नागरिक उड्डयन प्राधिकरणमा ताण्डव मच्चाएका प्रदिप अधिकारीको रोईलो शुरु


नागरिक उड्डयन प्राधिकरणको कर्मचारीहरुका सेवाका शर्त तथा सुविधा सम्बन्धी नियमावली, २०५६ को नियम ३\२ लाई मिचेर खुला प्रतियोगिताबाट पदपूर्ति गर्न नमिल्ने (शत प्रतिशत बढुवाको माध्यामबाट पदपूर्ति गर्नु पर्ने) मिश्रित सेवा समूह भएको एरोड्रोम सेफ्टी एण्ड स्ट्याण्डर्ड विभागको ११ औं तहको पदलाई तत्कालिन महिनर्देशक संजिव गौतमलाइ प्रलोभनमा पारि खुला प्रतियोगिताको नाटक मंचन गरि ४ वर्ष अगाडी ८ तहबाट फड्को मारी प्राधिकरणको एरोड्रोम सेफ्टी एण्ड स्ट्याण्डर्ड विभागको निर्देशक पद हत्याएका प्रदिप अधिकारीको अनलाइन संचार माध्याममा रोईलो शुरु भएको छ।

खुलम खुल्ला धाँदली मार्फत् निर्देशक पद हत्याए लगत्तै तत्कालिन राजनैतिक शक्तिको आडमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल तथा प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थलका महत्वपुर्ण तीन वटै आयोजनाहरू आफ्नो कब्जामा लिएका अधिकारिले तत्कालिन पर्यटन मन्त्री रविन्द्र अधिकारी सवार हेलिकप्टर दुर्घटनामा परी एरोड्रम ईञ्जिनियरिङ विभागको निर्देशकको निधन लगत्तै ७ दिन भित्र सो विभाग समेत आफ्नो नियन्त्रणमा लिएका थिए। हालसम्म उनी राष्ट्रिय गौरवका आयोजना तथा एरोड्रम ईञ्जिनियरिङ विभागको प्रमुखको रुपमा दोहोरो जिम्मेवारी मै थिए।

ती आयोजना र विभागहरुको निर्माण, परामर्श तथा जग्गा अधिग्रहणमा खुलेयाम अनियमितता गरी अधिकारीले छोटो समयमै अकुत सम्पति आर्जन गरिसकेका छन्। कतिपय परामर्शदाता कम्पनी र निर्माण कम्पनीमा समेत उनको साझेदारी रहेको छ । आफुले चाहेको कम्पनीलाई ठेक्का नपरे सम्म उनि ठेक्का रद्द गर्ने र पुनस् सुचना निकाल्ने गरि रहन्थे। गौतम बुद्द अन्तरास्ट्रिय बिमानस्थल र दोस्रो अन्तर्राष्त्रिय विमानस्थलको परामर्शदाता छनौट गर्दा राम्रा परामर्शदातालाई पाखा लगाएर आफु निकट परामर्शदाता छनौट गरेका थिए। यसरी आर्जन गरेको अकुत सम्पत्ति उनले जग्गामा लगाएका बुझिएको छ। सेवामा प्रवेश गरेको छोटो अवधिमै ललितपुरमा २ ओटा आलिशान घरहरु, प्रशस्त जग्गा जमिन, विलासी महँगो सवारी साधन जोडेका छन्। घरमा उनले हेर्ने टेलिभिजनको मूल्य नै बीस लाख हाराहारीको छ। यिनै विषयमा निज विरुद्ध अख्तियारमा परेको कैयौं उजुरीहरू समेत राजनैतिक पहुँचको आधारमा तामेलीमा पर्दै आएको छ ।

