सगरमाथालाई दावि गर्ने जी न्युजले नेपाली सँग माफ माग्नुपर्छ –खरो

कठमाडौं ।। नेपालको सर्वोच्च शिखर सगरमाथाबारे भ्रम फैलाउने जी न्यूज ३ करोड नेपाली सँग माफ माग्नुपर्ने आवाज बढेको छ ।
पटक–पटक भ्रामक सामग्री सम्प्रेषण गरेर विवादित बनेको भारतीय च्यानल जी न्यूजले नेपालमा रहेको विश्वको सर्वोच्च शिखर सगरमाथाबारे भ्रम फैलाउने कोसिस गरेको झापाली संचारकर्मी खगेन्द्र खरोले आपती जनाएका छन ।
अनुसन्धान मिडियाका सम्पादक, पूर्वका अपिल त्रिपाठी भनेर चिनिएका खगेन्द्र घिमिरे(खरो) ले आफ्नो फेसबुक पेज मार्फत लेखेका छन ।
यहाँ सरकारी कार्यलयमा घुस लिएको भिडियो खिच्न हाकिमलाई अनुमती लिनु पर्ने सार्वजनिक स्थानको फोटो खिच्न प्रहरीलाइ सोध्नुपर्ने तर एक भारतीय न्युजका पत्रकार लाई हाम्रो गौरव सगरमाथा सम्म पुगेर नाम राख्ने हिम्मत गर्दा समेत केही नहुने । त्यहीँ न्युजलाइ सरकार ज्यु ज्यु गर्छ आखिर देखायो पावर । लाज पचेका नेतालाई जति गरेपनि देशै भारतले लगेपनि टाउको भन्ने दुख्दैन । यो कदम को बिषयमा तत्काल जी न्युजका प्रधान सम्पादक सुधिर चौधरीले नेपाली जनता सग माफि माग्नु पर्छ । प्रधानमन्त्री केपी ओलीले यो च्यानल लाई बोलाएर सगरमाथा सम्म पुग्न र भिडियो लिन अनुमती कसरी दियो यश बारे प्रस्ट पार्नुपर्छ !!!
प्रधानमन्त्री ओलीको अन्तर्वार्ता बजाएको अर्को दिन उक्त च्यानलले सगरमाथामा भारतीयले दावा ठोक्नु पर्ने भन्दै सामग्री प्रसारण गरेकतो प्रति संचारकर्मीले आपती जनाए । सगरमाथाको नाम ‘माउन्ट एभरेष्ट’ नभएर ‘माउन्ट सिकदर’ राख्नुपर्ने बताएका हुन्। उनले भारतीय राधानाथ सिकदरले सगरमाथाको उचाई पहिलो पटक नापेको दाबी गर्दै यसको नाम पनि उनकै नामबाट राखिनुपर्ने बताएका थिए । प्रधान सम्पादक चौधरीले नाम मात्र फेर्ने नभएर सगरमाथा माथि भारतले दाबी गर्नुपर्ने बताएका छन्। ‘माउन्ट एभरेष्टको नाम राधानाथ सिकदरको नामबाट हुनुपर्छ’, प्रशारित कार्यक्रममा उनले भनेका छन् ‘यसका लागि भारतले अभियान चलाउनुपर्छ, र हामीले विश्वसामु हाम्रो दाबी प्रस्तुत गर्नुपर्छ।’
प्रशारित कार्यक्रममा पटक–पटक ‘नयाँ भारत नयाँ राष्ट्रवादको सच्चा पत्रकारिता, माउन्ट एभरेष्ट’ को अद्भूत दर्शनको वर्णन’ भनिएको छ। यसअघि पनि जी न्यूजले नेपालप्रति अवाञ्छित र भ्रामक समाचारहरू सम्प्रेषण गर्दै आएको थियो।

ज्यामिरगढी । हरेक बर्खामा डुवानमा पर्ने मेचीनगरका विभिन्न...

झापा । नेकपा (एमाले)का स्थाई कमिटी सदस्य अग्नी...

मेचीनगर । झापाको मेचीनगर नगरपालिकामा तीन महिने प्लाम्विङ...

मेचीनगर । मेचीनगर नगरपालिका प्रमुख गोपाल चन्द्र बुढाथोकीले...

मेचीनगर । मेचीनगरमा हात्तीको दिर्घकालिन समस्याको समाधानका लागि सांसदहरु,...

धुलाबारी । मेचीनगर भित्रका रहेका सबैखाले सञ्चारमाध्यामहरुको विकास...