पत्रकारमाथि आक्रमण गर्ने मालपोत कार्यालय दमकका खरदार इन्द्र राजवंशी पक्राउ
दमक । पत्रकारमाथि आक्रमण गर्ने मालपोत कार्यालय दमकका खरदार इन्द्र राजवंशी पक्राउ परेका छन् ।
मङ्गलवार अपराह्न करिब ४ बजे मालपोत कार्यालय दमकमा शिवसताक्षीका सेवाग्राही सुरेश साहले मालपोत कार्यालयका खरदार इन्द्र राजवंशीलाई दश हजार रुपैयाँ घुस दिएको भिडियो खिचिरहेको अवस्थामा लछारपछार गर्दै कार्यालय प्रमुखको कार्यकक्षमा लगी पत्रकार खगेन्द्र घिमिरे , क्यामेरा पर्सन भास्कर श्रेष्ठ र सेवाग्राही साहलाई हुल हुज्जत गरी क्यामेरा खोस्ने र कुटपिट उनले गरेका थिए ।
सो घटनाको नेपाल पत्रकार महासङ्घ झापा शाखा लगायतका सङ्घ सङ्गठनले घोर निन्दा र भर्त्सना गरेका थिए ।
खरदार राजवंशीलाई इलाका प्रहरी कार्यालय दमकले आज बिहान पक्राउ गरेको र आवश्यक कारबाही अगाडी बढाएको इलाका प्रहरी कार्यालय दमकका प्रमुख डिएसपी विजयराज पण्डितले बताए ।
काँकडभिट्टा । गृहमन्त्री सुदन गुरुङले झापाको काँकडभिट्टा सीमा...
बिर्तामोड । एसियाली राजमार्ग स्तरोन्नति आयोजनाअन्तर्गत झापाको मेचीनगरस्थित...
मेचीनगर । मेचीनगर–९ स्थित मागुरमाडी सामुदायिक वन उपभोक्ता...
मेचीनगर । झापाको मेचीनगर नगरपालिका–१४ दुवागढीमा शुक्रबार बिहान...
झापा । झापाको मेचीनगर–१० धुलाबारीस्थित एक स्थानीय होटलमा...
धुलाबारी । नेपाल विद्युत प्राधिकरण धुलाबारी वितरण केन्द्रले...
धाइजन । लायन्स क्लब अफ धाइजन–चारआलिको आठौं साधारणसभा...
