मेचीनगर काँग्रेस सभापतिमा बराल र पनेरुबीच भिडन्त
झापा । नेपाली काँग्रेसको मेचीनगर सभापतिका लागि युवा नेताद्वय नबिन बराल र सुवेशकुमार पनेरु (सुदय) बीच प्रतिस्पर्धा हुने भएको छ । नगर सभापति सर्बसम्मत छनौट गर्ने नेतृत्वको प्रयास सफल हुन नसके पछि बराल र पनेरुबीच प्रतिस्पर्धा हुने निश्चित भएको हो ।
नगर सभापतिका लागि चुनावी मैदानमा उत्रिएका बराल र पनेरु दुईजना नै मेचीनगर नगरपालिकाका निर्वाचित वडा अध्यक्षहरु हुन् । बराल मेचीनगर ४ र पनेरु मेचीनगर १० का वडा अध्यक्ष हुन् ।
सभापतिका अन्य आँकाक्षीहरु धनकाजी खत्री र योगेन थापालाई उपसभापतिमा बस्न नेतृत्वले आग्रह गरेको बुझिएको छ । त्यस्तै नगरसभापतिकै दाबी गरिरहेका सुरेन्द्र बुढाथोकी र पुष्प कार्कीलाई क्षेत्रीय समिति वा अन्य कुनै तहको पदाधिकारीमा लैजाने सहमति भएको काँग्रेस स्रोतले बताएको छ ।
नगर सभापतिमा चुनाव नै हुने भए पछि नगरका अन्य पदाधिकारीमा समेत चुनाव हुने निश्चित भएको छ । दुई उपसभापतिका लागि ५ जना चुनावी मैदानमा छन भने दुइ सचिवका लागि ४ जना छन् । त्यस्तै दुई सहसचिवका लागि ६ जनाले दाबी गरेका छन् ।
काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत गाउँ नगर अधिवेशन असोज ९ गते सम्पन्न हुँदैछ । निर्वाचन समितिले दिएको जानकारी अनुसार असोज ९ गते उम्मेद्वारी दर्ता हुने र चुनाव नै हुने भए १० बिहान ८ बजेदेखि मतदान हुनेछ ।
मेचीनगर । मेचीनगर–९ स्थित मागुरमाडी सामुदायिक वन उपभोक्ता...
मेचीनगर । झापाको मेचीनगर नगरपालिका–१४ दुवागढीमा शुक्रबार बिहान...
झापा । झापाको मेचीनगर–१० धुलाबारीस्थित एक स्थानीय होटलमा...
धुलाबारी । नेपाल विद्युत प्राधिकरण धुलाबारी वितरण केन्द्रले...
धाइजन । लायन्स क्लब अफ धाइजन–चारआलिको आठौं साधारणसभा...
मेचीनगर । मेचीनगर नगरपालिकाले विद्यालय, शिक्षक/कर्मचारी तथा विद्यार्थी...

