काँग्रेस मेचीनगर सचिवमा युवा नेता घिमिरेको उम्मेद्वारी

मेचीनगर । नेपाली कांग्रेस मेचीनगरको सचिव पदमा वाणिज्य शास्त्रमा स्नातक युवा मनोज घिमिरेले उम्मेद्वारी घोषणा गरेका छन् । आज अपरान्ह धुलावारीको होटल रोयल निर्वाणमा पत्रकार भेटघाट आयोजना गरी मेचीनगर( १० निवासी ३८ वर्षीय घिमिरेले नयाँ परिवेशमा युवाहरु राजनीतिको अग्रपंक्तिमा आउन जरुरी ठानेर सचिव जस्तो महत्वपूर्ण पदमा आकांक्षा राखेको बताए ।
उनले राजनीतिलाई देश र जनताको सेवा गर्ने माध्यमको रुपमा लिएको बताए । उनी भर्खरै मेचीनगर वडा नं। १० बाट क्षेत्रीय प्रतिनिधिमा सर्वसम्मत चयन भएका छन् ।
२०५४ सालमा नेविसंघको सदस्यता लिएका उनी २०५६ मा संघको कनकाई क्याम्पस इकाई समिति सदस्य, २०६३ मा संघको जिल्ला सदस्य र २०७० देखि नेपाल तरुण दल मेचीनगरको सचिवको जिम्मेवारीमा थिए ।
२०६२/०६३ को जनान्दोलनमा सक्रिय सहभागी उनी वीपी कोइरालालाई आदर्श नेता र उनको विचारलाई सबैभन्दा राम्रो विचार ठान्छन् । उनले आफु कुनै विचार समूह ९गुट०मा नलागेको बताएका छन् । ‘म कुनै गुटको उम्मेद्वार बन्न चाहन्न,’ उनले पत्रकार सम्मेलनमा भने–‘सबैलाई समन्वय गरेर लैजान सक्ने क्ष्मता मसँग छ । सही मान्छे सही ठाउँमा हुनुपर्छ भन्ने ठानेर मैले सचिव पदमा न्याय गर्न सक्छु भनेरै उम्मेद्वारी घोषणा गरेको हुँ ।’
उनी सामाजिक गतिविधिमा निकै सक्रिय युवा नेता हुन् । हाम्रो धुलावारी राम्रो धुलावारी, धुलावारी युनिटी, स्वास्थ्य महोत्सव जस्ता कार्यमा उनले अग्रणी भूमिका निर्वाह गरेका थिए ।
मेची उद्योग वाणिज्य संघको एक कार्यकाल कार्यकारिणी सदस्य समेत थिए उनी । कांग्रेसको नयाँ विधान अनुसार नगर कार्यसमिति ७५ सदस्यीय रहनेछ । जसमा एक सभापति, दुई उपसभापति, दुई सचिव, दुई सहसचिव र एक कोषाध्यक्ष हुनेछ । नगर अधिवेशन यही भदौ २७ गते हुँदैछ ।
पत्रकार सम्मेलनमा मेचीनगर वडा नं. १० का नवनिर्वाचित वडा सभापति चन्द्र तिवारीको उपस्थिति रहेको थियो । तिवारीले घिमिरेको उम्मेद्वारी स्वागतयोग्य रहेका बताए ।

विर्तामोड । झापाको विर्तामोड स्थित हनुमान कम्प्लेक्सको प्राङ्गणमा...

उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान)...

मेचीनगर । आगामी फागुन २१ गतेदेखि काँकरभिट्टामा ‘मेचीनगर गोल्डकप’...

मेचीनगर । नेकपा एमालेको केन्द्रीय निति अनुसार ‘जरा’...

विर्तामोड । बालमैत्री वातावरणमा पठनपाठन गराइरहेको बिर्तामोड–३ स्थित...