बिर्तामोडका ४० वटा बिद्यालयहरुमा बाल क्लब गठन गरिने

झापा । मेरो बालक्लब सामुहिक नेतृत्व नाराका साथ बिर्तामोडका बिद्यालयमा बालक्लब गठन हुने भएको छ।
नगरमा संचालित १८ वटा सामुदायिक र संस्थागत तर्फ २२ गरि ४० वटामा क्लब गठन गरिने नगर शिक्षा अधिकारी तिलचन भण्डारीले जानकारी दिनुभएको हो ।
हाल सामुदायिक ,संस्थागत र धार्मिक गरि ७४ वटा बिद्यालय संचालनमा छन् अन्य बिद्यालयमा विभिन्न श्रोत ब्यबस्थापन गरेर सम्पुर्णमा क्लब गठन र परिचालन र अभिमुखिकरण कार्यक्रम संचालन गरिने तयारी गरिएको भण्डारीले बताउनुभयो ।
उक्त कार्यक्रम गठन तथा सहजीकरणका लागि शाखा अधिकृत जानुका रेग्मी र बालबालिका तथा शिक्षा संचार मञ्च नेपालका संयोजक सरोज पौडेललाई जिम्मेवारी तोकिएको छ।

ज्यामिरगढी । हरेक बर्खामा डुवानमा पर्ने मेचीनगरका विभिन्न...

झापा । नेकपा (एमाले)का स्थाई कमिटी सदस्य अग्नी...

मेचीनगर । झापाको मेचीनगर नगरपालिकामा तीन महिने प्लाम्विङ...

मेचीनगर । मेचीनगर नगरपालिका प्रमुख गोपाल चन्द्र बुढाथोकीले...

मेचीनगर । मेचीनगरमा हात्तीको दिर्घकालिन समस्याको समाधानका लागि सांसदहरु,...

धुलाबारी । मेचीनगर भित्रका रहेका सबैखाले सञ्चारमाध्यामहरुको विकास...