विश्व वीर पुरुष चिल्हारायर (सुक्लध्वज)को जन्मजयन्ति
मेचीनगर । विश्व वीर पुरुष चिल्हारायर (सुक्लध्वज) को ५११ औ जन्म जयन्ति बिविध कार्याक्रमको आयोजना गरि मनाइएको छ । शनिवार मेचीनगर–७, सरस्वती आधारभुत बिद्यालको खेल मैदानमा कोच कबिता प्रतियोगिता तथा लोक सास्कृतिक कार्यक्रमको आयोजना गरि मनाइएको हो । राजवंशी समाज विकास समिती जिल्ला कार्य समितिको मुख्य आयोजना र राजवंशी समाज विकास समिती मेचीनगर कार्य समितिको सह–आयोजनामा भव्यरुपमा कार्यक्रमका सम्पन्न भएको हो ।
कार्यक्रम अन्तरगत आयोजना गरिएको कोच कविता प्रतियोगितामा रेवती राजवंशी मेचीनगर– ८ प्रथम, भद्रपुर–४ का अनिता राजवंशी दोस्रो र मेचिनगर–७ का विशाल राजवंशी तेस्रो भएका थिए । उनिहरुलाई क्रमश ५ हजार, ३ हजार र दुई हजार प्रदान गरिएको थियो ।
कार्यक्रकमा कोच समुदायका विशेष १० जना ब्याक्तित्वहरुलाइ र जेष्ठ नागरिक सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा प्रहरी नायव उपरिक्षक (डिएसपी) चन्दकुमार राजवंशी, बिर्तामोड आई केयर सेन्टरका समुन राजवंशी, इन्जिनियर प्रदिप राजवंशी, समाजसेवी उतम राजवंशी, रेवती राजवंशी, पोका राजवंशी ज्ञानुप्रसाद राजवंशी लगायत ९ जनालाई सम्मानित गरिएको थियो । कार्यक्रममा स्थानीय कलाकार मात्र होइन छिमेकी भारत बङगालबाट पनि कलाकारको उपस्थिति रहेको थियो ।

मेचीनगर नगरप्रमुख बिमल आचार्यको प्रमुख आतिथ्यातामा सम्पन्न कार्याक्रममा मेचीनगर नगरपालिकका उपप्रमुख मिना पोखरेल, मेचीनगर बडानम्वर ७ का वडाध्यक्ष चन्दन मेचे, राजवंशी समाज बिकास समितिका केन्द्रिय कार्यवाहक अध्यक्ष मोहन राजवंशी, राजवंशी भाषा प्रचार प्रसार समितिका सस्थापक अध्यक्ष फुल सिङ्ग राजवंशी, सिचाइ तथा जलस्रोत डिभिजन झापाका प्रमुख कृष्ण राजवशी, नेपाल आदिवासी जनजाती महासघ मेचिनगर समन्वय समितिका अध्यक्ष ओमप्रकाश खापुङ, कोचिला गाभुर फ्रन्ट केन्द्रिय सचिवालय अध्यक्ष अभय राजवंशी, राजवशी महिला समाज केन्द्रिय अध्यक्ष सनम राजवंशी, राजवंशी समाज बिकास समितिका केन्द्रिय सल्लाहकार सदस्यीय कुबेर राजवंशी, मेचीनगर ८ न वडा अध्यक्ष बिकेन्द धिमाल लगायतले सम्बोधन गरेका थिए ।
राजवंशी समाज विकास समितीका सस्थापक अध्यक्ष फुलसिहं राजवंशीले विश्व वीर पुरुष चिल्हारायर (सुक्लध्वज) को वारेमा चर्चा गरेका थिए । कार्यक्रममा स्वागत राजवंशी समाज विकास समितिका मेचीनगर अध्यक्ष दिनेश राजवंशीले गरेका थिए । कार्यक्रमको सञ्चालन मनिलाल राजवंशी र मनसा राजवंशीले कार्यक्रम सञ्चालन गरेका थिए ।
ग्यानुप्रसाद रा
काकडभिट्टा । सीमा सहजीकरण तथा सीमावर्ती क्षेत्रमा हुन...
मेचीनगर । झापाको मेचीनगरमा सञ्चालित पाँचतारे होटल मेची...
झापा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल...
मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रमलाई लिएर...
मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रमलाई लिएर...
मेचीनगर । मेचीनगर नगरपालिकाले ३८ जना ज्यालादारीमा कार्यरत...
मेचीनगर । मेचीनगर क्षेत्रका निजी विद्यालयहरूले आफूहरूले कानुन...