त्यसरी आर्जन गरेको अकुत सम्पत्ति प्रयोग गरि हाल निज अधिकारी आफू भन्दा माथिका ३ जना १२ तहका अधिकृत तथा आफूभन्दा सिनियर ११ तहका ७ जना निर्देशकहरुलाई पछि पार्दै पैसाको आडमा प्राधिकरणको महानिर्देशक बन्ने दाउमा थिए। अकुत सम्पत्ति जोगाउनको लागि प्राधिकरणबाट बहिर्गमन हुन चाहेका अधिकारीले अहिले नै जागिर छोड्दा शंकाको घेरामा पर्ने डरले साम दाम दण्ड भेद प्रयोग गरि ११ तह बाटै केहि समय भए पनि महानिर्देशक बन्न पाएमा सेफ एक्जिट भइने र हालसम्म कमाएको धन सम्पत्ति राजनैतिक पहुँचको बलमा जोगाउन सकिने उनको दिवा सपना रहेको उनि निकटस्थहरुले बताएका छन।

३\४ बर्ष अगाडी पनि प्रदिप अधिकारीले आफ्ना समकक्षि हरि अधिकारिलाई उपमहानिर्देशक कै कार्यकक्षमा घाँटी समातेर मुक्का प्रहार गरेका थिए। त्यस बिरुद्द प्रहरीमा उजुरी दिएका हरिलाई खुट्टा समातेर माफी मागेपछि हरिले उजुरी फिर्ता लिएका थिए।

सरुवा बढुवामा समेत निज अधिकारीले धेरै कर्मचारीलाई दुख दिदै आएका छन्। आफु संग सम्बन्धित कार्यक्षेत्र भन्दा अरु अरु निर्देशनालय र बिभागमा समेत निजको कुदृष्टि परेकोले सम्पुर्ण कर्मचारीहरु चिन्तित तथा आतंकित छन्। प्राधिकरणका समस्त कर्मचारीहरुले यिनको आतंकबाट यथाशीघ्र मुक्ति चाहेका छन्।

तर हालको राजनैतिक नेतृत्व तथा प्राशानिक नेतृत्वले निजको सबै कर्तुत बुझिसके पश्चात निजको प्राधिकरणमा महानिर्देशक बन्ने ढोका बन्द भएकोलेअनलाइन संचार माध्याममा उनको रोईलो शुरु भएको हो। विभिन्न आन्तरिक बिमानस्थलहरुमा प्रमुखको जिम्मेवारीमा रहदा धेरै सुधारका कार्यहरु गरेर नेपाल सरकारबाट बिभुषित समेत भएका र हाल त्रिभुवन अन्तर्राष्त्रिय बिमानस्थलमा महाप्रबन्धकको जिम्मेवारी सम्हाली रहेका प्रताप बाबु तिवारी महानिर्देशक बन्ने आंकलन भएपछि निजको रोइलो शुरु भएको हो।

प्रताप बाबु तिवारीलाई १२ तहमा बढुवा हुन नदिन निज अधिकारीले धेरै प्रयास गरेका थिए र निजको कारण तिवारीको बढुवा २ बर्ष सम्म रोकिएको थियो। आफुले दुस्ख दिएको फल भोग्न पर्ला भनेर त्राहिमाम भएका अधिकारीले प्रताप बाबु तिवारी विरुद्धअनलाइन संचार माध्याममाअफवाह फैलाएका छन्। अख्तियारमा समेत झुटा उजुरी हाल्न लगाई प्राधिकरणका प्रबल एवं पूर्णकालिन भाबी नेतृत्व लिनको उपयुक्त व्यक्तिको चरित्र हत्या गर्ने प्रयास गरेका छन्। यसको लागि निज अधिकारिले उनि मातहतका बिस्वासपात्र चाँदमाला श्रेष्ठलाई प्रयोग गरेका छन्। यस्तो प्रोपोगान्डाको लागि चाँदमाला श्रेष्ठ प्रयोग हुँदै आएकी छिन।

