पूर्व प्रहरीको शुभकामना आदानप्रदान
धुलाबारी । नेपाल पूर्व प्रहरी संगठन मेचीनगर समितिले विजया दशमीको सन्दर्भ पारेर शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ ।
इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रमुख डिएसपी सुनिल दाहालको प्रमुख आतिथ्यतामा शनिबार सो कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा प्रमुख अतिथि दाहाल, विशिष्ट अतिथि मेचीनगर १० का वडा अध्यक्ष एवं नेपाली काँग्रेसका नगर सभापति सुदय पनेरु, संगठनका जिल्ला अध्यक्ष खेम कार्की, निवर्तमान अध्यक्ष प्रेम लामालगायतले शुभकामना व्यक्त गरेका थिए ।

मेची उद्योग वाणिज्य संघमा आयोजित कार्यक्रममा पूर्व प्रहरी परिवारका सदस्य एवं युवा गायक जमीर अलीले गीत तथा बाल नृत्यकार शिवन्या उप्रेती र सोनाम श्रेष्ठले नृत्य प्रस्तुत गरेका थिए । त्यसक्रममा सहभागी पूर्व प्रहरी तथा परिवारका सदस्यहरुले सामूहिक नृत्य प्रस्तुत गरेका थिए ।
कार्यक्रममा नगर संगठनको हरेक गतिविधिमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै पूर्व प्रहरी कृष्ण तामाङकी श्रीमति बिना निरौला तामाङलाई सम्मान गरिएको थियो ।
संगठनका नगर अध्यक्ष अमिन अली शेखको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत नगर उपाध्यक्ष भूपेन्द्र गिरी र सञ्चालन नगर सचिव लक्ष्मीप्रसाद उप्रेतीले गरेका थिए ।
आदर्श माविले जित्यो भलिबल प्रतियोगिता काँकरभिट्टा । काँकरभिट्टामा सम्पन्न...
मेचीनगर । झापामा दुई ठुला राष्ट्रिय गौरवका आयोजनाहरु...
मेचीनगर । मेचीनगर नगरपालिकाका नगर प्रहरी सहायक निरीक्षक...
मेचीनगर । झापा मेचीनगर-१० को महालक्ष्मी कृषि सहकारी...
धुलाबारी (झापा) । गृहलक्ष्मी बचत तथा ऋण सहकारी...
काँकरभिट्टा । मितेरीले विरामीलाई काठमाडौंसम्म सुतेर जान मिल्ने...

