प्याब्सन मेचीनगर अध्यक्षमा पुन : डम्बर रुचाल

मेचीनगर । प्याब्सन मेचीनगरको अध्यक्षमा पुन ः डम्बर रुचाल सर्वसम्मत चयन भएका छन् । धुलाबारीमा बुधबार सम्पन्न दोस्रो अधिवेशनले रुचाललाई अध्यक्षमा चयन गरेको होे ।
समितिको उपाध्यक्षमा विक्रम क्षेत्री, सचिवमा विनोद प्रधान, कोषाध्यक्षमा कमल भेटवाल चयन भएका छन् ।
त्यसैगरी समितिको सदस्यहरुमा नेत्रप्रसाद खतिवडा, प्रतिक उराउ, शान्तिनारो गजमेर बिजय भट्टराई र कमल नेपाल चयन भएका छन् ।
मेचीनगर अध्यक्ष डम्बर रुचालको सभापतित्व तथा जिल्ला उपाध्यक्ष अजयआले मगरको प्रमुख आतिथ्य रहेको कार्यक्रममा जिल्ला सदस्य विष्णु रिमाल, भोजबहादुर कार्कीलगायतको लगायतले शुभकामना व्यक्त गरेका थिए । उपाध्यक्ष विक्रम क्षेत्रीले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव बिनोद प्रधानले गरेका थिए ।

काँकरभिट्टा । मेची भन्सार कार्यालयले नौ महिनामा राजश्व...

बिर्तामोड । झापाको बिर्तामोड–३ स्थित लिङ्कन मन्टेश्वरी स्कुलले...

मेचीनगर । राजवंशी समाज विकास समिति मेचीनगर– ७...

बिर्तामोड । नेकपा एमाले कोशी प्रदेशको विज्ञान तथा...

दमक । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी...