बिकासप्रेमी वडाध्यक्ष नरेन्द्र धिमाल
धाइजन । मेचीनगर वडा नंम्वर १२ ले विकासका गतिविधि तीव्ररुपमा अघि बढाएको छ । स्थानीय सरकार घरघरमा आइपुगेको चार वर्ष पुग्दा वडा नं. १२ ले साना तथा ठूला विकासे योजना सम्पन्न गरेको छ । वडाध्यक्ष नरेन्द्र धिमालको सक्रियताका कारण १२ नम्वर वडाले बिकासमा फड्को मारेको हो ।
अन्य बडाको तुलनामा मेचीनगर–१२ बिकासमा पछि परेको बडा हो । साबिक धाइजन गाबिसका केही वडा मिलेर बनेको मेचीनगर नगरपालिका १२ को अधिकांश भु–भाग ग्रामिण क्षेत्र पर्छ । बडाध्यक्ष धिमालले कार्यकाल समाल्नु भन्दा अगाडी समस्याको चाङ थियो ।
तर अहिले धेरै समस्या समाधान भइसकेका छन् । यहाँको प्रमुख समस्या बस्ती डुबान थियो । बस्ती डुबानको चपेटामा परेको वडा नं. १२ ले ड्रेन निर्माणलाई प्राथमिकता दिएर काम गर्दा अहिले उक्त समस्या हटेको छ । ड्रेन निर्माणलाई तीब्रता दिँदा बाटोसमेत जोगिएको वडाध्यक्ष नरेन्द्र धिमाल बताए । उनी भन्छन्– ‘वडाबासीले डुवानको समस्या भोग्दै आएका थिए, तर अहिले यो समस्याबाट मुक्त भएका छन् ।’
कुनैबेला सेवा सुविधाबाट बन्चित भएका वडा नं. १२ का वडाबासीले बडाध्यक्ष धिमालको आगमनसँगै विकासको अनुभूति गर्न पाएका छन् । समृद्ध वडा बनाउन कम्मर कसेर लागेका बडाध्यक्ष धिमाल विकास निर्माणका योजनालाई साकार पार्न तल्लीन छन् । ग्रामीण वडा भएकाले विकासे योजनाहरु चाङ लागेर बसेका थिए । यद्यपि, बडाध्यक्ष धिमालको सक्रियताले विकासमा विस्तारै छलाङ मार्दैछ ।

वडा सरकारले चार वर्षको अवधिमा धेरैजसो साना तथा ठूला आयोजना सफलतापूर्वक सम्पन्न गरेको छ भने केही योजना पूरा गर्ने लक्ष्य राखेको छ । संघीय सरकारको ५० लाख लागतमा धाइजन चोकदेखि मेचेगाउँ जाने बाटो कालोपत्रे भएको छ । यस्तै, मेचे गाउँदेखि फाइटर चोकसम्मको साढेसात सय मिटर बाटो पनि कालोपत्रे सम्पन्न भइसकेको छ । शिक्षा, स्वास्थ्यलगायत क्षेत्रका महत्वपूर्ण योजनाहरु पूरा हुँदै गएका छन् । बडाध्यक्ष धिमाल भन्छन्–‘विकासका थुप्रै योजनाहरु सम्पन्न भएका छन् । अधुरा योजनाहरु पूरा गर्नेगरी हामी लागेका छौं ।’
अरुमा जस्तै यस वडालाई पनि बेरोजगारी समस्याले पिरोलेको छ । वडाबासीलाई कसरी स्वरोजगार बनाउने भन्ने चिन्ता आफुलाई रहेको उनले बताए । बेरोजगारी अन्त्य गरी रोजगारी दिलाउने सीपमूलक कार्यक्रम सञ्चालन गर्ने वडाध्यक्ष धिमालले बताए । त्यसमा पनि महिलाहरुलाई प्राथमिकतामा राखिएको उनको भनाई छ । ‘पुरुषको तुलनामा महिलाहरु बढी जिम्मेवार र सक्षम हुन्छन्,’ उनले भने– ‘महिलालाई सीपयुक्त बनाउन सकियो भने घर व्यवहार पनि टिकाउ हुन्छ ।’
विकास निर्माणका काम पारदर्शी र समयमै सम्पन्न गर्दै जाने योजनाका साथ अघि बढेको वडा सरकारले कालीझोडामा रहेको मुढा व्यवसायलाई प्रबर्धन गरेर आम्दानीको स्रोत बढाउन सकिने जनाएको छ । गौरवको आयोजनामा हेरिएको मुढा व्यवसायलाई व्यावसायिक केन्द्रको रुपमा विकास गरिने जनाइएको छ ।
मेचीनगर । मेचीनगर मेचीनगर–३ निवासी रिदम दनुवार लामो...
काकडभिट्टा । सीमा सहजीकरण तथा सीमावर्ती क्षेत्रमा हुन...
मेचीनगर । झापाको मेचीनगरमा सञ्चालित पाँचतारे होटल मेची...
झापा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल...
मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रमलाई लिएर...
मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रमलाई लिएर...
मेचीनगर । मेचीनगर नगरपालिकाले ३८ जना ज्यालादारीमा कार्यरत...
