एनएमसीलाई सरकारको सम्मान

झापा । दुधमा आत्म निर्भर बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेकोमा नेपाल सरकारले नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी) लाई गरेको छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले काठमाण्डौंमा एक कार्यक्रमको आयोजना गरी दुधलाई आत्म निर्भर बनाउने अभियानमा सहकारीको माध्यमबाट दुध उत्पादन, संकलन तथा बजारीकरणका लागि पुर्याएको योगदानको कदर गर्दै सम्मान गरिएको छ ।
‘पशुपन्छीजन्य उत्पादनमा मुलुक आत्म निर्भर भएको घोषणा’ कार्यक्रममा प्रमुख अतिथि सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले संस्था प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद उप्रेती र बरिष्ठ उपाध्यक्ष नारायणप्रसाद कोइरालालाई संयुक्तरुपमा सम्मान पत्र प्रदान गरे ।
मेचीनगर–६ काँकरभिट्टामा प्रधान कार्यालय रहेको एनएमसीले बैंकिङसँगै, एनएमसी डेरी एकिकृत नमुना कृषि फार्म जस्ता महत्वपूर्ण व्यवसायमार्फत आम मानिसलाई सेवा दिंदै आइरहेको छ ।

मेचीनगर । झापाको मेचीनगर नगरपालिका र सुनसरीको इटहरी...

मेचीनगर । स्थानीय क्षेत्रको पहिचानलाई प्रर्वद्धन गर्ने उद्देश्यले...

मेचीनगर । मेचीनगर नगरपालिका भित्रका विद्यालयमा मंगलबार र...

झापा । झापाको काँकरभिट्टास्थित मेची भन्सार नाकामा आज स्थानीय...

मेचीनगर । कोशी प्रदेश सभा सदस्य गोपाल विश्वकर्माले...

धुलाबारी । नेपाल पूर्व प्रहरी संगठन मेचीनगर अध्यक्षमा...