दुर्गा सप्तसति पाठमा दाता सम्मानित
मेचीनगर । सनातन धर्म सेवा समिति मेचीनगर–९ ले धार्मिक कार्यमा सहयोग गर्दै आएका दानवीरहरुलाई सम्मान गरेको छ ।
समितिले महाअष्टमी पर्वको सन्दर्भ पारेर दाता दुई दम्पत्तिहरु देवराज र रेजिना पौडेल, युवराज र निरकुमारी पौडेल तथा लक्ष्मीप्रसाद उप्रेतीलाई सम्मान गरेको हो ।
समितिका सचिव हेमेन्द्र निरौलाका अनुसार दुर्गा सप्तसति पाठको अवसर पारेर बुधबार दाताहरुलाई पण्डित घनश्याम खतिवडाले सम्मान गरेका हुन् । दाताहरुबाट भएको पुण्यकर्मको प्रशंसासहित धन्यवाद प्रकट गर्दै पण्डित खतिवडाले टीका पहिर्याएर र दोसल्ला ओढाएर मेचीनगर ९ का ५ जना दातालाई सम्मान गरेका थिए ।
समितिलाई विभिन्न समयमा प्लाष्टिकका कुर्सी र आर्थिक रुपमा सहयोग पुर्याउँदै आएका उनीहरुलाई सम्मान गरिएको बताइएको छ ।
यसअघि घटस्थापनाका दिन दाताहरु गोकुल चापागाईं र देवीप्रसाद चापागाईंलाई सम्मान गरिएको थियो । उनीहरुले समितिको धार्मिक कार्यक्रममा सघाउ पुर्याउन १ थान हार्मोनियम प्रदान गरेका थिए ।
समितिको सत्संग हलमा घटस्थापनादेखि सुरु भएको दुर्गा सप्तसति पाठ अन्तर्गत महाअष्टमी पर्वका दिन आयोजित कार्यक्रममा पण्डित खतिवडा, समितिका सचिव निरौला र सम्मानिततर्फ उप्रेतीले बोलेका थिए ।
‘दाताहरुबाट विगतदेखि नै नगद तथा जिन्सी सामग्री जुट्दै आएको छ’ समितिका सचिव निरौलाले भने–‘उहाँहरुको सत्कर्मको उच्च मूल्यांकन गर्दै समितिले सम्मान कार्यक्रम गर्दै आएको छ ।’
धार्मिक तथा सामाजिक कार्यमा अग्रसर हुँदै आएका समाजसेवी उप्रेतीले भावी दिनमा पनि गच्छे अनुसारको सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता जनाए ।
त्यसक्रममा समितिका अध्यक्ष निधिराम पौडेल, सदस्यहरु गंगादेवी रोक्का, यादव पौडेललगायत ५० जनाभन्दा बढीको सहभागिता थियो ।
समितिको सत्संग हलसँगै रहेको नर्वदेश्वर शिवालयमा नवदुर्गा माताको पूजा आराधना हुँदै आएको छ ।
२०४१ सालदेखि वर्षेनी दुर्गा सप्तसति पाठ लगाउँदै आएको समितिले देवी भागवत् पुराण लगाएर धार्मिक कार्य सुरु गरेको थियो ।
काँकरभिट्टा । काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले...
मेचीनगर । काँकरभिट्टा बहुमुखी क्याम्पस सञ्चालक समितिको अध्यक्षमा...
मेचीनगर । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले ०८४...
काठमाडौं । नेपाल क्लाइम्बिङ स्पोर्टस् एशोसिएसन अन्तर्गत बागमती...
मेचीनगर । नेपाल मानव धर्म सेवा समितिले मेचीनगर-२...
झापा । झापाको भद्रपुरस्थित चन्द्रगढी विमानस्थलले आठ करोड...