प्रेस संगठन झापाको सह–संयोजकमा पौडेल
विर्तामोड । प्रेस संगठन नेपाल झापाको जिल्ला भेलाले खबरमञ्च साप्ताहिकका सम्पादक प्रकाश पौडेललाई सह–संयोजक चयन गरेको छ । मंगलवार विर्तामोडमा आयोजित भेलाले पौडेललाई सह–संयोजक चयन गरेको हो । पौडेल यसअघि जिल्ला कमिटी सदस्य थिए । भेलाले र प्रकाश पौडेललाई र गंगा बराल सहसंयोजकको जिम्मेवारी दिएको छ । साथै भेलाले जिल्ला कमिटीलाई पूर्णता दिएको छ । मंगलवार विर्तामोडमा आयोजित भेलाले कमिटीलाई पूर्णता दिएको हो ।
यसअघि प्रदेश कमिटीले झापाको संयोजकमा टिकाराम उप्रेती र सहसंयोजकमा मनकुमार गदाल र प्रदीप परियारलाई जिम्मेवारी तोकेको थियो । सचिवमा विनोद सापकोटा, सहसचिवमा उमानाथ भण्डारी, राम निरौला र सागर गौतमलाई जिम्मेवारी दिएको हो । भेलाले कोषाध्यक्षमा गीता ढुङ्गाना र सदस्यहरुमा भुमिराज पराजुली, अच्यूत सुवेदी, सुनिरा मैनाली, उर्मिला गौतम, सन्तोष न्यौपाने, रमेश तिवारी, दिपक सुवेदी, राजु पोखरेल, प्रणित पुडासैनी, सरोज चम्लागाई, सुदिप अधिकारी, रुपा बुढाथोकी, कोपिला तिवारी, युवराज आचार्य, पुस्कर गुरागाई, अनिल वाग्ले, तिलक योञ्जन, टिका पोखरेल, केशवराज भण्डारी, छेत्रलाल राजवंशी, मिलन अधिकारी, सुष्मा तिखत्री,प्रदिप धमला चयन गरेको छ ।

नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का प्रदेश १ का अध्यक्ष देवराज घिमिरेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा संविधान सभा सदस्य एवम् नेकपाका केन्द्रीय सदस्य दिपक कार्की, पे्रस संगठनका प्रदेश १ इञ्चार्ज लीलाराज भट्टराई, पत्रकार महासंघ प्रदेश १ का अध्यक्ष विक्रम लुईटेल, प्रेस संगठनका प्रदेश अध्यक्ष गणेश पोखरेल, झापा इञ्चार्ज माधव विद्रोही, युवा नेता शिव ढुङ्गेल,केन्द्रीय सदस्य अम्बिका भण्डारी , प्रादेशिक सञ्चार प्रतिष्ठानका सदस्य गोपाल काफ्ले, प्रेस युनियन झापाकी सभापति इन्दु पूर्वेली, पत्रकार लीला अनमोल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
संगठनका जिल्ला अध्यक्ष टिकाराम उप्रेतीको अध्यक्षमा सम्पन्न कार्यक्रमको सञ्चालन सहसंयोजक प्रदीप परियारले गरेका थिए । भेलामा व्यवसायिक पत्रकारिता, पत्रकारका अधिकार र आगामी निर्वाचनका सन्दर्भका चर्चा गरिएको थियो ।
काँकडभिट्टा । गृहमन्त्री सुदन गुरुङले झापाको काँकडभिट्टा सीमा...
बिर्तामोड । एसियाली राजमार्ग स्तरोन्नति आयोजनाअन्तर्गत झापाको मेचीनगरस्थित...
मेचीनगर । मेचीनगर–९ स्थित मागुरमाडी सामुदायिक वन उपभोक्ता...
मेचीनगर । झापाको मेचीनगर नगरपालिका–१४ दुवागढीमा शुक्रबार बिहान...
झापा । झापाको मेचीनगर–१० धुलाबारीस्थित एक स्थानीय होटलमा...
धुलाबारी । नेपाल विद्युत प्राधिकरण धुलाबारी वितरण केन्द्रले...
धाइजन । लायन्स क्लब अफ धाइजन–चारआलिको आठौं साधारणसभा...
