कर्णली साकोसले दियो लिलाकुमारीलाई ३ लाख ८७ हजार रुपैयाँ उपचार खर्च


इटाभट्टा  ।  कर्णाली बचत तथा ऋण सहकारी संस्था केन्द्रिय कार्यालय बिर्तामोडले आइतवार एक सदस्यलाई उपचार राहात रकम प्रदान गरेको छ । कार्यालयले कोभिड–१९ का कारण विरामी भई उपचार गराएकी मेचीनगर–७ स्थित इटाभट्टा सेवा केन्द्रकी सदस्य लिलाकुमारी कट्टेललाई उपचार खर्चको ४० प्रतिशत रकम हस्तान्तरण गरेको हो ।

कोरोनाको कारण स्वास्थ्यमा गम्भीर समस्यामा पुगेकी कट्टेलको उपचारमा ९ लाख ६७ हजार ७ सय रुपैयाँ खर्च भएको थियो । उक्त उपचार खर्चको ४० प्रतिशतले हुँन आउने रकम रु ३ लाख ८७ हजार १ सय रुपैयाँ संस्थाका अध्यक्ष टसबहादुर श्रेष्ठ र कार्यक्रमका प्रमुख अतिथि प्रदेश सांसद गोपालचन्द्र बुढाथोकीले सदस्य लिला कुमारीका छोरालाई हस्तान्तरण गरेका थिए ।

राहात रकम हस्तान्तरण पछि कार्यक्रमलाई संवोधन गर्दै प्रमुख अतिथि बुढाथोकीले जनताले आफ्नो हक अधिकार प्राप्तिका लागि बलिदानी पूर्ण संघर्ष गरेर प्राप्त गरेको नयाँ संविधानले आम नेपाली जनताको हक अधिकारलाई सुनिश्चित गरेको बताए । सांसद बुढाथोकीले सरकारले सहकारीलाई देशको तीन खम्बे अर्थ नीतिको रुपमा लिएको हुँदा सहकारीले समाजमा रुपान्तरणकारी भूमिका निर्वाह गर्नु पर्ने बताए । कोभिडको महामारीले जनजिवन अस्तव्यस्त बनेको बताउँदै उनले कोडिलाई सामान्य रुपमा नलिन र सरकारले निर्देशन गरेको स्वास्थ्य सुरक्षा मापदण्डलाई पूर्ण रुपमा पालना गर्न सुझव दिए । सहकारीले आफ्नो सदस्यको उपचारमा ठूलो आर्थिक सहयोग गरेको भन्दै उनले सहकारी संस्थाले संचालन गरेको यसकिसिमको कार्यक्रमले अभिभावकत्व प्रदान गर्ने बताए ।

कार्यक्रममा सहकारी संस्थाका अध्यक्ष श्रेष्ठले जस्तो सुकै परिस्थितिमा पनि आफ्ना सदस्यहरुलाई आर्थिक अभावका कारण उपचार पाँउनबाट बन्चित हुनु नपरोस् भनेर आफुफुहरुले विशेष उपचार कोष संचालन गरेको र सवैलाई सो कोषमा सहभागि बन्न अनुरोध गरे । सहकारीमा सदस्यहरुले पाँचहजार रुपैयाँ उपचार कोषमा जम्मा गर्नुपर्ने र एक वर्ष पछि रु एकहजारले नवीकरण गरेपछि उक्त कोषबाट उपचार राहात पाउने व्यवस्था गरेको सहकारी संस्थाका सचिव भुपाल बस्नेतले बताए ।

सहकारी संस्थाकी सञ्चालक सदस्य जानुका ओलीले सहकारी संस्थाले हाल उपचार खर्चको ४० प्रतिशत रकम उपलब्ध गराउने व्यवस्था गरेको र निस्चित समय पछि १० लाख सम्म उपचार खर्च दिने भएकोले सबै सदस्यहरुले निर्धक्क भएर सदस्यतालिन र राहात प्याकेमा सहभागि हुन अनुरोध गरिन् ।

उक्त सहकारीले हाल झापा, इलाम र मोरङमा ३८ वटा सेवाकेन्द्र स्थापना गरिसकेको छ भने ४१ हजार सेयर सदस्य विस्तार गरेको सहकारीले जानाएको छ ।

कार्याक्रममा जेष्ठ नागरिक खेमराज अधिकारी, श्याम घिमिर, श्रीप्रसाद सिटौला लगायतले बोलेका थिए । उपाध्यक्ष ईश्वरी प्रसाद खरेलले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव भुपाल बस्नेतले गरेका थिए ।