को हुन् चाँदमाला श्रेष्ठ

चादमाला श्रेष्ठ प्रधिकरणमा ९ तहमा कार्यरत एक प्राविधिक कर्मचारि छन् । उनि प्रदिप अधिकारिको निर्देशन बमोजिम परिचालित हुने पात्र हुन । निज अधिकारिकोनिगाहमा उनि रास्ट्रीय गौरबका आयोजनाको कोअर्डिनेटर बनेकी छिन्।

करिब १ महिना अघि प्राधिकरणमा भएको कर्मचारी आन्दोलनमा उपनिर्देशक श्यामकिशोर शाहले प्रदिप अधिकारीको कर्तुत खोलि दिँंदा शाह बिरुद्द चाँदमाला श्रेष्ठ सबैभन्दा धेरै सक्रिय भएकी थिईन्। उनीहरुले पोखरा, भैरहवादेखिको आयोजनाबाट आफू निकटका कर्मचारीहरुलाई रातारात काजमा काठमाडौं झिकाएर उनीहरुले शाह विरुद्ध शक्ति प्रदर्शन गरेका थिए । एक व्यक्ति विरुद्ध प्रदर्शन गर्नका लागि राज्यको स्रोत दुरुपयोग गरेर बाहिर जिल्लाबाट कर्मचारी झिकाउने घटनाले आम कर्मचारी आतंकित बनेका छन् ।

शाहले गल्ति बिनै माफी मागी दिंदा समेत उनीहरुले आन्दोलनरत कर्मचारीहरुको सामुन्ने शाहलाई तथानाम फोहोरी शब्दहरु बोल्दै ज्यानै सक्काइदिने धम्की तथा मानसिक तनाब दिएका थिए। नेपाल एअर ट्राफिक एसोसिसनका अध्यक्षमा निर्बाचित भएका बर्तमान अध्यक्ष शाहलाई अध्यक्ष पदबाट तत्काल राजिनामा दिन वा तुरुन्त हटाउनको लागि प्रदिप अधिकारि र चाँदमालाश्रेष्ठ ले नेपाल एअर ट्राफिक एसोसिसनका पदाधिकारीहरुलाई धम्कि दिएका थिए।

अधिकारीको राजनैतिक र अकुत सम्पत्तिको धाक धम्कीले त्रसित बनेका उनीहरु पछि अधिकारि महानिर्देशक बनिहालेमा खोजिखोजि दुख दिन सक्ने कुराले निकै भयभित भएका थिए। प्रदिप अधिकारिर चाँदमाला श्रेष्ठ ले नेपाल एअर ट्राफिक एसोसिसनका अध्यक्ष श्याम किशोरलाई प्रयोग गरेको अपशब्दहरुको भ्वाइस रेकर्ड समेत रहेको र आबश्यक परेमा सो रेकर्ड पनि उपलब्ध गराउन सकिने आन्दोलनमा सहभागी एक कर्मचारीले हामीलाई आश्वाशन दिएका छन्। तर भविष्यमा ज्यान र जागिरमा कुनै किसिमको खतरा हुन नहुने उनको शर्त छ।

चाँदमाला श्रेष्ठ नेपाल इन्जिनियरिंग एसोसियसनको ३२सौं कार्यकारिणी समितिमा पेशागत समुहबाट निर्बाचित भएकी सह-कोषाधक्ष समेत हुन्। तर प्राधिकरण अन्तर्गतको सिभिल इन्जिनियरिंग सोसाइटी अफ क्यानको निर्बाचनमा त्यहाँका सिभिल इन्जिनियरहरुले नपत्याए पछि त्यति सानो संस्थामा पनि उनि पराजित बनेकी थिइन्। र निकै लज्जित भएकी थिइन्। मेघौली विमानस्थलमा चाँदमालाको डिजाईन बमोजिम निर्माण भएको टर्मिनल भबन देखेर प्राधिकरणका कर्मचारीहरु अहिले सम्म हाँस्छन्।

