खानेपानी निर्वाचन आचारसंहिताप्रति प्रेस क्लबको आपत्ति
काँकरभिट्टा । काँकरभिट्टा खानेपानी तथा उपभोक्ता सरसफाइ संस्थाको निर्वाचन सम्बन्धि आचारसंहिता सम्बन्धमा प्रेस क्लब मेचीनगरले आपत्ति जनाएको छ । प्रेस क्लबले विहीबार प्रेस विज्ञप्तीमार्फत निर्वाचन समितिले सञ्चारमाध्यममा अंकुश लगाएको भन्दै सञ्चार माध्यमलाई असहयोग गर्ने गरी तयार पारिएको आचारसंहिता सच्याउन माग गरेको छ ।
क्लबका अध्यक्ष लक्ष्मी उप्रेती र सचिव जीआर धितालद्वारा हस्ताक्षरीत विज्ञप्तीमा निर्वाचन प्रयोजनका लागि भन्दै निर्वाचन समितिले बनाएको १८ बुँदे आचारसंहिताको बुँदा नम्बर ३ मा प्रचार प्रसारको क्रममा पेपर मिडिया ९पत्र पत्रिका० र इलेक्ट्रोेनिक्स मिडिया ९ रेडियो, टिभी० लाई तोकेरनै विज्ञापन गर्न नपाईने उल्लेख गरेको भन्दै विरोध जनाइएको छ ।

विज्ञप्तीमा निर्वाचन आयोगको ‘निर्वाचन आचारसंहिता २०७२’ मासमेत सार्वजनिक पद धारण गर्ने उम्मेद्वारले निश्चित आचरण भित्र रहि सञ्चार माध्यममा प्रकाशन, प्रसारण विज्ञापन गर्न पाउँने अधिकार प्रत्याभूत गराएकोमा खानेपानी संस्थाको निर्वाचन सम्बन्धमा निर्वाचन समितिले सञ्चार माध्यमहरुमा विज्ञापन गर्न पाउने अधिकारलाई बञ्चित गर्ने र सञ्चारसंस्थालाई असहयोग पुग्ने गरी आचारसंहिता तयार पारेको प्रति प्रेस क्लबको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ ।
आम नागरिकलाई सुसुचित गराउँदै सामाज रुपान्तरणमा महत्वपूणर् भूमिका निर्वाह गर्ने सञ्चारमाध्यमलाई असहयोग हुने यस किसिमको कार्य तत्काल सच्याउन निर्वाचन समिति समक्ष माग गरिएको अध्यक्ष उप्रेतीले बताए ।
फेसबुक, युट्युब, भाइबर, हाते पर्चा जस्ता प्रचारका माध्यमलाई बन्देज नलगाई नेपाली मिडिया प्रति यतिसम्म पूर्वाग्रही बन्नुको रहस्य आँफुहरुले जान्न चाहेको क्लबका सचिव जीआर धितालले बताए ।
खानेपानीका उम्मेद्वारहरुले स्थानीय सञ्चार माध्यमहरुमा प्रचारप्रसार सामग्री प्रकाशन गरेकोे भन्दै उम्मेद्वारहरु समक्ष बुधबार स्पष्टिकरण मागेको थियो । मिडियालाई असहयोग तथा बञ्चित गर्ने गरी आचारसंहिता बनाएको भन्दै सञ्चार क्षेत्रहरुले विरोध जनाएका छन् ।
मेचीनगर । मेचीनगर नगरपालिकाले विद्यालय, शिक्षक/कर्मचारी तथा विद्यार्थी...
बिर्तामोड । झापाको बिर्तामोड-२ मा अवस्थित निदि अंग्रेजी...
मेचीनगर । मेचीनगर–७ सतिघट्टाको भित्री सडकमा आज अपराह्न...
मेचीनगर । मेचीनगर–७ स्थित सतिघट्टा बगान क्षेत्रमा होलिबेल...
बाहुनडाँगी । मेचीनगर नगरपालिकाले नगरका १७ वटा सामुदायिक...


