हत्यारा र बलात्कारीलाई कार्वाहीको माग गर्दै पूर्वी नाकामा प्रर्दशन
झापा । किशोरी र महिलाको बलात्कार गरी हत्या गर्नेलाई कार्वाहीको माग गर्दै बुधबार पूर्वी नाका काँकरभिट्टामा विरोध प्रदर्शन गरिएको छ । हाम्रो अभियान नामक सामाजिक संस्था र देवकोटा पार्कले पछिल्लोसमय बलात्कारपछि हत्या गरिएकी बैतडीकी १७ वर्षीया भागरथी भट्ट, निर्मला पन्तलगायतका अपराधीलाई कार्वाही माग गर्दै प्रदर्शन गरिएको हो ।

निर्मला पन्तलाई बलात्कार गरी हत्या गर्ने अपराधीलाई सरकारले उन्मुक्ति दिएकोप्रति चर्काे नारावाजी गर्दै सुरु भएको प्लेकार्डसहितको र्याली काँकरभिट्टा बजारको परिक्रमा गरी कोण सभामा परिणत भएको थियो । विरोध प्रदर्शनमा सहभागीहरुले कोणसभापछि निर्मला पन्त, भागरथी भट्टलगायत बलात्कारपछि हत्या गरिएका किशोरी तथा महिलाको आत्माको चिरशान्तिको कामना गर्दै मौन धारण र दीप प्रज्ज्वन गरेका थिए ।
कोण सभालाई हाम्रो अभियानकातर्फबाट नरेश मोहोरा र खगेन्द्र घिमिरेले सम्बोधन गरेका थिए । वक्ताहरुले भागरथी भट्टको हत्यामा संलग्न अपराधी भन्दै एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेपनि ती वास्तविक अपराधी हुन् वा अरु कसैलाई उभ्याइएको भन्नेमा आशंका उब्जिएको बताए । कोण सभामा बोल्दै अभियन्ता तथा सञ्चारकर्मी घिमिरेले देशमा पछिल्लोपटक भइरहेका बलात्कारपछि हुने हत्याले चेलीहरु असुरक्षित हुँदै गएको भन्दै सरकारको आलोचना गरे ।

राजनीतिक शक्तिहरु कुर्सीका लागि जनतालाई सडकमा उतार्ने गरेको तर, यस्ता विषयमा मौन बस्ने गरेको बताए । कार्यक्रममा देवकोटा पार्क व्यवस्थापन समितिका अध्यक्ष बालकृष्ण थापा, युवा समाजसेवी गणेश खरेल, परिवर्तन थिएटरकी अध्यक्ष कविता नेपाल, पत्रकार मोहन काजीलगायतको उपस्थिति रहेको थियो । कोण सभाको सञ्चालन कविन्द्र श्रेष्ठले गरेका थिए ।
झापा। रतुवामा जस्तै झापाको निन्दा , बिरिङ र...
मेचीनगर । मेचीनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवास...
धुलाबारी । नेपाल विद्युत प्राधिकरण धुलाबारी वितरण केन्द्रका कर्मचारीमाथि...
मेचीनगर । मेचीनगर मेचीनगर–३ निवासी रिदम दनुवार लामो...
काकडभिट्टा । सीमा सहजीकरण तथा सीमावर्ती क्षेत्रमा हुन...
मेचीनगर । झापाको मेचीनगरमा सञ्चालित पाँचतारे होटल मेची...
झापा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल...
