एकताको वार्षिकोत्सवमा साँस्कृतिक कार्यक्रम
धुलाबारी । एकता युवा क्लब मेचीनगरले आफ्नो दोस्रो वार्षिकोत्सव सोमबार दशैँ विशेष साँस्कृतिक कार्यक्रम आयोजना गरी मनाएको छ ।
‘युवाको एकता, आजको आवश्यकता’ भन्ने मूल नारासहित स्थापित उक्त क्लबले प्रदेश सांसद गोपाल बुढाथोकीको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न गरेको हो ।

मेचीनगर नगरपालिका उपप्रमुख मीना उप्रेतीको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा प्रमुख अतिथि सांसद बुढाथोकी, मेची उद्योग वाणिज्य संघका कार्यकारी निर्देशक गोपाल बस्नेत, लायन्स क्लब अफ मेचीनगरका सचिव नवराज प्रधान, आयोजक क्लबका संस्थापक अध्यक्ष अर्जुन राजवंशी, युवा व्यक्तित्व राजु धिमाल, सञ्चारकर्मी प्रकाश पौडेललगायतले शुभकामना मन्तव्य राखेका थिए

सो अवसरमा लायन्स क्लब अफ मेचीनगरका प्रथम उपाध्यक्ष मोहन मैनाली, युवा व्यक्तित्व कृष्ण श्रेष्ठ, परिवर्तन थिएटरकी सचिव विमला चिमरिया, धुलाबारी जुनियर जेसीजका अध्यक्ष शैलेस गौतमलगायतको आतिथ्यता थियो ।

त्यसक्रममा रस्मिता चिमरियालगायतको समूहले स्वागत नृत्य, अर्जुन कार्कीले गीत र इश्वर रिजालले हाँस्यव्यंग्य प्रस्तुत गरेका थिए ।

क्लबका अध्यक्ष सन्तोष धमलाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा स्वागत उपाध्यक्ष आशिष पौडेल र सञ्चालन सचिव मञ्जु चिमरियाले गरेकी थिइन् ।
मेचीनगर । मेचीनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवास...
धुलाबारी । नेपाल विद्युत प्राधिकरण धुलाबारी वितरण केन्द्रका कर्मचारीमाथि...
मेचीनगर । मेचीनगर मेचीनगर–३ निवासी रिदम दनुवार लामो...
काकडभिट्टा । सीमा सहजीकरण तथा सीमावर्ती क्षेत्रमा हुन...
मेचीनगर । झापाको मेचीनगरमा सञ्चालित पाँचतारे होटल मेची...
झापा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल...
मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रमलाई लिएर...
