युवासंघ मेचीनगरको अध्यक्षमा सरोज मेहरा


मेचीनगर  । युवासंघ नेपाल मेचीनगर कमिटिको ८औँ नगर सम्मेलनले अध्यक्षमा सरोज मेहरालाई सर्वसम्मत चयन गरेको छ ।
आज इटाभट्टा स्थित किराँत याक्थुङ चुम्लुङको भवनमा आयोजित सम्मेलनले अध्यक्षमा मेहरालाई चयन गरेको हो । उनको नेतृत्वमा १०१ जना सदस्यीय कार्यसमिति गठन भएको छ ।

समितिको उपाध्यक्षहरुमा सागर लिम्बु, तिलक श्रेष्ठ, रत्न लिम्बु र तिलक वस्नेत, सचिवमा मेहरलाल धिमाल, सहसचिवमा कृष्ण श्रेष्ठ र कोषाध्यक्षमा कृष्ण काफ्ले चयन भएका छन् । सम्मेलनले उपाध्यक्षहरु र कोषाध्यक्ष पदमा पदपुर्ति गरेको छ ।

त्यसैगरी सम्मेलनले मेचीनगरका १५  वटा वडामा वडा इन्चार्ज तोकेको छ । जस्मा वडा नम्बर १ मा विनिता तामाङ, २ मा विक्रम खड्का, ३ मा चन्द्र थापा मगर, ४ मा इश्वर पाण्डे, ५ मा शेखर भण्डारी, ६ मा रोसन रिजाल, ७ मा यज्ञ घिमिरे, ८ मा तेजन राजबंशी चयन भएका छन् ।

त्यस्तै वडा नम्बर ९ मा अनुप संग्रौला, १० मा सोमनाथ ओझा, ११ मा श्याम धिमाल, १२ मा फुर्वा तामाङ, १३ मा नर्वु लामा, १४ मा राजेन्द्र चौहान र १५ मा कृष्ण राजबंशी छन् । सम्मेलनको उद्घाटन् युवासंघ नेपालका केन्द्रीय कमिटि सचिव प्रत्युस आजत रानाले गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि समेत रहेका रानाले तात्कालिन नेकपा भित्रको कलहका कारण कम्युनिष्ट पार्टी कमजोर बनेको बताए । एमाले र माओवादी केन्द्रको एकता हुँदा कार्यकर्ताहरुमा छाएको उत्साह दुई वर्ष वित्न नपाउँदै तुसारापात भएको उनले बताए । दुई नेताको हटका कारण पार्टी क्षतविक्षत भएको उनको आरोप थियो ।

अदालतले एमाले र माओवादी केन्द्र व्यूँतिएपछि एमाले भित्र समानान्तर कमिटि बन्नेक्रम बढेको र युवा नेतृत्व विभाजित बनिरहेको बताउँदै उनले अव युवाहरु एकजुट भएर अघि बढनु पर्ने बताए ।

कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटि सदस्य डिल्लीराम घिमिरेले केहिदिन अघि काँकरभिट्टामा गठित युवासंघको नया कमिटि वैधानिक नभएको र सरोज मेहरा अध्यक्ष रहेको कमिटिनै आधिकारिक कमिटि रहेकोले युवाहरुलाई विचलित नहुन अनुरोध गरे ।

कार्यक्रममा एमाले जिल्ला सदस्य सन्तोष आचार्य, अर्जुन पौडेल, प्रेस चौतारी नेपाल माधव नेपाल पक्षका झापा अध्यक्ष मुक्ती पौडेल, वाइसियल नगर कमिटि अध्यक्ष विनोद मण्डल, अनेरास्ववियु केन्द्रीय कमिटि अध्यक्ष उदय बराइली, युवासंघ नेपाल केन्द्रीय कमिटि सदस्य धनबहादुर तामाङ, नबिन बिष्ट,  जिल्ला कमिटि सदस्य राजु धिमाल, पूर्व नगर कमिटि अध्यक्ष निरोज कट्टेल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । अध्यक्ष मेहराको सभापतित्व रहेको कार्यक्रमको सञ्चालन सचिवालय सदस्य भोजराज पराजुलीले गरेका थिए ।