प्रेस संगठन झापाको सह–संयोजकमा पौडेल

विर्तामोड । प्रेस संगठन नेपाल झापाको जिल्ला भेलाले खबरमञ्च साप्ताहिकका सम्पादक प्रकाश पौडेललाई सह–संयोजक चयन गरेको छ । मंगलवार विर्तामोडमा आयोजित भेलाले पौडेललाई सह–संयोजक चयन गरेको हो । पौडेल यसअघि जिल्ला कमिटी सदस्य थिए । भेलाले र प्रकाश पौडेललाई र गंगा बराल सहसंयोजकको जिम्मेवारी दिएको छ । साथै भेलाले जिल्ला कमिटीलाई पूर्णता दिएको छ । मंगलवार विर्तामोडमा आयोजित भेलाले कमिटीलाई पूर्णता दिएको हो ।
यसअघि प्रदेश कमिटीले झापाको संयोजकमा टिकाराम उप्रेती र सहसंयोजकमा मनकुमार गदाल र प्रदीप परियारलाई जिम्मेवारी तोकेको थियो । सचिवमा विनोद सापकोटा, सहसचिवमा उमानाथ भण्डारी, राम निरौला र सागर गौतमलाई जिम्मेवारी दिएको हो । भेलाले कोषाध्यक्षमा गीता ढुङ्गाना र सदस्यहरुमा भुमिराज पराजुली, अच्यूत सुवेदी, सुनिरा मैनाली, उर्मिला गौतम, सन्तोष न्यौपाने, रमेश तिवारी, दिपक सुवेदी, राजु पोखरेल, प्रणित पुडासैनी, सरोज चम्लागाई, सुदिप अधिकारी, रुपा बुढाथोकी, कोपिला तिवारी, युवराज आचार्य, पुस्कर गुरागाई, अनिल वाग्ले, तिलक योञ्जन, टिका पोखरेल, केशवराज भण्डारी, छेत्रलाल राजवंशी, मिलन अधिकारी, सुष्मा तिखत्री,प्रदिप धमला चयन गरेको छ ।
नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का प्रदेश १ का अध्यक्ष देवराज घिमिरेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा संविधान सभा सदस्य एवम् नेकपाका केन्द्रीय सदस्य दिपक कार्की, पे्रस संगठनका प्रदेश १ इञ्चार्ज लीलाराज भट्टराई, पत्रकार महासंघ प्रदेश १ का अध्यक्ष विक्रम लुईटेल, प्रेस संगठनका प्रदेश अध्यक्ष गणेश पोखरेल, झापा इञ्चार्ज माधव विद्रोही, युवा नेता शिव ढुङ्गेल,केन्द्रीय सदस्य अम्बिका भण्डारी , प्रादेशिक सञ्चार प्रतिष्ठानका सदस्य गोपाल काफ्ले, प्रेस युनियन झापाकी सभापति इन्दु पूर्वेली, पत्रकार लीला अनमोल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
संगठनका जिल्ला अध्यक्ष टिकाराम उप्रेतीको अध्यक्षमा सम्पन्न कार्यक्रमको सञ्चालन सहसंयोजक प्रदीप परियारले गरेका थिए । भेलामा व्यवसायिक पत्रकारिता, पत्रकारका अधिकार र आगामी निर्वाचनका सन्दर्भका चर्चा गरिएको थियो ।

बिर्तामोड । व्यक्ति मरेर जान्छ, तर उसको विचार...

काँकरभिट्टा । नेपाल–भारत सिमानाको प्रमुख प्रवेशद्वार मानिने मेची...

झापा । प्रेस चौतारी नेपालका केन्द्रीय उपाध्यक्ष चेतन...

मेचीनगर । नेपालको पूर्वी भेगमा अवस्थित मेचीनगर नगरपालिका...

मेचीनगर । मेचीनगर नगरपालिकाले आफ्ना नागरिकको स्वास्थ्य उपचारलाई...

अहिले कोशी प्रदेश पर्यटन वर्ष २०८२ चलिरहेको छ...

कमल । झापाको कमल गाउँपालिकाले आज सार्वजनिक सुनवाई...