काँग्रेस मेचीनगर सभापतिमा सुदय पनेरु निर्वाचित
- मेचीनगर । नेपाली काँग्रेस मेचीनगर सभापतिमा सुदय पनेरु निर्वाचित भएका छन् ।
निर्वाचन समितिले दिएको अन्तिम मतपरिणाम अपडेट अनुसार पनेरुले २४८ मत प्राप्त गर्दै सभापतिमा निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी नवीन बरालले २३३ मत प्राप्त गरे ।
उपसभापतिमा योगेन थापामगर र धनकाजी खत्री विजयी भएका छन् । मगरले ३८० मत प्राप्त गरेका छन् भने खत्रीले ३४३ मत प्राप्त गरेका छन् ।
उपसभापतिका अन्य उम्मेद्वारहरु सन्दिप ओलीले १२६ मत तथा राजु अधिकारीले ५७ मत प्राप्त गरेका छन् ।
त्यसैगरी सचिवमा मनोज घिमिरे र मुुकेश लिम्बू निर्वाचित भएका छन् । घिमिरे ३२७ मत तथा लिम्बूले २६८ मत प्राप्त गरेका छन् । सचिवका अन्य उम्मेद्वारमा अशोक राईले १५७ तथा लक्ष्मी काफ्लेले १२५ मत प्राप्त गरेका छन् ।
सहसचिवतर्फ टिकाराम धमला र बिजय भट्टराई विजयी भएका छन् । धमलाले २९६ मत तथा भट्टराईले २१३ मत प्राप्त गरेका छन् ।
सहसचिवकै उम्मेद्वार लोकेन्द्र थपलियाले १७१ मत, चन्दन गौतमले १६८ मत तथा नवीन खतिवडाले १३५ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ । मेचीनगरमा काँग्रेस नगर समितिका कुल ४९९ मतदाता मध्ये ४९३ मत खसेको थियो ।
मेचीनगर । मेचीनगर–९ स्थित मागुरमाडी सामुदायिक वन उपभोक्ता...
मेचीनगर । झापाको मेचीनगर नगरपालिका–१४ दुवागढीमा शुक्रबार बिहान...
झापा । झापाको मेचीनगर–१० धुलाबारीस्थित एक स्थानीय होटलमा...
धुलाबारी । नेपाल विद्युत प्राधिकरण धुलाबारी वितरण केन्द्रले...
धाइजन । लायन्स क्लब अफ धाइजन–चारआलिको आठौं साधारणसभा...
मेचीनगर । मेचीनगर नगरपालिकाले विद्यालय, शिक्षक/कर्मचारी तथा विद्यार्थी...