हालसालै भएको सरुवा बढुवाको बिषयमा चाँदमालाश्रेष्ठले सामाजिक संजालमा “सम्पुर्ण सरुवा पिडित सररम्याडम तथा साथीहरु, आज सुनिन आएको सरुवाको आतंक बाट किञ्चित बिचलित नहुन र धैर्य धारण सहित अवज्ञा गर्नुहुन अनुरोध गर्दछु, यो निर्णय आगामी शुक्रबार बदर हुने नै छ १” भनेर पोष्ट गरेपछि आम कर्माचारीबाट निजको निकै आलोचना भएको थियो। तर यस्ता उदण्ड तथा अनुशासनहीन कर्मचारी चाँदमालालाई स्पष्टिकरण सोध्ने तर्फ निमित्त महानिर्देशक राजकुमार क्षेत्रीले एक रत्ति ध्यान नदिंदा कर्मचारीहरु आश्चार्य चकित बनेका छन् ।

के हो सरुवा बढुवाको हल्ला

बिगत दुई बर्ष देखि प्राधिकरणको पदपूर्ति रोकिएकोमा गत २०७८-०६-०३ गते प्रकाशित भएको सुचना अनुसार ५ तह देखि ११ तह सम्मका करिब ६५ जना कर्मचारीहरु बढुवाको लागि सिफारिस भएका छन्। यसरि बढुवा हुन पाउनु कर्मचारीहरुको अधिकारको बिषय हो। केहि कर्मचारी सरुवा भएका छन्। कर्मचारीहरु सरुवा बढुवा हुनु भनेको एउटा नियमित प्रकृया हो। कर्मचारीहरुको मनोबल वृद्धि गर्ने साधन पनि हो। कुनै अनौठो बिषय होईन।

तर हाल मुरारी भण्डारीको आफ्नै दरबन्दीमा काज फिर्ता भएपछि एरोड्रम ईञ्जिनियरिङ विभाग छोड्न पर्ने भएकोले यसमा प्रदिप अधिकारीलाई असह्य भई उनले अनलाइन मेडियामा खबर छपाउने देखि महानिर्देशक बिरुद्ध अख्तियारमा उजुरी हाल्न लगाउने तथा भण्डारीको काज फिर्ता थमौती गर्नको लागि निमित्त महानिर्देशक राजकुमार क्षेत्रीलाई प्रलोभन तथा दबाब दिने सम्म गरिरहेका छन्। मुरारीभण्डारी पनि अधिकारिको पछिपछि लुरुलुरु हिडिरहेका छन्।

आफ्नो पदाधिकार रहेको विभागमा जानको लागि मुरारीभण्डारीलाई के अप्ठेरो परेको हो बुझी नसक्नु छ। जागिर अवधिको उत्तराधमा पुगिसकेमा मुरारीभण्डारी प्रदिप अधिकारिको निर्देशनमा आफ्नोकाज फिर्ता थमौतिमा लाग्नु निकै लज्जा जनक विषय बनेको छ यसले प्राधिकरणमा कार्यरत कर्मचारिहरूमा निकै नकारात्मक संदेशपनि गएको छ ।
प्राधिकारणका विभाग प्रमुखहरु नै आफ्नो दरबन्दीमा छैनन्

अधिकांश निर्देशकहरु आफ्नो दरबन्दीमा रहेका छैनन्। २ बर्ष अगाडी एरोड्रम ईञ्जिनियरिङ विभागमा बढुवा भएका मुरारी भण्डारीको स्थान हाल सम्म प्रदिप अधिकारीले नै ओगटेका छन्। मानव संशाधन विभागको निर्देशकमा ४ वर्ष पहिला बढुवा भएका बाबुराम पौडेल एरोड्रम सेफ्टी एण्ड स्ट्याण्डर्ड विभागमा काजमा छन् जुन विभागको निर्देशकको दरबन्दी प्रदिप अधिकारीको हो । मानव संशाधन विभागको जिम्मेवारी अर्कै व्यक्तिलाई दिईएको छ।

