गृहलक्ष्मी साकोसको साधारणसभा : सदस्यलाई ५० हजारसम्म राहात प्याकेजको घोषण
मेचीनगर । मेचीनगर – ९ स्थित गृहलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको १३ औ वार्षिक साधारण सभा बुधवार संस्थाको सभाहलमा सम्पन्न भएको छ ।

नेपाल बहुउद्देश्यीय सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत लक्ष्मी प्रसाद उप्रेतीको प्रमुख आतिथ्य रहेको कार्यक्रममा प्रमुख अतिथि उपे्रतीले सदस्य, सञ्चालक,कर्मचारीबीचको एकता र विश्वासले मात्र सहकारी मजबुतहुने बताए । सहकारी सिद्यान्त विश्वमा सर्वमान्य रहेको बताउँदै उनले सञ्चालक समिति र कर्मचारीले आ-आफ्नो भूमिका निर्वाह गरेको खण्डमा उत्कृष्ट सहकारी निर्माणमा समय नलाग्ने बताए ।

सहकारी संस्थाका अध्यक्ष दुर्गालाल श्रेष्ठको सभापतित्व रहेको कार्यक्रममा अध्यक्ष श्रेष्ठले अध्यक्षको प्रतिवेदन प्रस्तुत गरेका थिए । २०५६ सालमा ३० जना सेयर सदस्यबाट सुरु भएको सहकारीमा हाल २८ सय ३१ सदस्य संख्या , २ करोड १५ लाख ५३ हजार ४०० रुपैयाँ सेयर पूँजी र १२ करोड ८२ लाख ४२ हजार ९९६ रुपैया ५९ पैसा निक्षेप तथा १० करोड ६० लाख ९९ हजार ९८९ रुपैयाँ ६१ पैसा ऋण लगानी रहेको अध्यक्षको प्रतिवेदनमा उल्लेख छ ।

सहकारीले सदस्यहरुको हितलाई ध्यानमा राख्दै सदस्य राहात कार्यक्रम निर्देशीका २०७३ संसोधन २०७७ जारी गर्दै विभिन्न राहात कार्यक्रम समेत कार्यान्वयनमा ल्याएको छ । आफ्ना सदस्यहरुलाई कुनै किसिमको क्यान्सर रोग लागेमा ५० हजार सम्म उपचार सहयोग, सदस्यको मृत्यु भएमा परिवारलाई ५० हजार, मुटु कलेजो, फोक्सो लगायत अप्रेशन बापत रु ३० हजार, मृगौलाको बिरामीलाई डायलासिस तथा दुर्घटना भई गम्भीर किसिमको अप्रेसन गर्नु परेमा रु २५ हजार, टाउको तथा नसा सम्बन्धी रोगको अप्रेसनको लागि रु २० हजार , पित्त थैलिको अप्रेसन गर्नको लागि रु १० हजार लगायत बिभिन्न शिर्षकमा आर्थिक सहयोग गर्ने अध्यक्षको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
कार्यक्रममा सहकारी विभागका अधिकृत डिल्ली दाहाल लगायतको उपस्थिति रहेको थियो । सस्थाकी उपाध्यक्ष रेनुका उप्रती डाँगीले स्वागत गरेको कार्यक्रमको सञ्चालन सदस्य राजु धिमालले गरेका थिए ।
काँकडभिट्टा । इन्डो–नेपाल मेचीनगर मिडिया फुटबल कप प्रतियोगिताबाट...
चारआली । झापाको धाइजन–चारआली फुटबल क्लबको आयोजनामा ‘धाइजन–चारआली...
मेचीनगर। मेचीनगर–३ वडा कार्यालय अन्तर्गतको खेलकुद समितिको आयोजनामा...
मेचीनगर । लाइन काटेको झ्वाकमा विद्युत्तका कर्मचारीमाथि कुटपीट...
ईटाभट्टा । मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले लागूऔषधका...
मेचीनगर । मेची उद्योग वाणिज्य संघको आगामी नेतृत्वका...
चारआली । झापाको धाइजन–चारआली फुटबल क्लबको आयोजनामा धाइजन–चारआली...
