छड्के अनुसन्धान साप्ताहिकको कार्यालय उद्घाटन
मेचीनगर । झापाको मेचीनगर नगरपालिका वडा नम्बर ६ बाट प्रकाशन शुरू गरेको ूछड्के अनुसन्धानू साप्ताहिकको कार्यालय आज एक कार्यक्रमका बिच उद्घाटन भएको छ। प्रदेश नम्बर १ की सामाजिक विकाश राज्यमन्त्री जसमाया गजमेरले रीबन काटेर उक्त कार्यालयको उद्घाटन गरेकि हुन्।

राज्यमन्त्री गजमेरले कार्यालय उद्घाटन गर्दै नाम अनुसारको काम गरेर अगाडि बढ्न शुभकामना दिइन्। यस्तै छड्के अनुसन्धान साप्ताहिकका प्रकाशक एवम् सञ्चालक बालकृष्ण थापाले निकट भविष्यमा यसलाई मिडिया हवको रूपमा विकाश गरेर लैजाने उद्देश्य रहेको बताए। छड्के अनुसन्धान साप्ताहिक प्रत्येक हप्ताको सोमबार प्रकाशन हुँदै आएको छ ।
बालकृष्ण थापा सञ्चालक एवम् प्रकाशक रहेको उक्त साप्ताहिक पत्रिकाका सम्पादकमा खगेन्द्र घिमिरे रहेका छन् भने कार्यकारी व्यवस्थापकका रूपमा शेखर काजी थापा रहेका छन्।
मेचीनगर। मेचीनगर नगरपालिकाको महिला तथा बालबालिका शाखाद्वारा सञ्चालित...
मेचीनगर । हिमालयन एग्रोकोलोजी रिसर्च एण्ड डेभलपमेन्टको आयोजना...
मेचीनगर । आदर्श डोजो क्लब मेचीनगरको आयोजनामा यही...
काँकडभिट्टा । विश्व पर्यटन दिवसको अवसरमा झापाको काँकडभिट्टामा...
काठमाडौं । नेपाल प्रहरीको खरिद प्रक्रियामा अनियमितता भएको...
झापा । कृष्णथुम्की पब्लिकेशन एण्ड मिडिया प्रालिद्वारा सञ्चालित...
मेचीनगर । लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि...
