थापाले सुरु गरे एम.एन.ए. फेन्सी स्टोर
काँकरभिट्टा । मेचीनगरका युवा व्यवसायी बालकृष्ण थापाले सरस्वती पूजाको सन्र्दभ पारेर मंगलबारबाट नयाँ व्यवसाय सुरु गरेका छन् । सामाजिक क्षेत्रमा समेत सक्रिय रहँदै आएका थापाले मेचीनगर–६ स्थित शान्तिपथमा एम.एन.ए. फेन्सी स्टोर सञ्चालनमा ल्याएका हुन् ।
करिब १२ लाख रुपैयाँ लगानी गरी थालिएको स्टोरमा महिला तथा बालबच्चाहरुलाई आवश्यक कपडा, जुत्ता, चप्पल र कस्मेटिक सामान राखिएको उनले बताए । ‘निजी निवासको भूँइतलामा व्यवसाय सुरु गरेका छौं, ब्राण्डेड आइटमहरु छन्ं’ प्रोपाइटर थापाले भने–‘उद्घाटनको अवसरमा विशेष छुटको व्यवस्था छ ।’
उनका अनुसार स्टोरमा महिला तथा बालबच्चालाई लक्षित गरी राखिएका स्तरीय सामान काँकरभिट्टा क्षेत्रका अन्य पसलमा भन्दा ५० प्रतिशत कम मूल्यमा विक्री गरिनेछ । छड्के अनुसन्धान साप्ताहिकका प्रकाशक रहेका थापाले छोरीहरु मनिषा, निशा र अनिषा थापाको नामबाट उक्त व्यवसाय सञ्चालनमा ल्याएका हुन् ।

मेचीनगर। मेचीनगर नगरपालिकाको महिला तथा बालबालिका शाखाद्वारा सञ्चालित...
मेचीनगर । हिमालयन एग्रोकोलोजी रिसर्च एण्ड डेभलपमेन्टको आयोजना...
मेचीनगर । आदर्श डोजो क्लब मेचीनगरको आयोजनामा यही...
काँकडभिट्टा । विश्व पर्यटन दिवसको अवसरमा झापाको काँकडभिट्टामा...
काठमाडौं । नेपाल प्रहरीको खरिद प्रक्रियामा अनियमितता भएको...
झापा । कृष्णथुम्की पब्लिकेशन एण्ड मिडिया प्रालिद्वारा सञ्चालित...
मेचीनगर । लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि...
