकुमार दाहाललगायतले दोसल्ला र सम्मान त्रप प्रदान गरेर सम्मान गरिएको थियो । लेखा सुपरिवेक्षण समितिका संयोजक गिरीराज धमलाले लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गरे ।

सो अवसरमा नेपाली काँग्रेस मेचीनगर सचिव मुकेश लिम्बु, नेकपा माओवादी केन्द्रका मेचीनगर सचिव ज्ञानेन्द्रकुमार घिमिरे, जनता समाजवादी पार्टी नेपालका मेचीनगर अध्यक्ष ओमप्रकाश खापुङ्ग, नेकपा एमाले मेचीनगर अध्यक्ष राजु पोखरेल, पूर्व अध्यक्ष तथा सम्मानितहरुकोतर्फबाट निलकण्ठ तिवारीलगयातले बोलेका थिए । उपाध्यक्ष युद्घराज ओलीले स्वागत गरेको कार्यक्रमको सञ्चालन सदस्य कुन्दन निरौलाले गरेका थिए ।
मेचीनगर । मेचीनगर–९ स्थित मागुरमाडी सामुदायिक वन उपभोक्ता...
मेचीनगर । झापाको मेचीनगर नगरपालिका–१४ दुवागढीमा शुक्रबार बिहान...
झापा । झापाको मेचीनगर–१० धुलाबारीस्थित एक स्थानीय होटलमा...
धुलाबारी । नेपाल विद्युत प्राधिकरण धुलाबारी वितरण केन्द्रले...
धाइजन । लायन्स क्लब अफ धाइजन–चारआलिको आठौं साधारणसभा...
मेचीनगर । मेचीनगर नगरपालिकाले विद्यालय, शिक्षक/कर्मचारी तथा विद्यार्थी...