मानव संशाधन विभागमा दरबन्दीकोव्यक्तिको स्थानमा काजमा अर्कै व्यक्ति खटाइएको छ। यसरी यी तीन जना निर्देशकहरु आफ्नो पदमा नबसिदिनाले सबै विभागमा चेन इफेक्ट परेको छ ।

विभागको प्रमुखहरु भएर पनि उनीहरु हालसम्म आफ्नो दरबन्दीमा एकदिन पनि हाजिर भएका छैनन् । बिशिष्टिकृत विभागका प्रमुखहरुलाई सरुवा गर्न तथा काज खटाउन मिल्छ र रु यो प्रवृत्तिले प्राधिकरणको नियम कानुनको धज्जी उडाएको छ। यस्तो अभ्यासबाट प्रधिकरणलाई सरकारले सुम्पेको जिम्मेवारी कसरि पुरा गर्ला रु उनीहरु मातहतका कर्मचारीहरुले के शिक्षा लेलान भन्ने गम्भिर प्रश्न खडा भएको छ ।

भाबि महानिर्देशकलाई चुनौति र गर्नु पर्ने सुधारका कामहरू

चुनौति

प्राधिकरणमा बिभाग प्रमुखको पद ओगटेर आफ्नो दरबन्दीमा जान नरुचाउने प्रवृत्तिलाई निरुत्साहित गर्न जरुरी देखिन्छ। यस्तो प्रवृत्तिले गर्दा सक्षम तथा इमान्दार कर्मचारीहरुको वृत्ति विकास प्रभावित बनेको छ। उनीहरु अन्यायमा र ओझेलमा परेका छन्। विभागका प्रमुखहरुलाई आ-आफ्नो विभागमा तत्काल हाजिर गराउन आबश्यक देखिन्छ। कर्मचारी भनेको संस्थाको गहना हुन्। आम कर्मचारीहरुको मनोबल अभिवृद्धि गरि उनीहरुको साथ र सहयोग लिई संस्थालाई अगाडी बढाउन पर्ने देखिन्छ। राइट पर्सन इन राइट प्लेसको सिद्दान्तलाई ध्यान पुराउन पर्ने देखिन्छ। आफ्नो काम माखो नमारी दिनभरी महानिर्देशकको कर्यकक्षको सोफामा ढलिमली गर्ने, महानिर्देशकको निगरानी गर्ने तथा सुचना संकलन गर्ने, कर्यकक्षमा डिस्टर्ब गर्ने, गुलामी र सेट्टीङ्गमा मात्र ध्यान केन्द्रित गर्ने प्रदिप अधिकारि र त्यस्तै व्यक्तिहरुको चंगुलमा फस्न पुगेमा जो सुकै महानिर्देश बनेर आएपनि सरकारले तोकेको जिम्मेबारी पुरा गर्न असक्षम हुने प्राय निस्चित छ ।

सुधारका कामहरू

प्राधिकरणमा माहानिर्देशक पद रित्त भएके छ र पदपुर्तिको अन्तिम प्रक्रियामा छ निवर्तमान माहानिर्देशक राजन पोखरेलले प्राधिकरणमा सुधारमा कार्य अगाडी बडाएका थिए तर छोटो कार्यकालको कारण धेरै सुधारका कार्यहरू अझै गर्ने बाँकी छन् । भावि माहानिर्देशकबाट तत्काल गर्नु पर्ने सुधारका कार्यहरू यस प्रकार छन् ।

१.प्रधिकरणमा कर्मचारीहरूको दर्रबन्दी अनुसार ब्यवस्थापन गर्नु पर्ने मुलत ११ तहमा रहेकासम्पुर्ण निर्देशकहरूलाइ आ(आफ्नोदर्रबवन्दीमा तत्काल काज फिर्ता गर्नु पर्ने हुन्छ ।

