बुधबारे जेसीजको अध्यक्षमा वाग्ले

बुद्धशान्ति । बुधबारे जेसिजले बर्ष २०२१ का लागि नयाँ नेतृत्व पाएको छ ।
शनिबार भएको नवौं बार्षिक साधारणसभाको अवसर पारेर नयाँ नेतृत्व चयन भएको हो । २०२१ को कार्य समितिको अध्यक्षमा जेसी अनिल वाग्ले सर्वसम्मत चयन भएका छन् ।
कार्यकारीणी उपाध्यक्षमा जेसी अर्जुन ढकाल र जेसी कृष्ण ढकाल चयन भएका छन् । त्यस्तै उपाध्यक्षमा जेसी अनिल घिमिरे,जेसी बिनोद रिजाल, जेसी रुद्र निरौला, जेसी पर्शुराम भट्टराई सर्वसम्मत चयन भएका छन् ।
बर्ष २०२० का अध्यक्ष नन्दकुमार याफु राईको अध्यक्षतामा भएको साधारण सभामा नेपाल जेसिजका राष्टिय उपाध्यक्ष जेसी विशाल थापाको प्रमुख आतिथ्या रहेको थियो ।

ज्यामिरगढी । हरेक बर्खामा डुवानमा पर्ने मेचीनगरका विभिन्न...

झापा । नेकपा (एमाले)का स्थाई कमिटी सदस्य अग्नी...

मेचीनगर । झापाको मेचीनगर नगरपालिकामा तीन महिने प्लाम्विङ...

मेचीनगर । मेचीनगर नगरपालिका प्रमुख गोपाल चन्द्र बुढाथोकीले...

मेचीनगर । मेचीनगरमा हात्तीको दिर्घकालिन समस्याको समाधानका लागि सांसदहरु,...

धुलाबारी । मेचीनगर भित्रका रहेका सबैखाले सञ्चारमाध्यामहरुको विकास...