६०० करोड लगानीमा तयार भयो पूर्वाञ्चल क्यान्सर अस्पताल
झापा । झापाको विर्तामोडमा अत्याधुनिक उपचार सुविधा प्रदान गर्ने लक्ष्यका साथ स्थापित पूर्वाञ्चल क्यान्सर अस्पताल तयार भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले यही फागुन १८ गते अस्पतालको विधिवत् उद्घाटन गर्ने अस्पतालका कार्यकारी प्रमुख दुर्गा प्रसाईँले पत्रकार सम्मेलन गरेर जानकारी दिए ।
तीन सय शैय्याको स्वीकृति पाएको सो अस्पतालमा रु ६०० करोड लगानी भएको उहाँले जानकारी दिनुभयो । अस्पताल गत वर्षदेखि सञ्चालनमा आएको हो । बीएण्डसी अस्पताल र पूर्वाञ्चल क्यान्सर अस्पताल एउटै परिसरमा छ । उद्घाटन समारोहमा प्रसिद्ध नायिका मनिषा कोइराला, प्रसिद्ध अभिनेताद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको समेत उपस्थिति रहने प्रसाईँले बताए ।
बीएण्डसी अस्पतालका निर्देशक प्रा डा उमेश शर्माले पूर्वाञ्चल क्यान्सर अस्पताल मुलुककै नमूना अस्पताल भएको बताए । क्यान्सरको रेडियो थेरापी, केमो थेरापी, सर्जरीलगायत पूर्ण उपचार हुने भएकाले अब नेपालीले विदेश धाउनु नपर्ने उनले बताए ।
अस्पतालमा क्यान्सर उपचारमा महत्वपूर्ण मानिएको पेट स्क्यान, एमआरआइ, सिटी स्क्यान लगायत अत्याधुनिक उपकरण जडान गरिएको अस्पतालका जनसम्पर्क अधिकृत प्रमिश गिरीले जानकारी दिए ।
बिर्तामोड । एसियाली राजमार्ग स्तरोन्नति आयोजनाअन्तर्गत झापाको मेचीनगरस्थित...
मेचीनगर । मेचीनगर–९ स्थित मागुरमाडी सामुदायिक वन उपभोक्ता...
मेचीनगर । झापाको मेचीनगर नगरपालिका–१४ दुवागढीमा शुक्रबार बिहान...
झापा । झापाको मेचीनगर–१० धुलाबारीस्थित एक स्थानीय होटलमा...
धुलाबारी । नेपाल विद्युत प्राधिकरण धुलाबारी वितरण केन्द्रले...
धाइजन । लायन्स क्लब अफ धाइजन–चारआलिको आठौं साधारणसभा...

