गृहलक्ष्मी साकोसको सेवाकेन्द्र इटाभट्टा
इटाभट्टा । गृहलक्ष्मी बचत तथा ऋण सहकारी सस्थाको मेचीनगर–७ इटाभट्टामा सेवा केन्द्र सञ्चालन गरिएको छ । मेचीनगर–९ धुलावारी बचारमा मुख्य कार्यलय रहेको गृहलक्ष्मी बचत तथा ऋण सहकारी सस्थाको आइतवार एक कार्याक्रमका बिच इटाभट्टामा सेवा केन्द्रको उद्घाटन गरिएको हो ।

प्रदेश संसद माननिय गोपालचन्द्र बुढाथोकीले कायृलयको रिवन काटेर उद्घाटन गरेका थिए । कार्याक्रममा मेचीनगर–७ का बडाध्यक्ष चन्दन मेचे, मेचीनगर–८ का बडाध्यक्ष विकेन्द्र धिमाल, कञ्चन बराल, सस्थाकी उपाध्यक्ष रेनुका डाँगी, सञ्चालक समिति सदस्य दलबहादुर कट्टेल, मूना नेपाली, विर्तामोड सेवा केन्द्रका प्रमुख धनश्याम डाँगी, बाहुनडाँगी सेवा केन्द्रका प्रमुख तीलजा देवनलगायतको उपस्थिती थियो ।

मेचीनगर–९ धुलावारी बचारमा २०७५ सालमा स्थापना भएको गृहलक्ष्मी साकोसको यसअघि विर्तामोड र बाहुनडाँगीमा सेवाकेन्द्र सञ्चालनमा आइसकेको छ । जिल्लाका अन्य बजारमा पनि चाडै सेवाकेन्द्र सञ्चालमा आउने बताइएको छ ।

इटाभट्टा सेवा केन्द्र सञ्चालनका लागि मीना माया सुव्वाको संयोजत्वमा ५ सदस्य उपसमिति समेत गठन गरिएको छ । उपसमितिको सदस्यमा रुघु धिमाल गायत्री कटुवाल, मनकुमारी लिम्वु र विनोद बानियाँ रहेका छन् । राजु धिमालले सञ्चालन गरेको कार्यक्रम सस्थाका अध्यक्ष दुर्गालाल श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो ।
काँकडभिट्टा । इन्डो–नेपाल मेचीनगर मिडिया फुटबल कप प्रतियोगिताबाट...
चारआली । झापाको धाइजन–चारआली फुटबल क्लबको आयोजनामा ‘धाइजन–चारआली...
मेचीनगर। मेचीनगर–३ वडा कार्यालय अन्तर्गतको खेलकुद समितिको आयोजनामा...
मेचीनगर । लाइन काटेको झ्वाकमा विद्युत्तका कर्मचारीमाथि कुटपीट...
ईटाभट्टा । मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले लागूऔषधका...
मेचीनगर । मेची उद्योग वाणिज्य संघको आगामी नेतृत्वका...
चारआली । झापाको धाइजन–चारआली फुटबल क्लबको आयोजनामा धाइजन–चारआली...
