बन्धक बनेका मेचीनगरका चार महिने शिशुको पत्रकार मोहन काजीको पहलमा उद्धार
![](https://khabarmanchonline.com/wp-content/uploads/2021/08/2019-10-03.jpg)
झापा । उपचार खर्च तिर्न नसक्दा भारतीय अस्पतालमा बन्धक बनाइएका मेचीनगर-१० खयरडाँगीका चार महिने शिशु सुहान चौधरीलाई आइतवार उद्धार गरेर नेपाल ल्याइएको छ । आन्द्रा दोब्रिएर पेट फुलेका कारण शिशुलाई साउन १५ गते उपचारका लागि भारत पश्चिम बङ्गालको सिलिगुडीस्थित पारामाउन्ट हस्पिटलमा लगिएको थियो ।
शिशुको अवस्था बुझ्न गएका पत्रकार मोहन काजीले उपचारमा लागेको खर्च १५ दिनभित्र तिर्ने कागजमा सही गरेपछि हस्पिटलले सुहानकी आमा शर्मिला चौधरीलाई शिशु फिर्ता दिएको हो । अक्सिजन सपोर्टसहित एम्बुलेन्समा नेपाल ल्याइएको शिशुलाई आइतवार राति नै थप उपचारका लागि विर्तामोडको बीएन्डसी हस्पिटलमा भर्ना गरिएको छ ।
![](https://khabarmanchonline.com/wp-content/uploads/2021/08/sishu-border.jpg)
शिशुलाई सिलिगुडीबाट उद्धार गरेर नेपाल ल्याइँदै ।
सिलिगुडीको हस्पिटलले उपचारमा लागेको ६ लाख ८ सय भुक्तानी नगरेसम्म बच्चा लैजान नदिने भन्दै शिशुलाई बन्धक बनाउँदै आएको थियो । हस्पिटलले उपचारमा ४ लाख ६८ हजार र औषधितर्फ १ लाख ३२ हजार ८ सय बिल देखाएको छ । शिशुकी आमा शर्मिला चौधरीले पारामाउन्ट हस्पिटलमा अहिलेसम्म २ लाख ८८ हजार बुझाइसकेको बताइन् । अब सो हस्पिटललाई तीन लाख १२ हजार बुझाउन बाँकी छ ।
शिशुको परिवारको आर्थिक अवस्थाबारे हस्पिटललाई जानकारी गराउँदा समेत चासो नदिइएपछि शिशु फिर्ता गराउन रकम तिर्ने कागजमा सही गरेको पत्रकार मोहन काजीले बताए । उनले भने ‘अरु केही उपाय नलागेपछि १५ दिनभित्र रकम बुझाउने कबुलियतनामामा सही गरेर शिशुको उद्धार गरेका छौं ।’
![](https://khabarmanchonline.com/wp-content/uploads/2021/07/203817992_4448485068503453_2241185365969475636_n.jpg)
पत्रकार मोहन काजी
हस्पिटलका वरिष्ठ व्यवस्थापक पिन्टु रुस्तागीले तोकिएको समयमै बक्यौता नबुझाएमा घरसम्मै रकम असुल्न आउने चेतावनी दिदै नागरिकता प्रमाणपत्रको प्रतिलिपी समेत राखेको उनले बताए । हस्पिटलले बच्चा फिर्ता दिदा अक्सिजन सपोर्टमै राखिएको थियो । शल्यक्रिया गरेपछि पेट तथा पिसाब नलीमा लगाइएको पाइप नखुस्काइएको कारण बच्चाको अवस्था अझै पनि गम्भीर छ । शर्मिलाले उपचारमा आर्थिक सहयोग गरेर आफ्नो शिशुको जीवनरक्षा गरिदिन दाताहरुसँग अपिल गरेकी छन् ।
![](https://khabarmanchonline.com/wp-content/uploads/2024/07/Messenger_creation_ec1b0a71-a592-4773-8cde-589e4cba5994-100x100.jpeg)
मेचीनगर । मेचीनगर नगरपालिकाका नगरप्रमख गोपालचन्द्र बुढाथोकीले राष्ट्रिय...
![](https://khabarmanchonline.com/wp-content/uploads/2024/07/jhulan-100x100.jpg)
विर्तामोड। डी कौडिन्य स्मृति पत्रकारिता पुरस्कारबाट पत्रकार झुलन...
![](https://khabarmanchonline.com/wp-content/uploads/2024/07/UML-MECHINAGAR-100x100.jpg)
साउन । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल...
![](https://khabarmanchonline.com/wp-content/uploads/2024/07/praladholi-ffffff-100x100.jpg)
मेचीनगर । पूर्वी सीमा नाकासँग जोडिएको मेचीनगर नगरपालिका...
![](https://khabarmanchonline.com/wp-content/uploads/2024/07/tokiy-100x100.jpeg)
जापान। जापानको राजधानी टोकियोमा जुलाई २८ तारिख ‘कमेडी...