भद्रपुर नगरपालिकाको २ करोड ६२ लाख बढी बजेट फ्रिज


भद्रपुर  । भद्रपुर नगरपालिकाको २ करोड ६२ लाख ५२ हजार ६ सय २ रुपैयाँ बजेट फ्रिज भएको छ । गत आर्थिक वर्ष २०७७र०७८ मा सङ्घीय सरकारको सशर्त अनुदानतर्फको चालु र पुँजीगत गरी २ करोड ३१ लाख २९ हजार १ सय २३ रुपैयाँ र प्रदेश सरकारको समपूरक अनुदानतर्फको ३१ लाख २३ हजार ४ सय ७९ रुपैयाँ गरी कुल २ करोड ६२ लाख ५२ हजार ६ सय २ रुपैयाँ बराबरको बजेट फ्रिज भएको नगरपालिकाका लेखा अधिकृत सुभाष भट्टराईले जानकारी दिए । फ्रिज भएको बजेट सङ्घीय र प्रदेश सरकारलाई फिर्ता पठाइसकेको उनले बताए ।

सङ्घीय सरकारको सशर्त अनुदान चालुतर्फ लघु उद्यम विकास कार्यक्रम ९मेडपा०को ३३ लाखमध्ये १३ लाख ३० हजार ४७० रुपैयाँ, कृषि विकास रणनीति अनुगमन तथा समन्वय कार्यक्रमको ११ लाख ९८ हजारमध्ये ३ लाख १२ हजार ९७ रुपैयाँ, राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको ४४ लाखमध्ये ७ लाख ८ हजार २०१ रुपैयाँ, सबैका लागि शिक्षा ९आधारभूत तह शिक्षक तलब०को ११ करोड ५६ लाख ३२ हजारमध्ये २६ लाख ५६ हजार ४७७ रुपैयाँ, जिल्ला स्तर विद्यालय क्षेत्र विकास कार्यक्रमको ३ करोड ९६ लाख ७२ हजारमध्ये २८ लाख ५१ हजार ६३६ रुपैयाँ, बहु क्षेत्रीय पोषण कार्यक्रमको ३ लाख ३९ हजारमध्ये ३२ हजार ७५० रुपैयाँ बराबरको बजेट फ्रिज भएको छ ।

त्यस्तै स्वास्थ्य क्षेत्र सुधार कार्यक्रम ९आधारभूत स्वास्थ्य चौकीमा कार्यरत कर्मचारी तलब०को ३५ लाखमध्ये १ लाख २४ हजार ४३६ रुपैयाँ, कोभिड १९ रोकथाम तथा नियन्त्रण कार्यक्रम ९तलब भत्ता० को ५ लाखमध्ये १ लाख १३ हजार ३८० रुपैयाँ, क्षयरोग नियन्त्रण कार्यक्रमको ४ लाखमध्ये १ लाख ३३ हजार ३०० रुपैयाँ, परिवार कल्याण कार्यक्रम ९एकीकृत महिला स्वास्थ्य प्रजनन स्वास्थ्य कार्यक्रम०को २३ लाखमध्ये २१ लाख १३ हजार ७५० रुपैयाँ, एकीकृत बाल स्वास्थ्य एवम् पोषण कार्यक्रमको १८ लाखमध्ये ४ लाख ४६ हजार १६० रुपैयाँ, महामारी रोग नियन्त्रण कार्यक्रमको १३ लाखमध्ये १ लाख ७३ हजार ५ सय रुपैयाँ, अपाङ्गता रोकथाम तथा कुष्ठरोग नियन्त्रण कार्यक्रमको ६ लाखमध्ये २ लाख ३४ हजार २४४ रुपैयाँ, अस्पताल निर्माण सुधार तथा व्यवस्थापन सूचना प्रणालीको १ लाखमध्ये २६ हजार ८ सय रुपैयाँ, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रको १ लाखमध्ये एक हजार रुपैयाँ, उपचारात्मक सेवा कार्यक्रमको २५ लाखमध्ये ४५ हजार २५० रुपैयाँ, रोजगार प्रवर्द्धन कार्यक्रम ९सामी परियोजना० को ५९ लाखमध्ये १५ लाख २१ हजार ६११ रुपैयाँ र प्रधानमन्त्री रोजगार कार्यक्रमको १ करोड २० लाख ३९ हजारमध्ये २३ लाख ६७ हजार ८१८ रुपैयाँ बजेट फ्रिज भएको छ ।

त्यसैगरी सङ्घीय सरकारको सशर्त अनुदानको पुँजीगत तर्फको राष्ट्रिय ग्रामीण तथा नवीकरणीय ऊर्जा कार्यक्रमको ८ लाखमध्ये १ लाख २५ रुपैयाँ, आवास कार्यक्रम ९टिन फेर्ने० को १ करोड ३९ लाख २३ हजारमध्ये १३ लाख ७३ हजार, विद्यालय क्षेत्र विकास कार्यक्रम ९विद्यालय भवन निर्माण० को २ करोड १८ लाख ३८ हजारमध्ये ७३ हजार ५०३ रुपैयाँ, पर्यटन पूर्वाधार विकास आयोजना ९कमलधाप(साइन्स सिटी(दियालो सिमसार०को ३० लाखमध्ये ५ लाख २२ हजार ९०९ रुपैयाँ, तराई मधेस समृद्धि कार्यक्रम ९भद्रपुर– ५ स्थित मेची नदी तटबन्ध० ५० लाखमध्ये १५ लाख ८१ हजार ८३७ रुपैयाँ, स्वास्थ्य क्षेत्र सुधार कार्यक्रम ९आधारभूत स्वास्थ्य केन्द्रको भवन निर्माण वडा नम्बर २, ४, ६, ७ र १० ०को ९० लाख ९१ हजारमध्ये १४ लाख ८२ हजार ६१४ रुपैयाँ, झोलुङ्गे पुल क्षेत्रगत विकास कार्यक्रम ९लालिगुरास झोलुङ्गे पुल०को ४२ लाख २५ हजारमध्ये १३ लाख ८ हजार २९१ रुपैयाँ, अधुरा आयोजना कार्यान्वयन कार्यक्रम ९नगर प्रमुख सन्थाल आवास भवन निर्माण०को ६४ लाख २० हजार ४७२ रुपैयाँमध्ये १५ लाख ४ हजार ८६० रुपैयाँ बराबरको बजेट फ्रिज भएको छ । त्यस्तै प्रदेश सरकारको समपूरक अनुदान पुँजीगततर्फको एक करोड बजेट मध्ये ३१ लाख २३ हजार ४७९ रुपैयाँ बजेट फ्रिज भएको हो ।

सो बजेटबाट संगमचोकदेखि भद्रपुर भन्सार जाने बाटो निर्माणमा ५० लाख र लेखनाथ चोकदेखि पश्चिम काफ्ले टोल जाने सडक निर्माणमा ५० लाख बजेट छुट्टाएको थियो । संगमचोक सडकको ५० लाखमध्ये ३१ लाख २३ हजार ४७९ रुपैयाँ बराबरको बजेट फ्रिज भएको हो । पश्चिम काफ्ले टोल सडकको बजेट पुरै खर्च भएको लेखा अधिकृत भट्टराईले जानकारी दिए ।