२.European Union (EUको कालोसुचिबाट अभिलम्व हाटाउन ठोस सुधारका कार्य गर्नु पर्ने र क्ष्ऋब्इ ले दिएको सुझाव अनुरूप हवाइ सुरक्षामा थप सुधारका कार्य गर्नु पर्ने ।

३. हालको प्राधिकरणको संरचनालाइ नियमन निकाय र सेवा प्रादायक निकायमा विभाजन गर्ने प्रक्रियालाइ सहि ढङले अधि बढाउनु पर्ने । यसरी प्राधिकरण टुक्राउदाँ हाल कार्यरत कर्मचारीहरूको समुच्च पेशागत बृदिॄ विकासमा टेवा पुग्ने गरी गर्नु पर्ने हुन्छ । यसका लागि संघिय सदनमा पेश भएको नियमावलीलाइ आवश्यक परे केही संसेधन गर्नु पर्ने हुन सक्छ ।

४. भैरहवा विमानस्थललाइ यथा सिघ्र संचालनमा ल्याउनु पर्ने । भैरहवा विमानस्थलको स्तरउन्ती गर्ने तयार पारिएके master Plan मा भएके गहन त्रुटिले गर्दा हालै निर्माण भएको ३ (तिन) हजार मिटर लामो धावन मार्गमा ठूला जाहाजहरू (Wide body Aircraft) उड्ने र अवतरण गर्ने Flight Procedure निर्माण गनै निकै कठिनाइ भैरहेको छ । कठिनाइको मूल कारण धावन मार्ग भारतको सिमानाको नजिक बनाउनाले भएको छ । यसरि भारतको सिमाना नजिक धावन मार्ग भएकोले Theoretically Flight Procedure Plan अनुसार Wide Body विमान भैरहवा विमानस्थलमा उड्दा र अवतरण गर्दा भारतकोAir space मा पुग्ने हुन्छ र यसके अनुमति भारत सरकारबाट प्राप्त नभएमा उत्त विमान भारतकोAir Space जान मिल्दैन । तसर्थ भैरहवा विमानस्थल संचालनमा अाउनु अघि भारतसंग AirSpaceप्रयोग गर्ने संबन्धमा सहमतिहुन अपरिहार्य देखिन्छ ।यसमा ढिलाइ गरेमा भैरहवा विमानस्थल संचालनमा नै नआउन सक्ने खतरा हुन्छ ।

५. त्रिभुवन विमानस्थलको क्षमता अभिबृदिॄ संबन्धित निर्माण कार्यालाइ द्रुत गतिले अघि बढाइ सुरक्षा र मापदण्ड लाइ थप पुरा गरि विमानस्थलको संमुच्च प्रयेगमा ल्याउन जरूरीहुन्छ । जसले गर्दा प्राधिकरणलाइ अार्थिक हिसावले अज सवलीकरण हुन थप टेवा पुग्छ ।

६. निकै धेरै लागतमा निर्माण रहेको पोखरा अन्तराष्ट्रिय विमारनस्थललाइ संचालनमा ल्याउन गुरूयेजना अभिलम्व तयार गर्नु पर्ने हुन्छ । केवल Narrow Body Aircraft लाइ मात्र प्रयोग गर्न सकिने पोखरा अन्तराष्ट्रिय विमारनस्थलको संचालन भने निकै चुनौति पुर्ण छ ।

अन्तमाः यसरी माथि उल्लेखित चनौतिलाइ चिर्न नसक्ने र साथै सुधार कार्यहरूलाइ पनि प्रभावकारी अघि बढाउन नसके नयां नियुत्त हुने माहानिर्देशक असक्षम सावित भै समय अगावैबर्हिगमन हुनु पर्ने खतरा छ । अतः नयां नियुत्त हुने माहानिर्देशक ज्यूलाइ यसतर्फ निकै सचेत रहन सुझाव सहित सफल कार्यकालको शुभकामना!