पत्रकारमाथि भएको कुटपिटको घटनाप्रति नेपाल पत्रकार महासंघले आपत्ती जनायो
मंसिर १९ झापा । झापाका ४ पत्रकारहरुमाथि भएको कुटपिट तथा दुरब्यवहारको घटनाप्रति नेपाल पत्रकार महासंघले आपत्ती जनाएको छ । महासंघले आज एक विज्ञप्ति जारी गर्दै घटनामो निन्दा गर्दै दोषीलाई कारबाही गर्न माग गरेको छ ।
गत मंगलबार समाचार संकलनका लागि मालपोत कार्यालय दमक पुगेका अनुसन्धान अनलाइनका सम्पादक खगेन्द्र घिमिरे र क्यामरा पर्सन भाष्कर श्रेष्ठलाई मालपोतका कर्मचारी इन्द्र राजवंशीले एक सेवाग्राहीसँग घुस लिइरहेको भिडियो खिचिरहेको अवस्थामा राजवंशी लगायतका व्यक्तिहरुले आक्रमण गर्नुका साथै क्यामेरा खोसेका थिए ।
यसैगरी मंसिर १२ गते न्यूज २४ का झापा जिल्ला संवाददाता राजु पौडेल र पत्रकार नारायण अर्याललाई भन्सार छलीसम्बन्धी समाचार संप्रेषण नगर्नका लागि ५० हजार घुस दिँदा नलिएको भन्दै भद्रपुर भन्सार कार्यालयका कर्मचारी डोरराज सुनुवार र भद्रपुरका व्यापारी सुबोध कोठारीले पत्रकारद्वयलाई दुर्वयवहार गरेका थिए ।
नागरिकलाई सुसूचित गराउने कर्म निर्वाहमा जुटेका पत्रकारमाथि दुर्व्यवहार हुनु प्रेस स्वतन्त्रतामाथिको आक्रमण भएको महासंघले जनाएको छ । महासंघका महासचिव रमेश विष्टद्धारा हस्ताक्षरीत विज्ञप्तिमा भनिएको छ, “नागरिकलाई सुसूचित गराउने कर्म निर्वाहमा जुटेका पत्रकारमाथि मालपोत र भन्सार कार्यालयका कर्मचारीबाट भएको कुटपिट र दुर्व्यवहारको घटना प्रेस स्वतन्त्रतामाथिको आक्रमण हो ।”
प्रेसको संवैधानिक अधिकारमाथि आघात पुग्ने यस्ता घटनाको कडा शब्दमा भर्त्सना गरेको महासंघले जनाएको छ ।
साथै घटनामा संलग्न कर्मचारीहरुमाथि कानुनी कारबाही गरी प्रेस स्वतन्त्रताको सम्मान गर्न तथा पत्रकारको सुरक्षामा गम्भीर भई पत्रकारलाई निर्वाध र स्वतन्त्रतापूर्वक काम गर्ने वातावरण निर्माण गर्न सम्बन्धित निकायसँग महासंघले माग गरेको छ ।
काँकरभिट्टा । काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले...
मेचीनगर । काँकरभिट्टा बहुमुखी क्याम्पस सञ्चालक समितिको अध्यक्षमा...
मेचीनगर । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले ०८४...
काठमाडौं । नेपाल क्लाइम्बिङ स्पोर्टस् एशोसिएसन अन्तर्गत बागमती...
मेचीनगर । नेपाल मानव धर्म सेवा समितिले मेचीनगर-२...
झापा । झापाको भद्रपुरस्थित चन्द्रगढी विमानस्थलले आठ करोड...