शान्ति युवा परिवारको सचेतना कार्यक्रम सम्पन्न

मेचीनगर । युवाको आवाज दुर्ब्यसन मुक्त समाज, भन्ने मुल नाराका साथ् मेचीनगर–४ स्थित शान्ति युवा परिवारले लागू औषध दुर्ब्यशन तथा चेलिबेटी बेचबिखन विरुद्ध एकदिने सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।
प्रदेश सभा सदस्य श्रीप्रसाद मैनालीको प्रमुख आतिथ्यतामका बाहुण्डागीको सामुदायिक भवनमा आयोजित कार्यक्रममा सहजकर्ताको भुमिका निर्वाह समाजसेवी एवम् बुद्धिजिवि गोविन्द न्यौपानेले गरेका थिए ।
कार्यक्रममा समाजसेवी एवम् पूर्व बाहुण्डागी गाविस अध्यक्ष निलकण्ठ तिवारी, ईलाका प्रहरी कार्यलाय काकाड्भिट्टा प्रमुख डिएसपी सुनिल दाहाल, माइति नेपाल प्रदेश नम्बर १ का संयोजक गोविन्द घिमिरे, राजनैतिक दललगायत विभिन्न संघ सस्थाहरुको प्रमुखको आतिथ्यता रहेको थियो ।
वडाका युवा युतिीको बाक्लो उपस्थिति रहेको कार्यक्रमको अध्यक्षता आयोजक शान्ति युवा परिवार मेचीनगर–४ का अध्यक्ष लुसन तिवारी र सञ्चालन सचिव पवन बराईलिले गरेका थिए ।

बिर्तामोड । व्यक्ति मरेर जान्छ, तर उसको विचार...

काँकरभिट्टा । नेपाल–भारत सिमानाको प्रमुख प्रवेशद्वार मानिने मेची...

झापा । प्रेस चौतारी नेपालका केन्द्रीय उपाध्यक्ष चेतन...

मेचीनगर । नेपालको पूर्वी भेगमा अवस्थित मेचीनगर नगरपालिका...

मेचीनगर । मेचीनगर नगरपालिकाले आफ्ना नागरिकको स्वास्थ्य उपचारलाई...

अहिले कोशी प्रदेश पर्यटन वर्ष २०८२ चलिरहेको छ...

कमल । झापाको कमल गाउँपालिकाले आज सार्वजनिक सुनवाई...